केपी ओली नयाँ वादशाह बन्न खोज्दैछन् –पूर्व प्रधानमन्त्री डा‍क्टर बाबुराम भट्टराई

केपी ओली नयाँ वादशाह बन्न खोज्दैछन्
–पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

मानसिंह विश्वकर्मा

माघ १८ गते

पूर्व प्रधानमन्त्री एव‌ जनता समाजवादीका स‌घीय परिषद्का नेता डा‍क्टर बाबुराम भट्टराइले केपी शर्मा ओली गणतन्त्र, संघीयता परिवर्तनको विरोधी भएकाले नेपाली जनताको त्याग तपस्या बलिदानबाट आएको उपलब्धीको संसदको मात्रै होइन संविधानको नै हत्या गरेर नयाँ बादशाह बन्न खोजेको बताउँदै केपी शर्मा ओलीलको परिवर्तनलाई हत्या गर्ने प्रवृत्ति विरुद्धमा एक हुनका लागि आवश्यक रहेको बताउनुभयो ।

उहाँले विगत जनयुद्धको स्मरण गर्दै भन्नुभयोः हामीले क्रान्तिको कुरा गर्दा भरुवा बन्दुकले पनि क्रान्ति सम्भव छ भनेर प्रश्न गर्दथ्ये जनयुद्ध सही नै थियो, एजेण्डा नै सही थिए, जनयुद्धको जगमा नै शान्ति सम्झौता अनुसार गणतन्त्र र संघीयता आएको बताउँदै त्यसको प्रमुख श्रेय माओवादी जनयुद्ध भएको दावी गर्नुभयो ।

उहाँले जनयुद्धकालमा रोल्पाको दुम्ला बैठक र घर्तीगाउँको लोसेबाङको बैठकबाट १२ बुढे सहमति गर्दै राजतन्त्र अन्त्यका लागि नेपाली कांग्रेस र एमालेहरुलाई साथमा लिएर अगाडि बढेको बताउँदै राजतन्त्रको लागि माओवादी जनयुद्धनै प्रमुख आन्दोलनको जग भएको बताउनुभयो ।

धेरै लामो समय माओवादी जनयुद्धमा सहभागी नेता बाबुराम भट्टराईले नेपालमा शान्ति प्रक्रिया, समाजवाद, संघीयता, सामाजिक न्यायको कुरा त तत्कालीन माओवादीकै प्रमुख ऐजेण्डा भएको बताउँदै कांग्रेस र तत्कालीन नेकपा एमालेको एजेण्डा नभएको बताउनुभो । उहाँले भन्नुभयोः–‘केपी शर्मा ओली तत्कालीन रुपमा पनि गणतन्त्र, संघीयता, धर्म निरपेक्ष, समावेसी विरोधी भएको इतिहासको तथ्य नै हो, उनले त्यसलाई सखाप पार्न चहान्छन् । परिवर्तनको विराधीलाई एक भएर प्रराष्ट गर्न सकिन्छ त्यो तयारी गर्नुछ । ”

– तत्कालीन समयमा आफूहरुले गणतन्त्रको कुरा गर्दा तत्कालीन एमाले भित्रका माधव नेपालको टिमसंग ऐजेण्डा, मुद्धामा निकै सहकार्य भएको थियो, तर केपी शर्मा ओलीसंग गणतन्त्रको एजेण्डामा शत्रुता पूर्वक नै थियो, केपी ओली गणतन्त्र र परिवर्तनको विरोधी नै थिए ।”

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेता भट्टराइले केपी ओलीसंग पार्टी एकता गरेर प्रचण्डले भूल गरेको बताउँदै अब प्रचण्ड, माधवको नेतृत्वमा ढिलै भएपनि अलग हुनुभएको छ, त्यो नै सही भएको कुरा गर्दै अब प्रतिगमनको विरुद्धको यात्रामा खुट्टा नकमाउनको लागि अनुरोध गर्दै भन्नुभयोः–“अब पार्टी कानूनी रुपमा अलग बनाउनुहोस, हाल त प्रगितमनको विरुद्धमा नै आधिवेहरी सृजना गर्नुपर्दछ, त्यसछि नेपाली कांग्रेस, तपाइहरुको पार्टी र हाम्रो पार्टी चुनावमा जाऔँ, त्यसपछि पछि अरु छलफल गरौँ, ।

