सुरक्षित गर्भपतनले महिलाहरुकाे जाेखिमतालाइ घटाउँछः कार्यक्रम सयाेजक स्वयव अहमद

सुरक्षित गर्भपतनले मिहलाहरुकाे जाेखिमतालाइ घटाउँछः कार्यक्रम सयाेजक स्ययव अहमद

स्वयव अहमद

कार्यक्रम सयाेजक

रोल्पा जिल्लामा विगत दुई वर्षदेखि आइपास नेपालको आर्थिक सहयोगमा पास नेपालको सहजिकरण र दशैं वटा स्थानीय तहहरुको समन्वयमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस कार्यक्रम सञ्चालन हुनुभन्दा पहिले धेरै संख्यामा असुरक्षित गर्भपतनको थियो । तर, यो कार्यक्रम सञ्चालन पश्चात् सुरक्षित गर्भपतनको संख्या बढ्दो क्रममा छ । यस कार्यक्रमबाट असुरक्षित गर्भपतनले स्वास्थ्य र मानसिक रुपमा पर्ने असर सम्बन्धि जनचेतना वृद्धि भएको छ । जिल्ला कार्यक्रम संयोजक सोयब अहमदसँग कार्यक्रमको उपलब्धि, कार्यन्वयको चरण, आगामी योजना, असुरक्षित गर्भपतनको मानसिक र शारिरीक असर लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
 धन्यवाद ।
 यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन कार्यक्रम कुन–कुन निकायसँग कार्यन्वयन गर्दै आउनुभएको छ ?
 यौन तथा प्रजनन् र सुरक्षित गर्भपतन कार्यक्रम स्थानीय तह, स्वास्थ्य शिक्षा, स्वास्थ्य कार्यालय आदि निकायसँगको सहकार्य समन्वयमा कार्यक्रम कार्यन्वयन भएको छ ।
 कार्यक्रमको उद्वेश्यहरु बताइदिनुहोस् ?
 यस जिल्लामा कार्यक्रम लागु गर्नुको उद्वेश्यहरु अनिच्छित गर्भको कारणले गर्भपतन गर्नु परेमा असुरक्षित हुन नदिन र सुरक्षित तरिकाले सेवा प्रदान गर्ने, सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजन सम्बन्धि सल्लाह र सेवाको सुनिश्चितता, अनिच्छित गर्भलाई कम गर्न, असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्यु कम गर्न आदि हुन् ।
 हालसम्म कार्यक्रमको उपलब्धिहरु के–के हुन् ?
 यस कार्यक्रमको उपलब्धिहरु निम्न रहेका छन्, आर्थिक वर्ष २०७६÷२०७७ मा ९१७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकामध्ये ४७९ जनाले सानो परिवार नियोजनको सेवा १५५ जनाले लामो परिवार नियोजनको सेवा, १२८ जनाले कण्डमको सेवा लिएका छन् । आर्थिक वर्ष २०७५÷२०७६ मा ६३९ जनाले २०७४÷२०७५ मा ३१२ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ का लागि पाँच वटा स्थानीय तहहरु सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, माडी गाउँपालिका, रोल्पा नगरपालिका र थबाङ गाउँपालिकाले सुरक्षित गर्भपतन शीर्षकमा वजेट विनियोजिट गरेका छन् ।
 कुन–कुन गतिविधिहरु सञ्चालन छन् ?
 यस कार्यक्रम अन्तर्गत जिल्ला स्तरमा जिल्ला परियोजना सल्लाहकार समितिसँग बैठक, जिल्ला स्तरमा जिल्लामा महिला सञ्जालसँग अन्तरक्रिया कार्यक्रम, Disable  people सँग अन्तरक्रिया, सञ्चारकर्मीसँग अन्तरक्रिया, कार्यालयसँग अन्तरक्रिया, ४ वटा स्थानीय तहबाट champion-८ जना natual leaders लाई पाँच दिने तालिम लगायत कार्यक्रमसँग सम्बन्धित अन्य गतिविधिहरु सञ्चालन गर्दै आएका छौं ।
 जिल्लामा असुरक्षित गर्भपतनको अवस्था कस्तो छ ?
