रोल्पाको थबाङमा पहिरोले पुरिएर २ को मृत्यु ४ जना बेपत्ता

मानसिंह विश्वकर्मा
भाद्र २७ रोल्पा


रोल्पाको थबाङ गाउँपालिका वडा नं. २ (साविक थबाङ गा.वि.स ७) छेर्लोबाङमा पहिरो पुरिएर २ जनाको मृत्यु भएको छ भने ४ जना मानिस बेपत्ता भएका छन् । २६ गते राती र २७ गते बिहन परेको अविरल बर्षाका कारणले छेर्लाेबाङ पहिरोले घर पुरिदा २ जनाको मृत्यु र ४ जना बेपत्ता भएका हुन् ।


पहिरोमा परी घरवेटी थबाङ गा.पा. २ छेर्लाेबाङका २८ वर्षिय श्रीकुमारी बुढा र निजका ४ वर्षिय छोरा असल बुढामगरको मृत्यु भएको सो घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुङले बताउनुभयो । साथै उहाँका अन्य मानिसहरुको समेत उद्धार तथा खोजीकार्य भइरहेको बताउनुभयो । रोल्पा समाचार अनलाईनसंगै कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी खरिवोट रानागाउँ र प्रहरी पठाइएको र घटना स्थल पुगेर तिव्र उद्धार गरिरको बताउनुभयो ।
सो घरको माथिबाट शहीदमार्ग सडकको र कच्चि माटो भासिए र पहिरो जादाँ सो घटना भएको हो । हालसम्म वडा नं.२ का वडा अध्यक्ष बसन्त रोका सो घटना थाहापाएपछि दाङबाट थबाङतिर हिडेको बताउँदै तत्कालै पुगेर राहतको कार्यक्रम लगिने बताउनभयो । गाउँपालिका अध्यक्ष पनि घटना थापा पाएलगत्तै गाउँपालिका घटना स्थलतर्फ पुग्ने गरी हिड्नु भएको छ ।

You may also like