काेराेना विरुद्दकाे खाेप राेल्पामा दिइरहेका छाै‌‍- निमित्त कार्यालय प्रमुख नाेखराज पाेख्रेल,स्वास्थ्य कार्यालय राेल्पा

काेराेना विरुद्दकाे खाेप राेल्पामा दिइरहेका छाै‌‍- निमित्त कार्यालय प्रमुख नाेखराज पाेख्रेल, स्वास्थ्य कार्यालय राेल्पा

This image has an empty alt attribute; its file name is n2.jpg

विश्वभरिका विकासित राष्ट्रिहरु अमेरिका, चीन, भारत, बेलायत, जापान, इटाली सहित अन्य विकासउन्मुख राष्ट्रिहरु पनि छुटकरा पाउन सकेन् । यस भाइरसकै कारण मानवीय जीवन र आर्थतन्त्र विशेष प्रभावित भएको छन् । नेपाल पनि यस भाइरसको प्रभाव ह्वाट बढेको थियो । तर, विस्तारै सङ्क्रमित र मृतकको संख्या घट्दो अवस्थामा छ । छिमेकी राष्ट्र भारतको एक कम्पनीले कोरोना भाइरसको खोप उत्पादन गरी देशभरि निःशुल्क खोपको संघीय सरकारले सञ्चालन गरेको छ । सोही क्रममा जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा रोल्पा जिल्लामा पनि खोप सेवा प्रवाह भएको छ । यस कार्यकालयको निमित्त कार्यालय नोखराज पोख्रेलसँग खोप सेवा, खोपको प्रभाव लगायतको विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पपादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद ।
 आजकाल कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
कोरोना भाइरस (कोभिड–१९)को खोप अभियानमा सँगसँगै कार्यालयको कार्य सम्पादनमा नै हामी व्यवस्त छौं ।
 यस जिल्लामा खोप कति उपलब्ध भएको छ ?
भाइलमा भन्ने हो भने २४२ भाइल आएको छ । संख्यात्मक रुपमा हेर्ने हो भने १ हजार ८९ जनालाई खोप पुग्ने गरी यस जिल्लालाई खोप उपलब्ध भएको छ ।
 खोप अभियान प्रभावकारी बनाउनका लागि कसरी अगाडि बढ्नु भएको छ ?
जिल्ला खोप समन्वय तथा अनुगमन समितिको यस महिनाको १४ गतेको बैठक अनुसार, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय र रोल्पा अस्पतालको सहकार्यमा खोप अभियान सञ्चालन भएको छ । यस जिल्लाका स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयमा आवद्व कर्मचारी, महिला स्वयम सेवक र एम्बुलेन्स चालकहरुलाई खोप उपलब्ध बनाउनका लागि रोल्पा अस्पताल रेउघामा खोप केन्द्र स्थापना गरी खोप अभियान सञ्चालन भएको छ ।
 यो खोप संख्याको दृष्टिकोणले यस जिल्लाको लागि प्रयाप्त हो ?
यस जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि यो खोप संख्या प्राप्त नै छ । खोप लगाउने चरण अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सम्बन्धित कर्मचारीका लागि प्रयाप्त नै छ । भने यसपछि जिल्ला कारागारका कैदीहरु, गुम्बाहरुमा पनि बस्नेहरुका लागि पनि प्राथमिकता दिइएको छ । तर, त्यो खोप आइपुगेको छैन ।
 धेरै व्यक्तिहरुसँग सम्पर्क हुने जनप्रतिनिधि, पत्रकारहरुलाई पनि खोप उपलब्ध बनाउने अवस्था के छ ?
कोरोना भाइरस सङ्क्रमितको जोखिमको आधारमा कोरोना भाइरस निर्देशिका जारी भएको छ । हामीलाई खोप लगाउने सूचिमा राख्नुभन्दा निर्देशिका अनुसार जनप्रतिनिधि, पत्रकारभन्दा पनि प्राथमिकरण गरी सकेको छ । हामी निर्देशिका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, स्वास्थ्य कार्यालयमा आवद्व कर्मचारी, महिला सेवय सेवकहरुलाई हामी खोप उपलब्ध बनाएका छौं । ७५ वर्षमाथिका वृद्ववृद्वाहरु खोप उपलब्ध बनाउने तयारीमा छौं । त्यसपछि समुदाय स्तरका अन्य उमेर समूह, पेशामा आवद्व व्यक्तिहरुलाई दोस्रो चरणमा निर्देशिकामा व्यवस्था भएको अनुसार थप खोप आयत भएमा हामी खोप उपलब्ध बनाउने तयारीमा छौं ।
 खोप लगाएपछि स्वास्थ्यमा केही प्रभाव परेको छ कि छैनन् ?
