सुनछहरी गाउँपालिकामा अक्सिजनसहितको ५ बेडको आइसोलेशन तयार


जुनिस कुमार बिष्ट
सुनछहरी,रोल्पा
बैशाख ३१ गते शुक्रबार

   रोल्पाको सुनछहरी गाउँपालिकामा अक्सिजन सहितको ५ बेडको आइसुलेसन तयार भएको छ । गाउँपालिकाका नागरिकको सुरक्षाका लागि ५ बेडको आइसोलेशन वेड निर्माण गरी उपचारलाई प्रभावकारीरुपमा अगाडि बढाउन लागिएको ।

   सुनछहरी गाउँपालिका सबैभन्दा दुर्गम एवं विकट गाउँपालिकाका भएपनि नागरिकको सुरक्षाका लागि गाउँपालिकाले गाउँपालिकाले योजनामै निर्माण गरिएको गाउँपालिकाले अध्यक्ष आशबहादुर पुनमगरले बताउनुभयो । उहाँले जनताको सुरक्षा नै पहिलो प्राथमिकता दिनका लागि नै अक्सीजनसहितको आइसोलेशन निर्माण गरेपछि गाउँपालिकाको संकटलाई समस्या सामाधान गर्न सकिने बताउनुभयो । आइसुलेसनमा ५ वटा अक्सिजन ग्यास र अन्य स्वास्थ्य सम्बन्धि आवश्यक सामाग्रीहरु तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जानकारी दिनु भयो ।

आइसुलेशनमा हाललाई कोभिड अस्थायी अस्पतालका दुईजना डाक्टरहरु र पोबाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई खताईएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताउनु भयो । साथै गाउँपालिकाले कोरोना परिक्षणको लागि एन्तिजेन किटसमेत खरिद गरिसकेको र अबको केही दिनमा परिक्षण कार्य समेत गर्ने स्वास्थ्य संयोजक बुढाले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष आशबहादुरले उच्च मनोबल, स्वास्थ्य सतर्कताका साथ बस्न गाउँपालिकाले बासीहरुलाई रोल्पा अनलाईनबाट आह्वान गर्नुभएको छ । गाउँपालिकाका भित्र साविकका सेरम, गाम, फगाम, जैमाकसला, जेलबाङ रहेका छन् । यस क्षेत्रमा खुला नाका पनि कम भएकोले पनि अझैसम्म सामान्य रहेको गाउँपालिकाले बताउएको छ ।

You may also like