७९ औं श्रष्टा चौतारीको अवसरमा रचना वाचन

७९ औं श्रष्टा चौतारीको अवसरमा रचना वाचन
माघ १५ गते
लिबाङ–रोल्पा


लिबाङमा प्रत्येक महिनाको १५ गते सञ्चालन हुने स्रष्टा चौतारी ७९ औं श्रङ्खला बिहीबार लिबाङमा सम्पन्न भएको छ । श्रष्टा चौतारीले साहित्य सृजनामा थप सहयोग पुगेको छ ।
यस कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले कविता, सशस्त्र प्रहरी बलको प्रहरी नायव उपरीक्षक होमराज भट्टराईले मक्त र कविता, जिल्ला सरकारी वकिल कार्यालय रोल्पाका जिल्ला न्याधिश वक्ता नुमराज खनालले कविता, लेखक संघ केन्द्रीय सदस्य दामुमर्सिफूलले कविता, प्रगति लेखक संघ रोल्पा जिल्ला अध्यक्ष अमर जि.एम.ले मुक्त र कविता, जलजला बहुमुखी क्याम्पसको सहायक प्रध्यापक कृष्णप्रसाद न्यौपाने कविता, राप्ती साहित्य परिषद्, जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले मुक्त, चन्द्र जि.एम.ले कविता, राजेश डाँगी मुक्त, शिवराज पोख्रेलले गजल, शुभन्द्रा गिरीले मुक्त, लाल कुमारी के.सी.ले गजल, सृजना सुवेदीले मुक्त, हेमराज खत्रीले गीत, दिनेश विश्वकर्माले नक्कल, सफल बुढामगर मुक्त, पुर्ण बहादुर भण्डारीले कविता, लोकेन्द्र सेन ‘सिम्पल कान्छा’ले मुक्त, तिलक संघर्षले मुक्त रचना वाचन गर्नभएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले श्रष्टा चौतारीबाट धेरै साहित्य सर्जकहरुलाई साहित्य रचनाको विकास भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ति सिर्जनशील औलाहरु आगामी दिनमा पनि निरन्तर चलिरहोन् भन्दै शुभ कामना समेत व्यक्त गर्नुभयो । यस श्रष्टा चौतारीमा सहभागी साहित्यकारहरुलाई उहाँले धन्यवाद व्यक्त गर्दै आगामी दिनको श्रष्टा चौतारीमा पनि सक्रिय सहभागीका लागि अनुरोध गर्नुभयो । आगामी ८० औं श्रष्टा चौतारी पनि जिल्ला समन्वय समिति रोल्पाको सूचनाको हलमा राप्ती साहित्य परिषद्, जिल्ला शाखा रोल्पाले आयोजना गरेकोले सम्पूर्ण साहित्यकारहरुलाई सक्रिय सहभागीका लागि उपस्थिति हुन उहाँले अनुरोध गर्नुभयो । राप्ती साहित्य परिषद्, जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न श्रष्टा चौतारीको सञ्चालन सदस्य तिलक संघर्ष मगरले गर्नभएको थियो ।

You may also like