रोल्पा समाारदाता
असोज ३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले समृद्ध प्रदेशका लागि “समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी ” आकाक्षाको यात्रामा अगाडि बढेको बताउँदै लुम्बिनी प्रदेश सरकालाई साचो जनताको सरकारको अनुभूति दिने गरी काम गर्दै संविधानको मर्म अनुसार स्थानीय र संघलाई समन्वय गर्ने महत्पूर्ण जिम्मेवारीबाट प्रदेश सरकालाई अझै अगाडि बढाउने बताउनुभयो ।
यस्तो विचार मुख्य मन्त्री उहाँले संविधान दिवस २०७८ को अबसरमा संविधान प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै देशमा नयाँ संविधान निर्माण भए पनि यसको कार्यन्वयन पक्षलाई अझै बलियो बनाउनु पर्ने धारण राख्नुभयो ।

सम्वोधनको क्रममा उहाँले भन्नुभयोः–“ सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को गौरवपूर्ण अवसरमा प्रदेशवासी र समस्त देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रदेशको निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” साथै केसीले सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन भएको उल्लेख गर्दै स्वर्णिम दिन प्राप्तार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनमा सहादत प्राप्त गर्ने आदरणीय शहीदहरूप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त समेत गर्नुभयो । साथै संघर्षका क्रममा घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्दै बन्दी, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त समेत केसीले गर्नभयो ।
मुख्यमनन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ले भन्नुभयो–“हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ । यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।”
हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ ।
संविधान दिवको सन्दर्भमा मुख्य मन्त्री केसीले संविधान प्राप्त गर्नका लागि हजारौको बलिदानबाट मात्रै सम्भव भएकाले यसलाई कार्यन्वयका लागि पनि सबैको दायित्व रहेको कुरा स्ष्टष्ट गर्दै भन्नुभयोः–“संविधानमार्फत हामीले संकल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि हाम्रो संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त हो । नयाँ संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चुनौती आए तापनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ । म यस अवसरमा संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह गर्दछु ।”
संविधानलाई सापेक्ष र गतिशील दस्तावेको रुपमा भएको बताउँदै संविधानमा केही मतभेद भए पनि त्यसलाई संसोधन गरेर जान सकिने भएकाले उहाँले भन्नुभयोः–“संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीयतह गरी ३ तहको राज्यको संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्था अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहरुलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी , आत्मनिर्भर लुम्बिनी” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु ।”
उहाँले , संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ ले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढीकरण र समतामूलक समाजसहितको समृद्ध प्रदेश एवं राष्ट्र निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीलाई प्रेरणा दिने बताउँदै यसमा सबै नेपालीको जिम्मेवारी पूर्ण तरिकाले भूमिका निर्वाह गर्नका लागि अपिल गर्नुभयो ।
संविधान दिवसको अबसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रबाट समाजिक रुपमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूष गर्ने गरी नाम घोषणा गरिएको थियो । संविधान दिवस २०७८ को अवसरमा प्रदेश पदक पाउनेहरुको नामावलीको सूची यस प्रकार छ ।
संविधान दिवस २०७८ को अबसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्तीमगर, आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वन केसी लगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो । ्
स्वागतको क्रममा पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले सबै समुदायको भावनालाई एकीकृत गर्न सकेमा मात्रै संविधानले सार्थकता पाउने बताउनुभयो । उहाँले प्रदेशभित्रका समुदायको विकासका लागि प्रदेश सरकार लागि परेको बताउँदै त्यमा हातेमालो गर्नका लागि सबैलाई अनुरोध गर्नभयो । कार्यक्रम आन्तरिक मामिला तथा सञ्चाार मन्त्रालयका सचिव रविलाल पन्थले सञ्चालन गर्नुभएको थियो ।