माडी ६ कोर्चाबाङको क्वारेन्टाइनमा रहेका ४६ जना घर गए ।

रोल्पा समाचारदाता
कोर्चाबाङ, बैसाख २ रोल्पा

विश्वब्यापी महामारीका रुपमा फैलीरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण रोक्नका लागि माडी गाउँपालिका वडा नं. ६ कोर्चाबाङमा रहेका ४६ जना आज घर गएका छन् । निरन्तर १४ दिनसम्म बस्दा पनि केही लक्षण नदेखिएपछि तिनीहरुको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै घर पठाइएको माडी ६ कोर्चाबाङका अध्यक्ष खर्कबहादुर पुनमगरले बताउनुभयो ।


सो विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दबहादुर घर्तीमगरले गाउँलिकाको निर्णयलाई सहजताका साथ पालना गरी बसी दिनुभएकोम धन्यवाद व्यक्त गर्नुभयो । माडी गाउँपालिकामा सामूहिक रुपमा बसेकाहरुलाई विदाई गरिएको बताउनुभयो । उहाँले गाउँपालिकामा खाना र वस्ने व्यवस्थासहित नेपालका विभिन्न स्थान त्यसमा भारतबाट आएका व्यक्तिहरुलाई आफ्नो समय पुगेपछि विदाई गरिएको गाउँपालिका वडा अध्यक्ष खर्कबहादुर पुनमगरले बताउनुभयो । ति व्यक्तिहरुलाई माक्स, सावुन लगायतको स्वास्थ्य सामाग्री तथा सचेतना प्रदान गरिएको वडा अध्यक्ष खर्कबहादुर पुनमगररले बताउनुभयो । स्वास्थ्य संयोजक इश्वरी गौतमले स्वास्थ्यकर्मीको निगरानीमा रहन आग्रह गर्नुभयो । माडी गाउँपालिकाले नजिकैबाट आएकालाई पनि क्वारेन्टाइनमा राखेर घर पठाउँदैछ । अन्य आगामी दिनमा आउनेलाई पनि सोही बमोजिम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । यसरी समुदायले जागरुक रुपमा हुँदा संक्रमण रोखिने अनुमान गरिएको छ ।
साथै गाउँपालिका र वडा कार्यालयको समन्वयमा आर्थिक रुपमा विपन्न वर्ग अन्तर्गत स्पात विश्वकर्मा, बलप्रसाद घर्तीमगर, गोपाल टोमता, सवि परियारलाई राहत वितरण गरिएको थियो ।

You may also like