यस जिल्लामा खोप अभियान सञ्चालनसँगै हामीले जिल्लाका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य कार्यालयमा आवद्व कर्मचारी र महिला सेवयम सेवकहरुलाई खोप लगाउने क्रममा उहाँहरुको स्वास्थ्यमा असर परेको अवस्था छैन । तर, लाखौं मानिसहरुलाई खोप लगाउँदा अन्य कारणले पनि खोप लगाएका केही व्यक्तिहरुमा समस्या देखिन सक्छ । खोप लगाएपछि सामन्य ज्वरो आउने, दुख्ने, रातो देखिनु स्वभाविक नै हो । यो खोप अनिवार्य पनि छैन । व्यक्तिको इच्छा अनुसार खोप लगाउँदै आएका छौं ।
खोप लाउन नहुने अवस्थाहरु के–के हुन् ?
खोप केन्द्रमा परामर्श पनि सञ्चालन गरेका छौं । परामर्शपछि मात्र खोप प्रदान गर्दै आएका अवस्था छ । खोप नलगाउने अवस्थाहरु गर्भवती महिला, दुध खुवाउने आमाहरुले, बच्चा बनाउने तयारी रहेका महिला, गम्भीर एलर्जि भएका व्यक्तिहरु, दीर्घ रोगीहरुले धेरै औषधी सेवन गर्दै आएका विरामी, कोभिडको सङ्क्रमित व्यक्तिहरुलाई तत्कालन खोप प्रदान हुँदैन ।
 व्यक्तिको मन्जुरीले खोप लगाउँने व्यवस्थाले आम नागरिकहरु त्रसिट बनेका समयमा यस्ता नकारात्मक प्रभावहरु न्युनिकरणका लागि कस्ता अभियान सञ्चालन गर्नुभएको छ ?
कोरोना भाइरसको खोप नयाँ खोप हो । त्यसैले खोपको असरहरु कम्पनीले नै बेहोर्नुपर्ने सर्तमा मात्र खोप उपलब्ध बनाउने व्यवस्था छ । तर, नेपाल सरकारले यस खोपको असरहरु खोप उत्पादक कम्पनीले नबेहोर्ने सर्तमा खोप आयत गरेकोले स्वच्छिक व्यवस्था गरेको हो । त्यसैले आम नागरिकहरु खोपको विषयमा त्रसिट बन्नु पर्दैन । खोप अभियान पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिरहेकोले खोपको नकारात्मक प्रभावहरुको विषयमा सञ्चारमाध्यमका सूचना प्रवाह गरिएको छैन । तर, खोप अभियान समुदाय स्तरमा सञ्चालन भएपछि जिल्लाका सञ्चारमाध्यमहरुमा आम नागारिकको लागि जनहितमा जारी सूचनाहरु प्रवाह गर्ने तयारीमा छौं ।
 खोप प्रदानका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुभएको छ ?
यस जिल्लाका स्वास्थ्यकर्मी, कर्मचारी र महिला सेवयम सेवकहरुलाई मात्र २१ गतेसम्म खोप लगाउन अभियान भएकोले रोल्पा अस्पताल रेउघाबाट नै खोप अभियानको जनशक्ति व्यवस्थापन गरिएको छ । यस अस्पतालका डाक्टर, स्टाफ नर्सहरुको नियमिति कार्यमा प्रभाव नपर्ने गरी खोप प्रदान गर्दै आउनुभएको छ । आगामी दिनमा खोप अभियान समुदाय स्तरमा सञ्चालन भएपछि त्यही अनुसार जनशक्तिको व्यवस्थान गर्ने तयारीमा छौं ।
एक व्यक्तिले यो खोप कति पटक लगाउनु पर्छ ?
एक व्यक्तिले पहिलो खोप लगाई सकेको २८ दिनपछि पुनः दोस्रो पटकको लगाउने व्यवस्था छ । तर, खोप दोस्रो पटक नलगाएमा खोप प्रभावकारी हुँदैन । पहिलो खोप लिएका व्यक्तिहरुलाई पुनः दोस्रो पटक खोप लगाउनका लागि जानकारी गराएका छौं ।
यस जिल्लाका कोरोना भाइरसको सङ्क्रमितहरु अवस्था के छ, नि ?
यस जिल्लामा शनिबारसम्म कोरोरा भाइरस सङ्क्रमित भएर बसेको अवस्था छैन । तर, जिल्ला बाहिर जिल्लाबासीहरु सङ्क्रमित हुन सक्नु हुन्छ । त्यसैले यस जिल्लामा सङ्क्रमितको संख्या शुन्यता नै भन्न सक्ने अवस्था चाही छैन । तर, विगतमा जस्तो दैनिक सङ्क्रमित चाही भएको छैन । यस जिल्लामा पनि दैनिक सङ्क्रमित हुँदा जिल्लाबासीहरु सहित सरोकारवाला निकायहरु त्रसिट बन्नु पर्ने अवस्था सिर्जना भएको थियो । तर, आजभोली त्यस्तो अवस्था चाही छैन ।
यस जिल्लाको लागि थप खोप आयत हुने सम्भावना छ ?
