गभारो किरा नियन्त्रणमा ध्यान देउ

गभारो किरा नियन्त्रणमा ध्यान देउ
सम्पादकीय


माना छरेर मुरी भित्र्याउने सपना सहित किसानहरुले आफ्नो खेतबारीमा मकै रोपेका छन् । अधिकांश किसानहरुको खेतबारीमा रोपेको मकैको विरुवामा गभारो किरा देखा परेको छ । यो किरा समयमा नै नियन्त्रण हुन सकेनन् भने मकैको उत्पादनमा प्रभाव पर्ने निश्चित छ । यो किरा नियन्त्रणमा किसान र सम्बन्धित निकायहरु समयमा नै ध्यान दिन जरुरी छ ।
गभारो किराले मकैको विरुवामा क्षति पु¥याएको छ । तर, अज्ञान्तकै कारण धेरै किसानहरुलाई मकै यो किराले क्षति पु¥याएको पहिचानमा समस्या देखिएको छ । हालसम्म यो किराको नियन्त्रणमा किसानहरुले खासै चाँसो दिएका छैनन् । समयमा नै यो किराको नियन्त्रण नहुँदा मकै विरुवामा धेरै क्षति पु¥याएको छ । तर, मकै विरुवाका उम्रिएकै समयमा फौजि किराले क्षति पु¥यो । पहिलो चरणमा रोपेको मकैमा यो किराको क्षति पु¥याएको छैन । तर, पछाडि रोपेको कमिलो मकैको विरुवामा यो किराले धेरै क्षति पु¥याएको छ । यो किराको क्षति सम्बन्धि किसानहरुमा रहेको अज्ञान्ता हताउन सूचना प्रवाह गर्न आवश्यक छ । धेरै किसानहरुलाई यो किराले मकैमा क्षति पु¥याएको पहिचान गर्न पनि समस्या परेको छ । यो किराले मकै खाएको लक्षणहरु भर्खरै निस्केको लाभ्रेहरुले मकैको पात खान्छन् र पातमा धेरै मात्रमा छिद्रहरु देखिन्छन् । पछि यि लाभ्रेहरु डाँठभित्र पसी गुभो खानाले मकैको गुभो समेत मर्दछ । विरुवाको टुप्पो तथा पातहरुमा लाभ्रेहरुले विछ्याएको पदार्थ सजिलैसँग देखिने भएको हुँदा कृषिकहरुले सम्बन्धित निकायमा सम्पर्कका लागि ध्यान दिनु पर्छ । गभारो किराको व्यवस्थान पात तथा गुवोमा देखिएका लाभ्रेहरुलाई हातले टिपेर नष्ट गर्ने, गमारो लागेका विरुवाहरु उखेलर नष्ट गर्ने, ट्राइकोग्रामा परजीवि ५ हजार प्रति रोपनिका दरले छोड्ने, बढी मात्रमा क्षति गरेको अवस्थामा डाइमेथोयट विषादी ३० प्रतिशत इ.सि. १.५ मिलि प्रति लिटर पानिमा मिसाई २५ लिटर मिश्रण प्रति रोपनीका दरले छर्कने, गभारोको प्रकोप बढेको ठाउँमा अर्काे वर्ष बीउ लगाउँदा बीउको मात्र बढाउन सकिन्छ ।
त्यसैले यो किरा नियन्त्रणमा लागि प्रत्येक स्थानीयतहका कृषि शाखा र कृषि ज्ञान केन्द्रले नि सूचना प्रवाह सहित नियन्त्रणको पहलमा ध्यान दिन जरुरी छ । त्यसैले यो किरा नियन्त्रणमा किसानहरु पनि समयमा नै जारुक बन्न जरुरी छ । यो किरा नियन्त्रणमा कृषि शाखा, कृषि ज्ञान केन्द्र र किसानहरुले पनि समयमा नै ध्यान दिन सकिए सम्भावित खाद्यन्न सकंटबाट बच्न सकिन्छ ।

You may also like