माओवादी केन्द्रकी नेतृ एवं शिक्षा तथा स्वाथ्य सभापति जयुपरी घर्तीद्वारा रोल्पामा स्वास्थ्य सामाग्री रोल्पामा आउँदै


मानसिंह विश्वकर्मा
८ जेठ रोल्पा


रोल्पा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ तथा शिक्षाा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगरको पहलमा रोल्पामा अक्सिजन सिलिण्डर र किटको अभाव भइरहेको बेलामा २५ थान अक्सिजिन सिसिल्डर र ५ सय थान एन्टीजेन किटसहित महत्वपूर्ण स्वास्थ्य सामाग्री रोल्पामा पठाउनुभएको छ । घर्तीमगरको पहलमा काठमाण्डाँैबाट शनिबार दिउसो रोल्पा पठाइएपछि रोल्पा जिल्लाको अक्सिजन सिलिण्डर आपुर्ति र कोराणा परिक्षणमा केही सहज हुने विस्वास गरिएको छ ।

This image has an empty alt attribute; its file name is jaypuri-gm.jpg


विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट रोल्पा जिल्लामा पनि प्रतिदिन कोभिडका बिरामीहरु बढी रहेका छन् । रोल्पा जिल्लामा कोरोणाको विरामीहरुलाई लगातार अक्सिजन आवश्यक पर्ने भएपछि अक्सिजन सिलिण्डरको अभाव हुँदै आएको छ । नेतृ जयपुरी घर्तीमगरले रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अनलाईनसँग भन्नुभयोः–“रोल्पाली जनतालाई यस पटकको कोरोनाले निकै प्रभावित बनायो, यसको विरुद्धमा हामी सबैको साझा प्रयत्नबाट मात्रै विजयी प्राप्त गर्न सकिन्छ त्यसैले मैले पनि पहल गरेर यो संकटको घडीमा रोल्पालीको जीवन बचाउनका लागि सबैले भूमिका खेलौँ ।” आगामी दिनमा पनि रोल्पालीको लागि सकेसम्म पहल गर्ने बताउनुभयो । नागरिकको दुखमा मलमपट्टी लगायनको लागि रोल्पाका अन्य नेतृत्वसँग पनि छलफल गरी अगाडि बढ्ने घर्तीमगरले बताउनुभयो । आफूले पठाएको सामाग्रीले कोरोना न्यूनिकरण गर्नका लागि सहयोग पुग्ने विश्वास समेत व्यक्त घर्तीमगरले गर्नुभएको छ ।
जिल्ला अस्पताल, नगरपालिका र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरु प्रत्येक दिन थपिरहेको बेलामा संकटको बेलामा शिक्षा तथा स्वास्थ्य समितिका सभापति माननीय जयपुरी घर्तीको विशेष पहलमा कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि रोल्पा जिल्लामा देहाय बमोजिमका स्वास्थ्य सुरक्षा सामाग्रीहरु पठाईएको छ । नेतृ घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिण्डरसहित अक्सिजन कन्सट्रेटर २ थान, ३. बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० थान, सेनिटाइजर ५ सय एमएलका ५ बोत्तल, सर्जिकल मास्क १ हजार थान,एन ९५ मास्क १०० थान पठाइएको जयपुरी घर्तीमगरका सचिव भृकुति मगरले बताउनुभयो ।
पछिल्लो समय रोल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हिजोको तथ्याङ्क अनुसार रोल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ भने दोस्रो लहर सुरु भएयता ११ जनाको मृत्यु भइसकेका छन् ।
घर्तीमगरका सचिवालयबाट निरन्तर पहल गरि रहेको र आगामी दिनमा पनि सामानको जोहो भएमा पठाउने सचिवालयका मदन घर्तीमगरले बताउनुभयो ।
पूर्व मन्त्री एवं माओवादी केन्द्रीका नेतृ जयपुरी घर्तीमगरको पहलमा कोरोना भाइरसको पहिलो चरणमा पनि आइसोलेसन वेड, माक्स, सेनिटाइजर, पीपिए सेट लगायतको स्वास्थ्य सामाग्री रोल्पा जिल्लमा पठाउनुभएको छ ।भोली अर्थात ९ गते प्रमुख जिल्ला अधिकारीको समन्वयमा रोल्पा जिल्लाका विभिन्न स्वाथ्य सँस्थाहरुमा वितरण गरिने छ ।

You may also like