यस जिल्लामा पहिलो चरणको खोप सञ्चालनका लागि खोप अपुग भएमा पुनः खोप हामी आयतको तयारीमा छौं । दोस्रो चरणको अभियानमा लागि नेपाल सरकारले खोप आयतको पहल गर्दै आएको अवस्था छ । सरकारले खोप आयत गरेको अवस्थामा पुनः यस जिल्लामा दोस्रो चरणको अभियानमा लागि पनि खोप सहजै आयत हुन्छ ।
 कोरोना सङ्क्रमित भई सञ्चो भएकाहरुलाई खोप उपलब्ध बनाउने तयारी के छ ?
यस जिल्लामा कोरोना भाइरस सङ्क्रमित भई सञ्चो भएका व्यक्तिहरुलाई २ महिनापछि खोप उपलब्ध बनाउने तयारीमा छौं ।
 यस जिल्लामा हालसम्म कति जनालाई खोप प्रदान गर्नुभयो ?
यस जिल्लाको खोप केन्द्र रोल्पा अस्पतालमा बिहीबारदेखि खोप अभियान सुरुवात भएको हो । यस जिल्लाका स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयमा आवद्व कर्मचारी, महिला स्वयम सेवक गरी शुक्रबारसम्म १११ जनालाई खोप प्रदान गरेका छौं ।
खोप अभियान सञ्चालनको समस्याहरु के–के हुन् ?
खोप अभियान सञ्चालनमा हामीलाई त समस्या भएको छैन । तर, खोप अभियानमा सहभागी बन्ने स्वास्थ्यकर्मीहरुलाई खोप केन्द्रसम्म आउन समस्या भएको छ ।
खोप अभियानमा सम्भावित जोखिमको तयारी कसरी गर्नुभएको छ ?
हो, यस जिल्लामा खोप अभियान सञ्चालन हुँदै गर्दा सम्भावित जोखिमको न्यूनिकरणका लागि रोल्पा अस्पताल रेउघाका डाक्टरको नेतृत्वमा एउटा टिम बनाएको छौं ।
आम नागरिकहरुलाई अभियानकोतर्फबाट के भन्नु हुन्छ ?
कोरोना भाइरसको पहिलो खोप लिएका व्यक्तिहरुलाई पुनः दोस्रो खोपको लागि सोही दिनमा आउन अनुरोध गरेका छौं । निर्धारित समयमा नै खोप लगाउनुभयो भने कोरोना भाइरसबाट सुरक्षित हुन सक्ुन हुन्छ । समुदाय स्तरमा पनि खोप उपलब्ध बनाउनका लागि नेपाल सरकारले खोप आयतमा गर्ने प्रक्रियामै छ । सबै जानलाई खोप अभियानमा सक्रिय सहभागी बन्न अनुरोध गर्दछु ।
 अन्तिममा केही कुरा छुटेका छन् ?
सर्वप्रथम त कोरोना भाइरस खोप अभियान सम्बन्धि मेरो विचार धारणा पाठकसम्म पु¥याउने अवसर दिनुभएकोमा यस पत्रिकाको सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु । कोरोना भाइरसको सङ्क्रमित दैनिक वृद्धि हुँदा आम नागरिक त्रसिटपूर्ण वातावरणमा जीवन यापन गर्न बाध्यता थियो । त्यतिबेला कोरोना खोप कहिले आउला ? भन्दै हामी सबै त्रसितमै बसेका थियौं । तर, नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको एक वर्ष नपुग्दै कोरोना खोप आउँदा हामी सबैमा खुसी भएका छौं । खोप लगाएर कोरोना भाइरसबाट सुरक्षित बन्ने छौं भन्ने आत्मबल स्वास्थ्यकर्मीमा बढेको छ । निकट भविष्यमा समुदाय स्तरमा खोप उपलब्ध बनाउने उद्वेश्य नेपाल सरकारको रहेको छ । हामी समुदाय स्तरमा खोप अभियान लिएर जाँदा सम्पूर्ण निकायबाट सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछु । यस जिल्लामा पहिलो चरणको खोप अभियानमा पनि सरोकारवाला निकायहरुको साथ सहयोग रहेको छ । आम जिल्लाबासीहरुलाई खोप अभियानमा सक्रिय सहभागी बन्नका लागि म अनुरोध गर्दछु ।

You may also like