रोल्पामा १ हजार २७८ उमेदवार रोल्पाको चुनावी मैदानमा 

 

मानसीह  बि‍क
असार १४ गते हुने स्थानीयतहको निर्वाचन दोस्रो चरणका लागि रोल्पा जिल्लामा १ हजार २ सय ७८ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचनका लागि असार ४ गते रोल्पा नगरपालिका र गाउँपालिकाको निर्वाचन कार्यालयमा दर्ता गराएका हुन् । १ हजार २ सय ७८ जना उमेदवारले विभिन्न पदमा मनोनयन दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् । तिनै मध्ये विजयी हाँसिल कसले गर्नेछन् भन्ने कुरा अब जनताको हातमा रहेको छ ।
असार ४ गते रोल्पा जिल्ला मुख्य निर्वाचन कार्यालय लिबाङमा र अन्य ९ वटा गाउँपालिकामा पुगेर दर्ता गराएका हुन् । रोल्पा जिल्लामा नेपाली कांग्रेस, ने.क.पा. एमाले, माओवादी केन्द्र, राप्रपा, राजमो, संघीय समाजवादी दल र स्वतन्त्रहरुले पनि दर्ता गरेका छन् । पुगेर रोल्पा नगरपालिकामा ७ जना मेयर पद, उपप्रमुख तथा उपाध्यक्षपदमा ४ जना, ६१ जना खुल्ला सदस्य ३४ जना वडा अध्यक्ष पदमा, २८ जना दलित महिला पदमा र ३० जना महिला पदमा गरी १६४ जनाले दर्ता गरेको छन् ।
यसैगरी थबाङ गाउँपालिकामा ३ जना अध्यक्षको पदमा, उपाध्यक्षको पदमा ३ जना, वडा अध्यक्ष पदमा १५ जना, खुल्ला सदस्य २६ जना महिला सदस्यमा ११ जना दलित महिला सदस्य ९ जना गरी जम्मा ६७ जनाले उमेदवारी दर्ता गराएका छन् । यसै गरी गरी १६ मा पुगेर त्रिवेणी गाउँपालिकामा अध्यक्षमा ७ जना, उपाध्यक्षमा ५ जना, वडाअध्यक्षमा २९ जना, खुल्ला सदस्यमा ५३ जना, महिला सदस्यमा २७ जना, दलित महिला सदस्यमा २६ जना गरी १७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी रुन्टीगढी गाउँपालिकामा अध्यक्षपदमा ५ जना, ंउपाध्यक्षमा ३ जना, वडा अध्यक्षमा ३४ जना, खुल्ला सदस्यमा ६२ जना, महिला सदस्यमा २९ जना र दलित महिला ३१ जना गरी १६४ जनाले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी दुइखोली गाउँ पालिकामा अध्यक्ष ३, उपाध्यक्ष ४ जना, वडा अध्यक्ष १८ जना, खुल्ला सदस्य ३४ जना, महिला सदस्य १७ जना र दलित महिला सदस्य १४ जना गरी ९० जनाले दर्ता गराएका छन् । सुकिदह गाउँपालिकामा अध्यक्ष पदमा ३ जना, उपाधयक्षमा पदमा ४ जना, वडा अध्यिक्षमा २५ जना, खुल्ला सदस्यमा ४८ जना, महिला सदस्यमा २३ जना, दलित महिला सदस्यमा २२ जना गरी जम्मा १२५ जना रहेका छन् । यसैगरी माडीगाउँपालिमा अध्यक्षमा ४ उपाध्यक्षमा १क जना, वडा अध्यक्षमा १५ जना, खुल्ला सदस्यमा ३३ जना, महिला सदस्यमा १६ जना, दलित महिला सदस्यमा १६ जना गरी ८५ जनाले दर्ता गराएका छन् । यसैगरी सुवर्णावती गाउँपालिकामा ५ जना अध्यक्षपदमा, उपाध्यक्षमा ५ जना, वडा अध्यक्षमा ३४ जना, खुल्ला सदस्यमा ६४ जना, महिला सदस्यमा ३० जना, दलित महिला सदस्यमा २८ जना गरी जम्मा १६६ जना रहेका छन् ।
यसैगरी सुनछहरी गाउँपालिकामा अध्यक्षपदमा ५ जना, उपाध्यक्ष पदमा ३ जना, वडा अध्यक्षमा २५ जना, खुल्ला सदस्यमा ४२ जना, महिला सदस्यमा २१ जना दलित महिला सदस्यमा २१ जना गरी जम्मा ११७ जनाले उमेदवारी दर्ता गराएका छन् । यतै लुङ्रगी गाउँपालिकाको कार्यालय वडाचौरमा ५ जना, उपाध्यक्षमा पदमा ५ जना, उपाध्यक्षमा ५ जना, वडा अध्यक्षमा ३२ जना, खुल्ला सदस्यमा ५९ जना, महिला सदस्यमा २९ जना, दलित महिला सदस्यमा २३ जना गरी जम्मा १५३ जनाले दर्ता गराएका छन् ।
रोल्पा जिल्लाको १० वटै तहमा ४७ जना अध्यक्ष तथा प्रमुख, ३७ जना उप्रमुख तथा उपाध्यक्ष, १६१ जना वडा अध्यक्ष ४८२ जना खुल्ला सदस्यहरु गरी १ हजार २७८ जनाले स्थानीय निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनमा भाग लिने दलहरुले चुनावी कार्यक्रमहरु तिव्ररुपमा गरिरहेका छन् । गाउँ गाउँमा चुनावी सभाहरु सम्पनन गरेका छन् । तर चुनाव खारेजीको नीति अवलम्बन गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पनि सहभागि भएका छन् । थबाङमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय तहका नेता अमित घर्तीमगर नै सहभागि हुनु, माडी गाउँपालिका ५ भाबाङका वडा अध्यक्ष विष्णु कुमार घर्ती (अकास) नेपाली कांग्रेसबाट नै सहभागि बन्नु, फगाम, उवा, सुकिदहमा अधिकांश कार्यकताहरु सहभागी भएका छन् । तर सेक्रटरी जागृतीद्वारा जारी गरिएको विज्ञप्तीमा दलाल तथा संसदस्य व्यवस्था चाहेर निर्वाचनमा सहभागि हुनु भनेको तिनै पनि दलाल हुन् भनेर कितान गरिएको छ ।
शनिबार साझँ सम्म सबै मतदान केन्द्रमा मतदान अधिकृतहरु पुगेका छन् भने सुरक्षा व्यवस्थालाई बलियो बनाएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई बताउनुभएको छ । यस्तै निर्वाचनमा सबै कर्मचारी खटाएको निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी लिलु गिरीले बताउनुभयो । रोल्पा जिल्लाका राजनीतिक दलहरुले पनि शान्तिपूर्ण वातावरणमा नै निर्वाचनमा भाग लिने बताएको छ । यति धेरै उम्मेदवारको सपनाहरु मैदानमा आएका छन् कसले जित्ने कसरी जित्नेछन् । यो असरा १४ पछि जनताको मतबाट मात्रै फैसला हुनेछ । रोल्पाली जनताले आफ्नो भाग्य र भविस्यको फैसला अब गर्ने बेला आएको छ ।

You may also like