नमस्ते आशीर्वाद यातायात प्रा.लि.द्वारा रोल्पा लिबाङ–काठमाडौं डिलक्स रात्री बस सेवा आजदेखि सुरू

नमस्ते आशीर्वाद यातायात प्रा.लि.द्वारा रोल्पा लिबाङ–काठमाडौं डिलक्स रात्री बस सेवा आजदेखि सुरू
फागुन ५ गते

This image has an empty alt attribute; its file name is a2.jpg


नमस्ते आशीर्वाद यातायात प्रा.लि रोल्पाद्वारा आजदेखि रोल्पा लिबाङ– काठमाण्डौंसम्म डिलक्स रात्री बस सेवाको उद्घाटन रोल्पा नगरपालिका ४ नं. वडा अध्यक्ष नवराज आचार्यले गर्नुभएको छ । यात्रुहरुको यात्रामा सहज बन्ने भएको छ ।
प्र.लि.ले ना ६ ख ४०६ नम्बरको रात्री बस लिबाङदेखि दिउँसो ३ः०० काठमाडौंका लागि सेवा आरम्भ गरेको छ । लिबाङबाट दिउँसो ३ः०० बजे र काठमाडौंबाट दिउँसो ४ः०० बजे दैनिक बस सेवा सुरू गरिएको अध्यक्ष निर्मल बि.क.ले बताउनुभयो । रु १ हजार ४ सय संघीय सरकारले लिबाङ–काठमाण्डौंसम्म भाडा दर निर्धारण गरेपनि प्रा.लि.ले रु १ हजार भाडामा टिक उपलब्ध बनाएको छ । विगत तीन वर्षदेखि रोल्पामा सेवा सुरू गरेको प्रा.लि.ले यसअघि रोल्पाका विभिन्न १८ वटा रूटमा साना तथा ठूला सवारी साधनबाट यातायात सेवा सञ्चालन गर्दै अध्यक्ष बि.क.को भनाइ छ ।

This image has an empty alt attribute; its file name is a1.jpg

हाँको अनुसार थबाङ– रुकुमको लुकुम सेवा समेत आजैदिखि सुरु गरेको जानकारी दिनुभयो । जिल्लाका थप रूटहरूमा पनि सेवा सुरू गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
प्रा.लि.मा ५३ साना तथा ठूला सवारी साधनबाट १ सय भन्दा बढिले रोजगार पाएको प्रा.लि.ले बताएको छ । यसअघि सार्वजनिक यातायात समितिले ठूला रूटहरूमा मात्रै सेवा दिइरहेकोमा आशीर्वाद यातायातले जिल्लाका आन्तरिक रूटहरूमा पहिलो पटक सेवा सुरु गरेको थियो । प्रा.लि.हरूले निश्चित समितिको सिण्डिकेटका कारण सेवा सञ्चालनमा चुनौती सामना गर्नुपरेको थियो । हाल रोल्पामा ६ वटा यातायात प्रा.लि.ले सेवा दिइरहेका छन् । यस कार्यक्रममा प्रा.लि.को पदाधिकारी सहित शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो ।

You may also like