नेपाली काँग्रेस पार्टीको भातृ संगठनहरुले रोल्पामा प्रतिनिधिसभाको विघटनको विरोध सभा

नेपाली काँग्रेस पार्टीको भातृ संगठनहरुले रोल्पामा प्रतिनिधिसभाको विघटनको विरोध सभा
माघ १९ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is n1-1024x768.jpg


नेपाली काँग्रेस पार्टीको भातृ संगठनहरुले रोल्पामा प्रतिनिधिसभाको विघटनको विरोध गर्दै आज विरोध सभा सम्पन्न गरेका छन् । पार्टी र पार्टीको भातृ संगठनहरुले सुरुदेखि प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका छन् ।
यस कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको कार्यबाहक सभापति किशोर कुमार आचार्यले विरोध सभालाई सम्बोधन गर्दै भन्नुभयो,‘नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको संघीय सरकारको प्रधानमन्त्री केपि शर्मा ओलीले असंवैधानिक कदम प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेस पार्टी र पार्टीको भातृ संगठनहरु चरणवद्व आन्दोलनमा छन् । कम्युनिष्ट पार्टीहरुले देशमा अराजक्तातिर उन्मुख गरेको प्रमाणको रुपमा आज प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको एक हो ।’ देशमा सुशासन, विकासका लागि अब नेपाली काँग्रेस पार्टीको विकल्प नभएको बताउनुभयो । प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधिन भएकोले अदालतको निर्णय अनुसार पार्टी अगाडि बढ्ने उद्घोष गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल काँग्रेस रोल्पा जिल्लाको पूर्व सभापति माधव आचार्य, नेपाल तरुण दल रोल्पा जिल्लाको अध्यक्ष तिलक बुढाथोकीले विरोध सभालाई सम्बोधन गर्नुभएको थियो । विरोधसभामा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ आदी भातृ संगठनमा आवद्व पदाधिकारी, शुभचिन्त्कहरुको सहभागिता थियो । नेपाल महिला संघ रोल्पा जिल्लाको अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षतामा सम्पन्न विरोध सभाको सञ्चालन नेपाल विद्यार्थी संघ रोल्पा जिल्लाको अध्यक्ष शेर बहादुर थापाले गर्नुभएको थियो ।

You may also like