उद्योगबाट समृद्ध सम्भव छः जि.स.स. रोल्पा प्रमुख बुढा

उद्योगबाट समृद्ध सम्भव छः जि.स.स. रोल्पा प्रमुख बुढा
मंसिर ९ गते
लिबाङ रोल्पा


This image has an empty alt attribute; its file name is g3-1024x768.jpg

‘उद्योग र रोजगार समृद्धको आधार’ भन्ने मुल नाराका साथ छैठांै उद्योग दिवस रोल्पामा पनि सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले घरेलु तथा साना उद्योगको विकास गरेर अगाडि बढेमा मात्रै देश समृद्ध हुने बताउनुभयो । नेपालमा उद्योग तथा पेशालाई जातीय रुपमा ग्रहण गर्दा उद्योग तथा पेशामा विकास हुन नसकेको बताउँदै जातीय आधारमा उद्योग सञ्चालन भएको बताउँदै अब उद्योगलाई रोजगारसँग जोड्नु पर्ने बताउनुभयो । उहाँले कला, सीपका धनी दलित समुदायहरु एवम् उद्योगीहरुलाई अपमान गर्ने सँस्कारले गर्दा उद्योगहरुको विकासमा अवरोध पुगेको बताउनुभयो ।
बुढामगरले घरेलु तथा साना उद्योगको विकासका लागि राज्यले सकरात्मक रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथि रोल्पा नगरपालिकाको उपप्रमुख मन कुमारी पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यापाने, सम्मनित विष्ट टेर्लसको व्यवस्थापक थमन बहादुर विष्टले मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is g1-1024x768.jpg
This image has an empty alt attribute; its file name is g4-1024x768.jpg

दिवशको अवसरमा विष्ट टेर्लस, दिदी बहिनी रोल्पाली अल्लो धागो उद्योग त्रिवेणीलाई प्रमुख अतिथि, विष्टि अतिथि र अतिथिहरुले नगद र प्रमाण पत्रले सम्मान गर्नुभएको थियो ।
यस जिल्लामा उद्योग अल्लोको जिल्ला बनाउने भनेर विगतका केही वर्ष अभ्यास भएपनि त्यस अनुसार अगाडि बढ्न सकेको छैन । सिलाई कटाई उद्योग, लघु तथा घरेलु साना उद्योगमात्रै सञ्चालन भएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार, रोल्पा नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेन्द्र परियार, रोल्पा नगरपालिका वडा नं. १ का वडा सदस्य गायत्री विश्वकर्मा, घरेलु तथा साना उद्योग महासंघ रोल्पाका सचिव मनबहादुर नेपाली, लघु उद्यम सहजकर्ता संघ रोल्पाका सविना के.सी. लगायतको आतिथ्यता थियो । कार्यक्रममा उद्योग व्यावायिको सहभागीता थियो । घरेलु तथा साना उद्योग कार्यालय घरेलु रोल्पाका उद्योग अधिकृत तिलक राम वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम विष्टले गर्नुभएको थियो भने स्वागत रोल्पा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष केशव कुमार आचार्यले स्वागत गर्नुभएको थियो ।

You may also like