वाइसिएल र युवा संघद्वारा रोल्पामा अस्थायी आइशोलेशन निर्माण कार्य तिव्ररुपमा


रोल्पा समाचारदाता
बैशाख २९ रोल्पा

This image has an empty alt attribute; its file name is yacl-anduba-snang-1024x724.jpg


राजनीतिक ऐजेण्डा बोकेर सडक गाउँ गाउँमा उर्लिने वाइसिएल नेपाल र युवा संघ यति बेला जनताको जीवन सुरक्षाका लागि स्वाथ्य बचाउने अभियानमा लागेका छन् । रोल्पा जिल्लामा अस्पताल नजिकै कोरोना आइसोलेशन निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्नका लागि यतिबेला धमाधम लागिरहेका छन् ।
कोरोना भाइरसको दोस्रो चरणको लहर तिव्र रुपमा बढीरहेको बेलामा आफ्ना नागरिकको उपचार एवं सुरक्षा गर्नका लागि वाइसिएल नेपाल नगर कमिटी र नेपाल खनाल समूह युवा संघ नेपालको संयुक्त सहकार्यमा रोल्पा नगरपालिका वडा नं. २ रेउघा बसपार्कमा १५ सैयाको अस्थायी आइशोलेशन निर्माण कार्य तिव्ररुपमा भइरहेको छ । बैशाख २८ गतेसम्म करिव ६० प्रतिशत काम सकिएको र पानी परिरहेकोले काम गर्न नदिएकोले केही दिन अझै लाग्ने निर्माणकर्ता संगठनहरुले बताएका छन् ।
कसैले बास काट्दैछन् त कसैले खरको जोहो गर्दैछन् । ति दुवै युवा संगठनहरुको पहिलो कार्यभार भनेको संगठन निर्माण भन्दा पनि जनताको जीवन बचाउनका लागि निरन्तर खतिरहेका छन् । बासैबासले बनेको र खरको छाइने आइसोलेशन निर्माणका लागि दुवै संगठनले परिचालन गरेको छ ।
रोल्पा जिल्लामा पनि कोरोना भाइरसको संक्रमण गाउँ–गाउँमा फैलिएकोले यति बेला वाइसिएल नेपाल लगायत युवाहरुको पहिलो दायित्व नागरिकको सुरक्षा नै भएकाले आफूहरु अस्थायी आइशोलेशन निर्माण कार्यमा लागेको वाइसिएल नेपालका नगर नेता प्रकाश डाँगीले बताउनुभयो । रोल्पा नगरपालिकाका विभिन्न नागरिकको लागि जीवन सुरक्षाका लागि आफ्नो संगठनका सदस्यहरुबाट खर्च गरेर निर्माण गर्न लागिएको युवा संघ नेपाल (नेपाल–खनाल) समूहका रोल्पाका जिल्ला अध्यक्ष धनराज डाँगीले बताउनुभयो ।
रोल्पाको जिल्लामै पाइने बास र खरबाट निर्माण गरिने १५ सैयाको आइशोलेशनमा सम्पूर्ण नगरिकलाई उपचार गर्न मिल्ने छ । यो अस्पताल निर्माण करिव ७ दिनमा निर्माण गरि रोल्पा अस्पताललाई हस्तातरण गरिने समेत वाइसिएलका नेता सन्तोष पुनमगरलेब ताउनुभयो ।
युवाहरुको यो कामले जनताको जीवन सुरक्षामा त टेवा पुग्नेछ । त्यतिमात्रै भन्दा पनि राजीतिक ऐजेण्डामा मात्रै संगठन निर्माण गर्दछन् भन्नेलाई पनि समाज सेवा र जनताको सेवाका लागि पनि काम गर्दा रहेछन् भन्ने गतिलो उदाहरण बनेको छ । अन्य संघ संगठनहरुले पनि संकटको बेलामा जनताको सेवा गर्नेतिर लाग्ने कि ?

You may also like