 असुरक्षित गर्भपतन सेवा लिएको कुनै तथ्याङ्क संकलन हुँदैन । तर, जिल्ला अस्पताल रोल्पामा बाहिरबाट असुरक्षित गर्भपतन गराएर Incompelete abortion को लागि आउँछन् ।
 अहिलेसम्म सुरक्षित गर्भपतनको अवस्था सम्बन्धि बताइदिनुहोस्, न ?
 अहिलेसम्मको अवस्था हेर्दा जिल्लाको १२ वटा संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । तर, अहिलेको केही स्वास्थ्य चौकीका सेवा प्रदायकको सरुवा भएकोले सेवामा समस्या भएको छ । विगतका वर्षभन्दा बढ्ने क्रम भएतापनि अयmmगलष्तथ भिखभ िमा यसको जानकारी पूर्ण रुपले नपुगेको अवस्था छ ।
 सुरक्षित गर्भपतनको लागि कुन–कुन ठाउँमा व्यवस्था छ ?
सुरक्षित गर्भपतन सेवा रोल्पाको दश वटै स्थानीय तहमा छ । जिल्ला अस्पताल सहित अरु थप ११ वटै प्राथमिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकीमा सेवा उपलब्ध भएको । तर, कहि कहि सेवा प्रदायकको सरुवा हुँदा सेवा रोकिएको छ ।
 सुरक्षित गर्भपतनको सेवा सुविधा हुँदा हुँदै पनि किन असुरक्षित गर्भपतन गर्न बाध्य हुन्छन् ?
 असुरक्षित गर्भपतन गर्नुको प्रमुख कारणहरु सामाजिक लाञ्छना, पहुँचभन्दा टाढा, सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको जानकारी नहुनु, छोरालाई प्राथमिकता, NDHS   को २०१६ अनुसार ४१ प्रतिशत महिलालाई (प्रजनन् उमेर) मात्र गर्भपतनले कानुनी मान्यता पाएको जानकारी पाएको आदि हुन् ।
 कानुनी रुपमा कति दिनको गर्भलाई गर्भपतनको व्यवस्था गरेको छ ?
 २०७६ साल असोज २ गते प्रमाणिकरण भई लागु भएको “सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन” मा व्यवस्था अनुसार महिलाको मञ्जुरीले १२ हप्तासम्म, गर्भपन नगराएमा गर्भवती महिलाको ज्यान खतरा वा निजको शारिरीक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस महिलाको मञ्जुरीले २८ हप्तासम्म, जवजस्ती करणी वा हाड नाता करणीबाट रहन गएको गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्म, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भि) वा त्यस्तै प्रकृतिका अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्म, भु्रणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गरी गर्भको भु्रण खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भु्रणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा सङ्लग्न स्वास्थ्यकमीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्म गर्भलाई गर्भपतन गर्न सकिन्छ ।
 गैर कानुनी रुपमा गर्भपतन गराउने र गर्नेलाई कस्तो सजायको व्यवस्था गरेको छ ?
 गैर कानुनी रुपले गर्भपतन गर्ने वा गराउनेलाई निम्न बमोजिमको कानुनी सजायको व्यवस्था गरेको छ– १२ हप्तासम्मको गभपर्तनको १ वर्षसम्म कैद र रु १० हजार, १२ हप्तादेखि २५ हप्तासम्मको गर्भपतनको ३ वर्षसम्म कैद र रु ३० हजार, २५ हप्ताभन्दा माथिको गर्भतनको ५ वर्षसम्म कैद र रु ५० हजार जरिवानाको व्यवस्था छ ।
 निजी अस्पताल वा मेडिकलको प्रभावकारी अनुगमन नहुँदा असुरक्षित गर्भपतन बढेको छ, नि ?
 निजी अस्पताल वा मेडिकलको प्रभावकारी अनुगमन नहुँदा असुरक्षित गर्भपतन बढ्ने अनुमान गर्न सकिन्छ । तर, कतिपय संख्यामा भयो भने कुनै तथ्याङ्क हुँदैन ।
 सुरक्षित गर्भपतनको फाइदाहरु के–के हुन् ?
