आइसुलेसन सेन्टर लिबाङ, रोल्पाद्वारा गोर्खा रेष्टुरेन्टरलाई धन्यवाद तथा बधाई ज्ञापन

आइसुलेसन सेन्टर लिबाङ, रोल्पाद्वारा गोर्खा रेष्टुरेन्टरलाई धन्यवाद तथा बधाई  ज्ञापन
असार, ३ गते
लिबाङ–रोल्पा

नोबेल कोरोना भाइसर (कोभिड–१९) अस्थायी आइसुलेसन सेन्टर लिबाङ, रोल्पाद्वारा गोर्खा एक्सलेन्ट टे«निङ सेन्टर तथा गोर्खा युनिक रेष्टुरेन्टको सञ्चालकहरुलाई हिजो धन्यवाद तथा बधाई ज्ञापन जारी गरेको हो । आइसुलेसन सञ्चालन पश्चात् विभिन्न सहयोगी निकायहरुको आवश्यक सहयोग प्राप्त हुँदै आएको छ ।
रोल्पा नगरपालिका–४ नं. वडा सिवालय टोलमा अवस्थित गोर्खा एक्सलेन्ट टे«निङ सेन्टर तथा गोर्खा युनिक रेष्टुरेन्ट सञ्चालन दोय पदम थापा मगर र ओविलाल रावतले आइसुलेसन सेन्टरमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्वयसेवक र भाइसर संक्रमितहरुलाई हिजो खाना र नास्ता उपलब्ध गराएको आइसुलेसन सेन्टर रोल्पाको मेडिकल अधिकृत डाक्टर अनिल के.सी.ले बताउनुभयो । यस सेन्टरका मेडिकल अधिकृत के.सी.द्वारा जारी धन्यवाद तथा बधाई ज्ञापनमा उहाँहरुबाट आगामी दिनमा पनि यस्तै सहयोगी हातहरु अगाडि बढाउनुहुनेछ भन्ने अपक्षा समेत व्यक्त गरिएको छ ।
त्यसैगरी यस धन्यवाद तथा बधाई ज्ञापन पत्रमा आगामी दिनमा पनि यसरी नै खाना, सामाग्री तथा आर्थिक सहयोग गर्न इच्छुक सम्पूर्ण सहयोगी मनकारी मनहरुलाई रोल्पा अस्तपाल रेउघा रोल्पाको अस्पताल विकास समिति अध्यक्ष फविन्द्र आचार्यको सम्पर्क नम्बर ९८५७८२४५७८ र यस अस्पतालकै सि.अ.हे.व. अधिकृत कुलबहादुर डाँगीको सम्पर्क नम्बर ९७४८५००२२५ मा सम्पर्कका लागि अनुरोध समेत गरिएको छ ।
विशेष पहल भएको छ ।

You may also like