घरपरिवारको बेवास्ताका कारण रोल्पाकि एक सुत्केरीको मृत्यु

दिनेश बिश्वोकर्मा

रोल्पासमाचार दाता,लिबाङ रोल्पा,

घर परिवारको बेवास्ताका कारण रोल्पाकि एक सुत्केरीको मृत्यु भएको छ । स्वर्गद्वारी न.पा ९ कालीपोखरि प्युठानका २१ बर्षिया सिमाना घर्ती मगरको घरमै सुत्केरी भएको अबस्थामा नजिकै स्वास्थ चौकि हुँदा हुँदै पनि स्वास्थ चौकी नलगी घरमै सुत्केरी गराउने क्रममा अत्याधिक रक्तस्रावका कारण गत असार ३१ आइतबार राति उनको मृत्यु भएको मृतकका बुवा रुपधन घर्ती मगरले जानकारी दिनुभएको छ। मृतक सिमानाको एक बर्ष अघि मात्र रोल्पा न.पा १० धबाङ्गबाट उक्त ठाउमा बिहे गरेर गएकी थिइन् ,

मृतकका बुवा रुपधन घर्ती मगर भन्नू हुन्छ “मेरो छोरिको मृत्यु हुनुको मुख्य कारण नै आफ्नो परिवार हो, जब कि छोरिलाइ स्वास्थ चौकी लैजाने पैसा छैन भने म पठाइदिन्छु भन्दा पनि नलग्ने यो कहाँ सम्मको अन्याय हो, उहाका अनुसार,निम्नानुसारका लापरबाहीको कारण छोरिको मृत्यु भएको हो,
१- मृतकको एकपटक पनि गर्भ जाँच गरियन गर्न पनि दिइयन
२- चार महिना अगाडि देखि शरीर सुन्निन थालेको थियो उपचार गर्न लगियन
३ – शरीरभरि खटिरा पर्दा झाक्री बसालियो
४- चार दिन अगाडिदेखी सुत्केरी ब्याथा लाग्दा र रगत बग्न थाल्दा समेत पनि अस्पताल लगियन
५- बुबाले पैसा पठाइदिन्छु छिटो अस्पताल लैजाउ भन्दा पनि बेवास्ता भैरह्यो
अन्ततः छोरी सिमाना घर्तिको असार ३१ गते राती अत्याधिक रक्तस्रावका कारण निधन भयो । मृतकको शरीर परालमा एक्लै पल्टियको थियो । प्रश्न उठ्यो,स्वास्थ स्वयंसेबिका कहाँ थिए होला? , वडा सरकार अनि पालिका सरकार कहाँ थिय होला? स्वास्थ्य कार्यालय कहाँ थियो होला ? रुपधन भन्नू हुन्छ जि.प्र.का प्युठान पुगि जाहेरी दर्ता गर्न जादा मुद्दा फिर्ता लिन जिम्मेवार ब्यक्तिहरुबाटै बारम्बार दबाब आउन थालेपछि हतार हतार रोल्पा फर्किएका थियौ यसैले यो मृत्यु होइन हत्या हो निष्पक्ष तरिकाले छानबिन भइ दोषीलाई कडा भन्दा कडा कारबाहि होस् ।

You may also like