क्रिमस डे को अबसरमा मिलाप मण्डली कोचोबाङमा विभिन्न कार्यक्रम


खुविना सुनारी मगर
कोर्चाबाङ रोल्पा पुस १०

This image has an empty alt attribute; its file name is rolpa-samachar-1024x473.jpg


क्रिमसे डे २०७७ को अवसरमा मिलाप मण्डली कोर्चाबाङको आयोजनामा सम्मान तथा विभिन्न कार्यक्रम शुक्रबार मिलाप मण्डली कोर्चाबाङ डाँडाथोकमा सम्पन्न्न भएको छ ।
क्रिमस डे को अबवसरमा मिलाप मण्डलीलाई संस्थागत विकासका लागि सहयोग गर्ने माडी ६ वडा कार्यालय कोर्चाबाङ र रोल्पा समाचार साप्ताहिकलाई सम्मान गरेको हो । मण्डलीको भौतिक एवं सँस्थागत विकासका लागि सहयोग गरेको भन्दै सम्मान गरेको थियो । सम्मान कार्यक्रमा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष खर्कबहादुर पुनमगरले नेपालमा सबै धर्म र समुदायहरु मिलेर बसेको कुरा उल्लेख गर्दै आगाी दिनमा पनि त्यस्तै रुपमा अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले राजीनीतिक र धार्मिक स्वतन्त्रामा सबै मानिसहको हित हुने बताउनुभयो । साथै यस कार्यमा लागेर सबैलाई सचेत बनाउनको लागि अनुरोध गर्नुभयो । उहाँले संघीयता, धर्म निरपेक्षता नै धरापमा परेकोले फेरी सबै आफ्नो स्वतन्त्रताको लागि अघि बढ्नु पर्ने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका प्रथम कार्यकालका अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्माले समाज सबैको साझा फूलवारीलाई संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात धर्मनिरपेक्षता संविधानमै व्यवस्था गरीएकोले अब सबैको अधिकार वरावरी भएको बताउनुभयो । उहाँले सामाजिक रुपमान्ततरणको पक्षमा सबै सचेत मानिसहरु लाग्नु पर्ने बताउँदै भन्नुभयोः–“हामी हरेक सचेत मानिसले समाज परिवर्तन हो, तपाईहरु यस धर्ममा लागेर समाजको अगुवमा बन्नुभएको छ । आगामी दिनमा पनि मदिरा पान्, धुम्रमापान, जातीय छुवाछुत विरुद्धको अभियान, लैगिक समान्ता, वर्गिय विभेद अन्त्यका लागि पहल गर्नु भएको छ समाज रुपान्तरणको पक्षमा हामी पनि संगै थियौँ भविस्यमा पनि संगै रहने छौँ । ”
उहाँले सबैको एकता, सहकार्य, सद्भाव, सामुहिकतामा मात्रै समृद्धि सम्भव भएको बताउँदै सबैको सामूहिक प्रयास समाजलाई समृद्धिको बाटोमा अगाडि हुनु पर्ने बताउनुभयो ।
यस्तै श्री शिसु सेवा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तराम घर्तीले समाजमा राम्रो काम गरेपपछि सबै लामबद्ध हुने बताउँदै सबैले सकरात्मक काम गर्नका लागि अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वडा सदस्य कविराम घर्तीमगर, ललिता परियार, पास्टर दलसुर विक, पास्टर यामबहादुर पुनमगर समाज सेवी मस्तबहादुर विक, लगायतको आतिथ्यता रहेको थियो ।
क्रिमस डे २०७७ को अवसरमा पास्टर तथा अगुवाहरुले विभिन्न भजनहरु गाएका थिए । तरुण समूहले ऐसु प्रभुसंग सम्बन्धीत भजन गाएर कार्यक्रमलाई मनोरञ्जन प्रदान गरेका थिए ।

You may also like