निर्वाचन सम्पन्नका लागि नेकपा रोल्पाले धन्यवाद दियो ।

रोल्पा समाचारदाता
रोल्पा थबाङ
मंसिर १४ रोल्पा


उप निर्वाचन २०७६ शान्ति पूर्णरुपमा सम्पन्न भएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रोल्पाले प्रेश विज्ञप्ती मार्फत सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
शनिबार साझ थबाङबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीद्वारा हस्ताक्षतिरत विज्ञप्तीमा भनिएको छः–“थबाङ गाउँपालिका वडा नं. १ मा वडा अध्यक्ष पदमा हाम्रो पार्टीका उमेद्वार जनक बुढामगर १७४ मत प्राप्त गरी विजयी भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।”
जिल्ला अध्यक्ष थापाद्वारा जारी विज्ञप्ती मार्फात उप निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन कार्यालय, सुरक्षाकर्मी, पत्रकार राजनीतिक पार्टी र आम थबाङबासीलाई धन्यवाद दिनुभएको छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले उक्त विज्ञप्ती मार्फत भनिएको छः–“ उप निर्वाचनमा भाग लिइ आफ्नो पार्टीका उमेद्वार जनक बुढामगरलाई विजयी बनाउन अहोरात्र खट्ने थबाङको पार्टी कमिटी, पार्टी कार्यकर्ता, सत्तामा रहनुभएका पार्टीका जिम्मेवार मित्रहरु र आम थबाङबासीलाई धन्यवाद छ ।”
विजयी वडा अध्यक्ष जनक बुढामगर थबाङबासीको सेवामा सर्मित रहनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ आफ्नो पार्टीको तर्फबाट सधै सहयोग गर्ने प्रतिवद्धता समेत उक्त विज्ञप्ती मार्फत व्यक्त गर्नुभको छ । थबाङबासीहरुले निर्वाचनमा देखाएको सौहार्दतालाई पार्टीले आत्मसाथ गर्दै पुनः जनक बुढामगरलाई जनताको सेवामा लाग्नका लागि निर्देशन समेत दिनुभएको छ ।

You may also like