 गर्भपनत सेवा रहर होइन बाध्यता हो । सकेसम्म यस्तो अवस्था आउन दिनु हुन्न । तर, आयो भने त्यो सेवा असुरक्षित नभएर सुरक्षित गर्भपतन गर्न पाउन महिलाको अधिकार हो । सुरक्षित गर्भपतनको फाइदाहरु निम्न अनुसार छन्–असुरक्षित गर्भतनको कारणले हुने मातृ मृृत्यु दरमा कमी, आर्थिक भार नपर्ने, सुरक्षित गर्भपतन सेवा सँगसँगै परिवार नियोजन योजना सेवा प्रयोग, अन्य प्रजनन् स्वास्थ्य समस्याको पहिचान गरी त्यसको उपचार र प्रेषणमा सहयोग आदि हुन् ।
 असुरक्षित गर्भपतनले मानसिक र शारिरीक रुपमा कस्तो असर पर्दछ ?
 असुरक्षित गर्भपतनको असरहरु मानसिक रुपले तनाव, असुरक्षित ठाउँमा गर्दा रक्तश्राव बढि हुने र त्यो कुराले महिलालाई समस्या, आर्थिक खर्च बढि हुने भएकोले मानसिक तनाव हुनु आदि हुन् ।
 असुरक्षित गर्भपतनबाट सचेत बनाउन कुन–कुन क्रियाकलाप गर्दै आउनुभएको छ ?
 असुरक्षित गर्भपतनबाट महिलाहरुलाई सचेत बनाउनका लागि यस कार्यक्रमले निम्न अनुसारका क्रियाकलाप सञ्चालन गर्दै आएको छ, जसमा रेडियो कार्यक्रम, कार्यपालिका स्तरीय अन्तरक्रिया, किशोर–किशोरीलाई तालिम, Natural leader द्वारा ४ वटा गाउँपालिकामा मासिक रुपमा बैठक (एक जनाले महिनामा ३ बैठक गर्ने), शिक्षकलाई तालिम आदि हुन् ।
 सुरक्षित गर्भपनतको लागि आवश्यक जनशक्तिको व्यवस्थापन कसरी गर्नुभएको छ ?
 अहिले कोभिड–१९ले गर्दा धेरै जसो तालिमहरु सञ्चालन हुन सकेको छैन र जनशक्तिको लागि पालिका स्तरमा समन्वय गरेर तालिम माग गरिएको छ ।
 कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयनका लागि स्थानीय तहहरुको भूमिका सम्बन्धि बताइदिनुहोस्, न ?
सुरक्षित गर्भपतन शीर्षकमा वजेट विनियोजिट, वडा स्तरीय कार्यक्रम सञ्चालन, समन्वयमा सहयोग, पालिका स्तरका विद्यालयमा सुरक्षित गर्भपतन शिक्षा कार्यक्रमको लागि सहयोग आदि हुन् ।
सुरक्षित गर्भपतन सम्बन्धि सचेतना फैलाउनका लागि स्थानीय तहहरुले वजेट विनियोजिन गरेका छन् कि छैन् ?
 यस जिल्लाको पाँच वटा स्थानीय तहहरुले सुरक्षित गर्भपतन शीर्षकमा वजेट विनियोजन गरेका छन्, जसमा सुनिलस्मृति गाउँपालिकाले रु दुई लाख, माडी गाउँपालिकाले ६० हजार, रोल्पा नगरपालिकाले रु एक लाख, थबाङ गाउँपालिकाले रु एक लाख र लुङ्ग्री गाउँपालिकाले रु ५० हजार विनियोजन गरेका छन् ।
स्थानीय तहहरुको विनियोजिट वजेट सुरक्षित गर्भपतन सम्बन्धि जनचेतनाका लागि वजेट प्रयाप्त हो ?
 यस जिल्लाका पाँच स्थानीय तहहरुले सुरक्षित गर्भतन शीर्षकमा विनियोजिट वजेट प्रयाप्त त होइन । तर, ति स्थानीय तहबाट सुरक्षित गर्भपतन शीर्षकमा केही वजेट विनियोजिट गरेका छन् । मलाई लाग्छ, यो एउटा सुरुवात हो र भविष्यमा अझै वजेट विनियोजिट गर्दछन् भन्ने कुरामा आशावादी छु ।
आगामी दिनमा स्थानीय तहहरुले कुन–कुन कुरामा ध्यान पु¥याउन आवश्यक छ ?
