कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित महायज्ञको उद्घाटन मन्त्री केसीद्वारा आइतबार

रेशम विश्वकर्मा
असाेज २५  रोल्पा


त्रिपुरेश्वरी माध्यमिक विद्यालय सुनिलस्मृति गाउँपालिका–२ खुंग्री रोल्पाले कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित ‘भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६’ को ५ नंं. प्रदेश सरकार नेपालको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रासद के.सी.ले आज उद्घाटन गर्दै हुनुहुन्छ । महायज्ञ आइतबार अर्थात असोज २६ उद्घाटन कार्तिक महिनाको ३ गतेसम्म सञ्चालन हुँदै छ ।
उक्त महायज्ञको सम्पूर्ण तयारी पूरा भएको महायज्ञको संयोजक रामलाल भारतीले बताउनुभयो । उहाँको अनुसार महायज्ञ समयवधिमा श्रीमद् बालव्यास शान्तिदुत पं. कोमल उपाध्यायको मुखार विन्दुबाट संगीतमय कथा बाचन तथा राष्ट्रिय कलाकारहरुबाट भजन, कृतन, देबलिला झाँकी प्रर्दशनको कार्यक्रम तय भएको जानकारी दिनुभयो । महायज्ञका प्रमुख पुजारी श्रीमद् बालव्यास शान्तिदुत पं. कोमल उपाध्यायले रु ५ लाखको समेत उद्घोष गर्नुभएको महायज्ञको संयोजक भारतीले बताउनुभयो । आयोजकले महायज्ञमा सह परिवार आई कथा श्रवणसँगै विद्यालयलाई साथ, आर्थिक सहयोग र भौतिक सहयोगको समेत अपेक्षा सहित गरिमामै उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । महायज्ञबाट आयोजकले रु ४० लाख संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ भने महायज्ञ सम्पन्नका लागि रु १२ खर्च हुने अनुमान गरेको छ । यो समाचार तयार पर्दासम्म आयोजकले रु ८ लाख ८० हजार रकमको कलश वितरण गरी सकेको महायज्ञ संयोजक रामलाल भारतीले बताउनुभयो । उहाँको अनुसार यस धार्मिक महायज्ञको अवसरमा तुलादान, अनुदान, कलश रु १ हजार १ सय, भूमिदान, नगरदान, १०८ कन्या पूजा असोज ३० गते, १ करोड दीप प्रज्वलन कार्तिक २ गते बेलुकी ४ः०० बजे, कार्यक्रम समापन कार्तिक ३ गते बिहान ११ः०० बजे, रु ३१ हजार भन्दामाथि दान गर्ने दानिदाताहरुको सिङ्गल फोटो र रु ५० हजारभन्दा माथि दान गर्ने दानिदाताहरुको दाम्पत्ति सहितको फोटो भवन परिसरभित्र स्थापना गर्ने जस्ता दानिदाताहरुलाई समेत सम्मानको व्यवस्था गरेको छ । जिल्लामा शैक्षिक क्षेत्रको विकासको निम्ति जिल्लामा केही समयदेखि धार्मिक महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गर्ने लहर नै चलेको छ । महायज्ञ सम्पन्न भएका धेरै विद्यालयको आर्थिक आय व्यय अझै पनि सार्वजनकि हुन सकेका छैनन् । शैक्षिम क्षेत्रको विकसको निम्ति धार्मिक महायज्ञ लगायत अन्य वैकल्पिक विधिहरु समेत प्रयोग गर्न आवश्यकछ । कुनै नयाँ कार्यका लागि महायज्ञ आयोजना गर्नु आफैमा सकरात्कम सहरानीय कार्य हो तर जिल्लामा सम्पन्न भएको धेरे महायज्ञबाट भने पक्कै पनि पाठ सिक्न अपरिहार्यता छ, होइन भने समाजिक अभियान्तहरु नै समाजिक रुपमा आर्थिक विषयमा हिनामिना गरेको आरोप भोग्नु बाहेक अरु कुनै विकल्प नै छैन ।

You may also like