इन्सेक रोल्पाको अगुवाईमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

इन्सेक रोल्पाको अगुवाईमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

असार २ गते
लिबाङ–रोल्पा


अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहितका मानव अधिकारको क्षेत्रमा सरोकार राख्ने सम्वद्व संस्थाहरुको समन्वयमा सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई आज जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत ज्ञापनपत्र पठाइएको छ । संघीय सरकारलाइ देशभरिका अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहितका मानव अधिकारकाे क्षेत्रमा सराेकार राख्ने विभिन्न संस्थाहरूले ज्ञापन पत्र पठाएका छन् ।

जिल्ला अधिकारी नरेन्द्र राना मगरले उक्त ज्ञापन पत्र यथाशीघ्र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाइदिने प्रतिवद्वता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारि नरेन्द्र कुमार राना मगर मार्फत पठाइएको ज्ञापनपत्रमा नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, देश र जनताप्रति जवाफदेहीता प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान मुलुकका १ सय २३ राष्ट्रले अनुमोदन गरि सकेका छन् । दक्षिण एशियाका बंगलादेश, अफगानिस्तान, मालदिभ्स सहितका एशियाका देशहरू पनि रोम विधानको पक्ष राष्ट्र भइसकेका छन् । नेपालभने हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र बन्न सकेको छैन । रोम विधान अन्र्तगत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आम नर संहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफ देहीता बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्दछ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप हुँदैन । दण्डहीनताको अन्त्यकालागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पु¥याउँछ । राज्यले नेपालको मानवअधिकार संरक्षण र संवद्र्धनकालागि रोम विधानको अनुमोदनगर्नु आवश्यक छ, ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमाइन्सेकका साधारण सदस्य घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष न्यौपाने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, यस शाखाको पूर्व अध्यक्ष खेमबहादुर बुढामगरम, कान्तिपुर टेलिभिजन रोल्पा सम्वाददाता पहलमान घर्ती मगर र रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क. सहितका सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like