रोल्पा नगरपालिकाद्वारा निःशुल्क प्राविधि अध्यायनरत विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

रोल्पा नगरपालिकाद्वारा निःशुल्क प्राविधि अध्यायनरत विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण
माघ १५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is r3-1-1024x485.jpg

रोल्पा, रोल्पा नगरपालिकाले रोल्पा नगर एक घर एक रोजगार कार्यक्रम अन्तर्गत निःशुल्क प्राविधिक अध्यायनरत विद्यार्थी र अभिभावकहरुलाई आज निःशुल्क प्राविधिक शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएका छन् । नगरपालिकाको एक घर एक रोजगार कार्यक्रम अन्तर्गत वर्षनी निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि नगरपालिकाभित्रका विद्यार्थीहरुले अवसर पाएका छन् भने अभिभावकहरुलाई आर्थिक भार कम भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पुर्ण के.सी.ले रोल्पा नगरलाई शैक्षिक हबको रुपमा परिणत गर्नका लागि थालिएको विभिन्न प्रयास अन्र्तगतको महत्वपूर्ण कार्यक्रम एक घर एक प्राविधिक निःशुल्क शिक्षाले आगामी दिनमा राम्रो उपलब्धि हासिल गर्नेमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नगरपालिकाले लगानी गरेको निःशुल्क शिक्षाको उपलब्धि हासिल गर्न सबै विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is r4-1024x485.jpg

नगरपालिकाले रु २ करोड बराबरको लगानी गरेर नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गरेको भन्दै नगरपालिका, अभिभावकहरुको लगानीको सम्मान गर्न शिक्षा शाखा प्रमुख उपसचिव महेन्द्र पराजुलीले अनुरोध गर्नुभयो । विगत ४ वर्षदेखि रोल्पा नगरपालिकाले विभिन्न विषयमा निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्दै आईरहेको छ । यस नगरपालिकाले यस आर्थिक वर्षमा विभिन्न विधामा १ सय जना कोटा छात्रबृत्तिका लागि सूचना आह्वान गरेतापनि ५८ जनाले प्राविधिक विषय अध्ययनका लागि निकाल्न सफल भएका छन् । जसमध्ये १६ जनाले बालिविज्ञान, २३ जना सिभिल ओभरसियर, ५ जना ओभरसियर, १४ जनाले पशु विज्ञानतर्फको अध्ययन गरिरहेका छन् । त्यसैगरी यस कार्यक्रममा बालकल्याण नमुना मा.वि.का प्रधानाध्यापक मधुसुदन पोख्रेलले नगरपालिकाले प्रदान गरेको निःशुल्क प्राविधिक शिक्षाको योगदानको प्रशंसा गर्दै विद्यार्थीले पनि आफ्नो अथक मेहनत गर्न अनुरोध गर्नुभयो । बालकल्याण नमुना मा.वि.का ईन्जिीनियर विवेक सेन र रोल्पा पोलिटेक्निकल ईन्ष्टीच्युटका सन्दीप आचार्यले आफ्नो विद्यालयको प्रस्तुतिकरण गर्नुभएको थियो । निःशुल्क छात्रबृत्ति अध्ययनका लागि बनाईएको मापदण्डभित्र रहेर नगरपालिका, अभिभावक र विद्यार्थीहरुको त्रिपक्षीय सम्झौता समेत समेत गरेका छन् । रोल्पा नगरपालिका ५ नम्बर वडा अध्यक्ष तोपबहादुर नेपालीका अध्यक्षतामा सम्प्न्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा अधिकृत कर्ण पुनले गर्नुभएको नगर प्रेस संयोजक देवि कुमारी गुरुङले जानकारी दिनुभयो ।

You may also like