ढुङ्गे बगैँचा पर्यटकीय क्षेत्र बन्दै


पुर्णबहादुर भण्डारी
हाल लिबाङ, रोल्पा

रोल्पा जिल्लाको सदरमुकाम एवम् रोल्पा नगरपालिका–४ लिबाङ रोल्पाबाट करीव १० कि.मि. पूर्वतर्फ रहेको सातदोबाटोबाट करीव १०÷१५ मिनेट जति दक्षिणतर्फ थोरै उकालो पैदल यात्रा एवम् सवारी साधनबाट करीव ५ मिनेटको यात्रापछि पुगिन्छ च्यअप न्बचमभल अर्थात ढुङ्गे बगैँचाको गेटमा, जुन ठाउँ रोल्पा नगरपालिकाको वडा नं. ३ मा पर्छ, । हामी बसिरहेको, घुमिरहेको परिवेश यस्तो छ कि जसलाई सजाउन आकर्षक रुप दिन त्यति धेरै खर्च गर्नुपर्ने देखिँदैन किन कि ती रमणीय प्राकृतिक दृश्यहरु आफै सजिएका छन् । त्यसलाई थोरै समन्वयको माध्यमबाट लगानी गर्दै महत्व बुझ्न सकेको खण्डमा यस ठाउँमा कुनै एक क्षेत्रमा मात्र नभई आर्थिक, सामाजिक एवं पर्यटन क्षेत्रमा समेत महत्वपूर्ण प्रभाव पर्ने देखिन्छ । यस क्षेत्रको सुरक्षाको सन्दर्भमा दक्षिणतर्फ नेपाली सेना व्यारेक छ । भने उत्तरतर्फ नेपाल प्रहरीको इलाका प्रहरी चौकी छ ।
सदरमुकामबाट यो क्षेत्र उचाइमा रहेको हुँदा देशको विषम परिस्थितिमा पनि सुरक्षाको दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको सातदोबाटो वरिपरिका रमणीय अग्ला डाँडाहरुको विशेषता जस्तै बनेको यो ठाउँमा आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्र्याई सामाजिक, आर्थिकसँगै प्राकृतिक रुपमा यस जिल्लाको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत झल्काउन सकिने देखिन्छ । विद्यार्थी, कर्मचारी, सदरमुकामबासीहरुलाई त झन साच्चिकै हप्ताभरिको थकान भुलि आनान्द लिने महत्वपूर्ण स्थल जस्तै बनेको छ । भने बाहिरबाट घुम्न आउने पर्यटकहरुलाई आनन्दसँगै आफुले चाहेका तस्बिरहरु लिनेले यस क्षेत्रको प्रचार प्रसार एवं आर्थिक रुपमा ठूलो सहयोग पुग्न सक्ने देखिन्छ भन्दा फरक नपर्ला । २०७६ श्रावण १४ गते औपचारिक रुपमा उद्घाटन भै ३१२ हेक्टर जमिनमा फैलिएको उक्त बगैँचा निर्माणको भएको छ । शुरुवातको चरणमा रहेको यो क्षेत्रलाई बाहिरबाट तारबार गरिएको, तारबारभित्र विभिन्न जातका वृक्षारोपन गरिएको, एउटा ठूलो बोर्डमा जिल्लालाई चिनाउने महत्वपूर्ण स्थलहरु देखाईएको, सोफा आकारमा सिमेन्टबाट सजाएर बनाईएका बस्तुहरु, बगैँचाभित्र जताततै फोहोर नहोस् भन्नका लागी ड्रमहरु (दस्बिन) को व्यवस्था गरिएको देख्न सकिन्छ । भने यो ठाउँबाट वरिपरिका अग्ला हिमालसँगै रमणीय क्षेत्रहरुको अवलोकन गर्न र देख्न सकिन्छ ।
नयाँ सोचका साथ आधुनिक शैलिमा निर्माणको प्रक्रियामा रहेको ढुङ्गे बगैँचा प्रारम्भिक चरणमा सबै कुराको व्यवस्थापन हुन नसक्ला । तर, यस क्षेत्रलाई अझै व्यवस्थित, सभ्य, सुरक्षित, आकर्षक एवम् रमणीय बनाउने कार्यमा सरोकारवाला सबै पक्षबाट सकरात्मक सोच, सल्लाह, सहयोग र समन्वय भने निकै आवश्यक देखिन्छ । देशमा स्थाई सरकार बनेसँगै यही सरकारले नेपालमा लाखौं पर्यटकहरु भित्र्याई भ्रमण वर्ष २०२० लाई भव्यतापूर्वक सफलको पूर्व सन्ध्यामा आउँदै गरेको यो सुनौलो अवसर रोल्पामा प्राकृतिक सौन्दर्यताको अध्ययन अवलोकन गर्न सक्ने वातावरण हामीले बनाउनु पर्ने आवश्यक देखिन्छ । समयको परिवर्तनसँगै रोल्पा र रोल्पाली परिवेशमा देखिएका नकरात्मक पक्षभन्दा पनि सकारात्मक पक्षलाई उजागर गर्दै समृद्धिको बाटो खोज्नु आजको आवश्यकता हो ।

You may also like