प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय खुल्ला प्रतियोगिता उद्घाटन

प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय खुल्ला प्रतियोगिता उद्घाटन
पुस ११ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is b1-2-1024x768.jpg


रोल्पा, परिवर्तन गाउँपालिकामा ‘खेलकुदको विकास सबैको चाहाना, रोल्पाको समृद्ध हाम्रो कामना’ भन्ने मुल नारा सहित आयोजित प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता–२०२० को तयारी आज उ्घाटन भएको छ ।

This image has an empty alt attribute; its file name is b2-1.jpg

यस कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष निमकान्त डाँगी विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष एवम् एसिया तेक्वान्दो महासंघ कार्यकारी सदस्य अञ्जन धमला, नेपाल आई.टि.एफ. उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रविन कुमार कार्कीको आतिथ्यता थियो । प्रतियोगितामा देशभरिका ६५० भन्दा बढी खेलाडीहरुले सहभागीता रहेको रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठा मगर ले जानकारी दिनुभयो । आज भएको कालो पेति तेस्रो डान समुहको खेलमा आयोजक रोल्पाका प्रशिक्षक वीरेन्द्र कुवर प्रथम पाल्पा जिल्लाका उज्ज्वल गहतराज दोस्रो र पुर्वी रुकुमका विजय पुन तेस्रो भएको संघ का सचीव कृष्ण प्रसाद बाठामगर बताउनुभयो । रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठा मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा खेलाडीसहित सरोकारवाला निकायहरुको सहभागीता थियो । यो प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

You may also like