नेत्रहिनहरुलाई आधारभुत नेतृत्व विकास तालिम उद्घाटन

नेत्रहिनहरुलाई आधारभुत नेतृत्व विकास तालिम उद्घाटन
फागुन ५ गते ।

This image has an empty alt attribute; its file name is p1.jpg


नेपाल नेत्रहिन संघ केन्द्रीय कार्यालयद्वारा दुई दिने आधारभुत नेतृत्व विकास तालिमको उद्घाटन रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.ले आज उद्घाटन गर्नुभएको छ । यस तालिमले नेत्रहिन संघ रोल्पाको पदाधिकारीहरुलाई नेतृत्व विकासमा थप सहयोग पुग्ने भएको छ ।
उहाँले तालिमको उद्घाटन गर्दै भन्नुभयो,‘शारिरीक अपाङ्गताहरुलाई जीवन निर्वाहका लागि प्राकृतिकले पनि सीप दिएको हुन्छ । नेत्रहिनहरु पनि आफ्नो जीवन निर्वाह सहज रुपमा गर्दै आएको अवस्था छ । तालिले सीपका धनी नेत्रहिनहरुलाई नेतृत्व विकासमा थप सहयोग पुग्नेछ ।’ उहाँले नेत्रहिनहरुको क्षमता विकासको निम्ति निरन्तर समन्वय सहकार्य गर्दै आएको बताउनुभयो । नगरपालिकाले सीमित स्रोत साधानबाट पनि नेत्रहिनको शैक्षिक र भौतिक सामग्रीहरु सहयोग गर्दै आएको नगर प्रमुख के.सी.ले बताउनुभयो । आगामी दिनमा नेत्रहिनका लागि नगरपालिकाबाट सक्दो नैतिक, आर्थिक सहयोग गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्मलाल परियारले नेत्रहिनहरुको विभिन्न समस्या बिच पनि निजामति जस्ता महत्वपूर्ण क्षेत्रमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै खुसी व्यक्त गर्नुभयो । नेत्रहिनहरु कला, सीप, क्षमताको दृष्टिकोणले कमी नभएकोले थप क्षमता विकास लागि संघीय, प्रदेश र स्थानीय सरकराबाट विभिन्न सहयोग गर्दै आएका छन् तर त्यो सहयोग पुर्ण नभएको उहाँको भनाइ छ । आगामी दिनमा अपाङ्ता भएका व्यक्तिहरुको विकासका लागि तीन तहका सरकारहरुले विशेष ध्यान दिनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । नेत्रहिन संघले जिल्लाको स्थानीय तहहरुसँग समन्वय सहकार्यका लागि जिल्ला समन्वय समितिले गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is p2-1024x768.jpg

कार्यक्रममा थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, लुङ्ग्री गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकी क्षेत्री, नेपाली कांग्रेस पार्टी रोल्पा जिल्लाको निवर्तमान सभापति एवम् समाज सेवी कृष्ण बहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष देवी कुमारी गुरुङ, बालल्याण नमूना माध्यमिक विद्यालय लिबाङको सहायक प्रधानाध्यापक नारायण आचार्यले शुभ कामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख नरेश राज सुवेदी, रोल्पा नगरपालिका कार्यालय महिला तथा बालबालिका कार्यालय रोल्पा प्रतिनिधि पवित्रा घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, रेडियो मालश्रीको प्रतिनिधि हिमाली खड्का लगायतको अतिथ्यता थियो । नेपाल नेत्रहिन संघ केन्द्रीय अध्यक्ष राजेश पोख्रेलले तालिम विषयवस्तुमा सहजिकरण गर्नुभएको थियो ।

संघमा देशैभरिक ४ हजार साधारण सदस्य आवद्ध छन्, संघीय, प्रदेश, स्थानीय तह, नेत्रहिन संघ लगायत सरोकारवाला निकायसँगको सहकार्य, समन्वयमा नेत्रहिनको पहिचान, मनेत्रहिनलाई विद्यालयको पहुँच, व्यवसायीकरण, आत्म निर्वाह बन्ने, अपाङ्गतासँग कुनै न कुनै सीप भएकोले तीन तहका सरकारको ध्यानकर्षण, नेत्रहिनहरुलाई संगठित गरी अधिकारको पैरवी गर्ने जस्ता महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । क र ख वर्गका अपाङ्गहरुलाई मात्र सामाजिक सुरक्षा भत्ताको व्यवस्थाले भावनात्मक रुपमा अपाङ्गहरुलाई चोट पुगेको कार्यक्रमको वक्ताहरुले धारणा व्यक्त गर्नुभएको थियो । सबै वर्गका अपाङ्गहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यक उहाँहरुले औल्याउनुभयो । जिल्ला स्तरीय संघलाई व्यवस्थित गरी स्थानीय तहहरुलाईा समयमा नै घचघच्याउनु पर्ने वक्ताहरुले जोड दिनुभएको थियो । गुरुयोजना सहित अगाडि बढेको अवस्थामा कार्यक्रम प्रभावकारी बन्ने भएकोले सोही अनुसार अगाडि बढ्न समेत वक्ताहरुले सझाव दिनुभएको थियो । तालिममा नेपाल नेत्रहिन संघ रोल्पा जिल्लाको पदाधिकारी सहित सरोकारवाला निकायहरुको उपस्थिति थियो । तालिम भोलिसम्म हुने नेपाल नेत्रहिन संघ रोल्पाको अध्यक्ष चित्र बहादुर डाँगीले जानकारी दिनुभयो । नेपाल नेत्रहिन संघ रोल्पा जिल्लाको अध्यक्ष चित्र बहादुर डाँगीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रको सञ्चालन शिशिर डाँगीले गर्नुभएको थियो भने स्वागत लोकेश डाँगीले गर्नुभएको थियो ।

You may also like