प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय प्याट्रन प्रतियोगिता सम्पन्न

प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय प्याट्रन प्रतियोगिता सम्पन्न
पुस १५ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is itf-news-1.jpg

प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता आज सम्पन्न भएको छ ।
यस प्रतियोगितामा काँभ्रे जिल्लाले ५ स्वर्ण ३ रजत ४ कास्य, पाल्पा जिल्लाले ३ स्वर्ण २ रजत १० कास्य, रोल्पा जिल्लाले १ स्वर्ण १ रजत ३ कास्य, बागलुङ जिल्लाले १ स्वर्ण २ रजत १ कास्य, काठमाडौ जिल्लाले २ स्वर्ण, रामेछाप जिल्लाले १ स्वर्ण, ललितपुर जिल्लाले ३ रजत, गुल्मी जिल्लाले १ रजत, पूर्वी रुकुम जिल्लाले १ कास्य पदक हासिल प्राप्त गरेको छ । देशभरि रोल्पा आई.टि.एफ.तेक्वान्दो संघ आयोजना नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्य र परिवर्तन गाउँपालिका रोल्पाको मुख्य प्रायोजन प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा नेपालभरिका ६५३ जना खेलाडिहरु सहभागी भएका थिए । रोल्पा जिल्ला आई.टि.एफ.तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरका संघका सचिव कृष्णप्रसाद बाठा मगरले बताउनुभयो ।

You may also like