 यस जिल्लाका दश वटा स्थानीय तहहरुले सुरक्षित गर्भपतनमा सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएको छ भने आगामी दिनहरुमा पनि सुरक्षित गर्भपतनका लागि निम्न कुराहरुमा ध्यान पु¥याउन आवश्यक छ, जसमा मौलिक हकको कार्यन्वयन, सुरक्षित गर्भपतन सँगसँगै अरु स्वास्थ्य, शिक्षाको कुरामा नीति निर्माण गरी प्रभावकारी कार्यन्वयन, आधाभूत स्वास्थ्य र शिक्षाको कार्यन्वयनको लागि पहुँच योग्य बनाउने किसिमको नीति निर्माण, बाल बिबाह, महिला हिंसा, असुरक्षित गर्भपतन जस्ता कार्यहरु न्यूनिकरण गर्ने योजना तय गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने आदि ।
कार्यक्रमबाट सुरक्षित गर्भपतन सम्बन्धिहरु सञ्चालन भएका क्रियाकलापहरु निरन्तर पाउने कुरामा तपाई विशिष्ट हुन्छ ?
सुरक्षित गर्भपतन कार्यक्रम नेपाल सरकारकै कार्यक्रमभित्रै पर्छ । अहिलेको अवस्थामा स्थानीय तहबाट वजेट विनियोजन भएको छ । तसर्थ म विश्वष्ट छु कि यस जिल्लामा सञ्चालन भएका महत्वपूर्ण कुराहरुले निरन्तरता पाउने छन् भने सुरक्षित गर्भपनतसँग सम्बन्धित नीति तथा कार्यक्रम तय गरी प्रभावकारी कार्यन्वयन गर्नु हुनेछ ।
कार्यक्रमको चुनौतीहरु के–के हुन् ?
सुरुवाती चरणमा जे कुरामा पनि कार्यन्वयनमा समस्या नै हुन्छ । त्यसमाथि सुरक्षित गर्भपतन भन्ने कुरामा समाजमा अहिलेपनि लाञ्छना छ र सुरुवातको क्रममा धेरै जस्तो कार्यक्रमहरुमा महिलाहरुले यो कुरामा खासै बोल्न नरुचाउने । त्यस्तै mapping को क्रममा यहाँको भोगोलिक संरचना जानकारी नहुँदा सेवाको पहुँचमा कमी भएको र स्वास्थ्य कार्यालय र स्थानीय तहबाट धेरै सहयोग भएकोले धेरै चुनौती छन् ।
जिल्लाका जनप्रतिनिधि सहित सरकोरवाला निकायहरुलाई के भन्नु हुन्छ ?
 यस जिल्लाका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुले कार्यक्रम कार्यन्वयनमा आ–आफ्नो ठाउँबाट सहयोगी भुमिका निर्वाह गर्नुभएको छ । आगामी दिनमा पनि यो सहयोगी भुमिका निर्वाह गर्नु हुनुहुन्छ भन्ने अपेक्षा छ । उहाँहरुले शिक्षा र स्वास्थ्य जस्ता कार्यक्रमहरुमा विभिन्न निकायसँग समन्वय आगामी योजनाहरु तय गरी प्रभावकारी कार्यन्वयनका लागि म हार्दिक अनुरोध गर्दछु ।
 अन्तिममा केही कुरा छुटेका छन्, कि ?
 अन्त्यमा मेरो विचार पाठकसम्म पु¥याउने अवसर दिनुभएकोमा यस पत्रिकाको सम्पुर्ण परिवारप्रति धन्यवाद व्यक्त गर्दछु । यस जिल्लामा कार्यक्रम कार्यन्वयनका लागि सहयोगिपूर्ण भूमिका निर्वाह गर्नुहुने जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुलाई पनि आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै भुमिका निर्वाहका लागि म हार्दिक अनुरोध गर्दछु ।

You may also like