उहाँले आफूहरुले संविधानसभा मार्फत नेपाली जनताको अधिकारलाई ग्यारेन्टी गर्नका लागि लडिएको कुरा सबैको सामु छलङ्र्ग भएको बताउँदै हाल केपी शर्मा ओलीले गरेको संविधान विगठनका कदम प्रतिगामी नै भएको बताउनुभयो ।

केपी शर्मा ओलीलाई संविधानले संसद विगठन गर्ने अधिकार नदिएको बताउँदै भन्नुभयो ः–“ आफूलाई कठिन परेमा जनताबाट निर्वाचित पहिलो दल, दोस्रो दल, तेस्रो दललाई मौका दिने ति राजनीतिक दलबाट नभएमा कसै व्यक्तिले बहुमत पु¥याउछु भनेमा त्यसलाई मौका दिने त्यसबाट पनि नभएमा मात्रै अन्तिममा संसद विगठन गर्न पाइने छलफल गरेरै नै लेखेका छौँ । यो शुरुमै गरियो सरासर यो प्रगितमन र गैर कानूनी हो ।”

केपी शर्मा ओलीले आफ्नो हातमा सत्तामा आएपछि स्वयेच्छाचारी र आफ्नो गुट र झुण्ड भित्रकालाई मात्रै सेटिङ तर्फ लाग्दै देशको समृद्धिको यात्रामा काम नगरेको बताउनुभो ।

साथै उहाँले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत आफूहरुले एजेण्डा उठाउँदा नेपाली कांग्रेस र तत्कालीन एमाले बाधक बताउँदै नेपाली जनताले प्रत्यक्ष रुपमा निर्वाचन गर्ने प्रणालीमा जनतामा बढी उत्तरदायित्व हुने बताउनुभयो ।

नेपाली कांग्रेसलाई केपी ओलीको चुनाव गर्ने कुनै मनसाय नै नभएको चुनावका लागि भन्दा पनि आफ्नो सत्ता टिकाउनको लागि गरिएको बताउँदै त्यो चुनाव भन्दा पनि देशमा गंभिर संकट केपी ओलीले लिने दावी गर्दै केपी शर्माओलीको प्रगितमनको विरुद्धमा एकढिक्का भएर लाग्नका लागि अनुरोध गर्नुभयो ।

उहाँले विश्वका मानिसहरु विज्ञान प्रविधि क्षेत्रबाट अगाडि बढेको छ तर नेपाली समाज एउटा भाग्य र भविस्यमा विश्वास गरेर सन्तोष लिएर नै पछाडि परेको बताउँदै अब सूचना र प्रवृत्तिको प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले रोल्पा एउटा क्रान्ति, परिवर्तनको प्रतिक तथा बाहक जिल्लाको रुपमा भएकाले गर्दा रोल्पाको योगदान, बलिदानलाई सधै सम्मान रहेको बताउँदै फेरी आगामी दिनको परिवर्तनमा साथ दिनका लागि अनुरोध गर्नुभयो ।

उहाँले रोल्पा जिल्लामा कृषि, जलविद्युत, जडिबुटी, पर्यटन, खानी जन्य, पर्यटनबाट नै रोल्पा जिल्लाको समृद्धि हुने कुरामा आफू विस्वस्त रहेको बताउनुभयो रोल्पाली जनताको साथमा नै आफ पनि रहेको बताउनुभयो ।

कुनै पनि नयाँ बस्तुको आविस्कार गर्दा पुराना केही संरचना भत्काउनुपर्ने बताउँदै अब नयाँ दिशमा अगाडि बढाउन सकिने बताउनुभया

This image has an empty alt attribute; its file name is u2-1024x768.jpg

कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, पूर्व संविधान सभा सदस्य नबराज शुवेदी, जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका प्रमखु पूर्ण केसी, परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगी, लुंग्री गाउँपालका अध्यक्ष दुर्गाबहादुर खड्का, थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर, नेपाली कांग्रेसका कविता उपाध्याय, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोर आचार्य, उद्योग वाणिज्य संघ प्रदेश समितिका उपाध्यक्ष बालकृष्ण आचार्य लगायतको आथित्या रहेको थियो ।

You may also like