त्रिवेणी ७ रानागाउँ र नाङामा १० लाखमा ५किलोमिटर मोटरबाटो निर्माणले स्थानीयबासीहरु खुशी


रोल्पा समाचारदाता
गैरीगाउँ रोल्पा
कात्तिक २३ गते

This image has an empty alt attribute; its file name is airgau.jpg
सडकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शान्तकुमार वली, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी


रोल्पाको त्रिवेणी गाउँपालिका वडा न ७ रानागाउँ र नाङामा मोटरबाटो निर्माण कार्य सम्पन्न भएको छ । उक्त मोटरबाटोको विनियोजित रकम १०लाख मात्र थियोे तर स्थानीय जनताको श्रमदानबाट ५किलोमिटर मोटर बाटोको कार्य पूरा भएको छ । स्थानीय सरकार र स्थानीय नागरिकको प्रयासपछि गाउँमा मोटरबाटो लग्न सफल भएको स्थानीय बासिन्दा खुसि भएका छन । गाउँपालिकाको प्रत्येक वडामा मोटरबाटो पुगिसकेको छ तर यो गाउँमा भने यसपालि मात्र पहिलो पटक मोटर बाटो पुगेको हो । सडक पुगेपछि स्थानीयबासीहरु खुशी भएका छन् ।
मोटरबाटो गाउँमा पुगे लगक्तै स्थानीय बासिहरुले नाच्दै रमाउँदै फुलमाला र गाजाबाजा सहित गाउँपालिका अध्यक्ष शान्त कुमार वली, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसि, वडा न ७ का वडा अध्यक्ष भान बहादुर घर्तीलाई भव्य स्वागत गरेका थिए । बर्षाै देखिको मोटरबाटो आफनो गाउँमा पुग्ने सपना पुरा भएको भन्दै स्थानीय बाँसि पूर्ण बहादुर बढाले स्थानीय सरकार लगाएत सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।
तिला रानागाउँ नाङा मोटरबाटोउपभोक्ता निर्माण समिति द्वारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष शान्त कुमार वली, प्रमुख प्र शासकीय अधिकृत निम बहादुर केसी ,वडा न ७ का वडा अध्यक्ष भान बहादुर घर्तीले सँयुक्त रुपमा रिवन काटेर मोटर बाटो उदघाटन गर्नु भएको छ ।२०७६÷७७ सालको विनियोजित कुल वजेत गाउँपालिका १० लाख र अरु बाँकी लगानी स्थानीयहरुको श्रमदान रहेको छ ।
प्रमुख अथितिका रुपमा उपस्थित गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले आफु निर्वाचित पछि गाउँपालिकामा विकासको गतिले बिस्तारै फड्को मार्दै गरेको र जनताले बिकासको अनुभूति गरेको बताउँदै जनताका आबश्यकता अनुसार स्थानीय सरकारले विकासहरु गर्ने बताउँनु भयो । अध्यक्ष वलीले ३० लाख भन्दा बढि लगानी लाग्ने यस मोटर बाटोमा १० लाख रुपैयाँले ५ किलोमिटर मोटरबाटो निर्माण गर्नु यो आफैमा उदाहरणीय कार्य हो । यस मोटरबाटो निर्माण कार्यमा सरिक हुने उपभोक्ता समिति स्थानीय बाँसि र ठेगेदारलाई समेत धन्यवाद ब्यक्त गर्नु भयो।
त्यस्तै कार्यक्रममा बिशिस्ट अथित समेत रहेका प्रमुख प्रशासकीय अधिकृत निम बहादु केसीले कार्यक्रममा बोल्दै गरेपछि असम्भव नभएको ताउँदै एकताले गर्दा तपाईंहरुले थोरै बजेटमा पनि आफनो गाउँ सम्म मोटरबाटो ल्याउन सफल भएको भन्दै यो कार्यमा खट्ने सबैलाई धन्यवाद सहिद आभार प्रकट गर्नु भयो । वडा न ७ का वडा अध्यक्षले पनि कार्यक्रममा बाल्दै जनताको खुसिको लागि आफु स्थानीय सरकार सदैव जनताको काम गर्न तयार रहेको बताउँदै बिकास भन्ने कुरा एक्लैले गरेर हुदैन सबै मिलेर बिकासको बाटो लाई दरिलो बनाउन समेत आग्रह गर्न भयो । घर्तिले स्थानीय बासिको आबश्यकतालाई ध्यानमा राखि बिजुलीको पहल भईरहेको र यसै बर्ष यश गाउँमा बिजुलीको बत्ती बल्ने प्रतिबद्वता समेत ब्यक्त गर्नु भयो ।
उपभोक्ता निर्माण समतिका अध्यक्ष पूर्ण बहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन दिपक डाँगीले गर्नु भएको थियो भने स्वागत मन्तब्य शिक्षक हर्कराम पुनले राख्नु भएको थियो तिला रानागाउँ नाङा मोटरबाटो उदघाटन कार्यक्रममा राजनीति दलका प्रतिनधिहरु, समाजसेवी, बुद्धिजीवी, शिक्षक, स्थानीय बासिहरुको सहभागीता रहेको त्रिवेणी गाउँपालिकाका प्रेस संयोजक प्रतिज्ञा विएमले जानकारी दिनुभएको छ ।

You may also like