ग्लोबल बैंक शाखा लिबाङ रोल्पाले संकटको समयमा निश्चित समय सेवा प्रवाह गर्दै

१५ गते, चैत्र
लिबाङ–रोल्पा


कोरोना भाइरसको संक्रमितको संख्या शुन्यतामा पु¥याउने उद्वेश्य सहित संघीय सरकारले लक डाउनको समयमा पनि ग्लोबल आइएमई बैंक लिबाङ शाखा रोल्पाले बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म सेवा प्रवाह गर्दै आएको छ । यस सेवाले सेवा ग्राहीहरुलाई आर्थिक कारोबारमा सहजता बनेको छ ।
ग्लोबल आइएमई बैकं लिबाङ शाखा रोल्पाको प्रवन्धक प्रविण आचार्यले भन्नुभयो,‘कोरोना भाइरसले विश्वको विकसति राष्ट्रहरुमा महामारीको रुप लिएको बेला संघीय सरकार नेपालले भाइरस संक्रमितको शुन्यतामा पु¥याउने उद्वेश्य सहित देशभरि लक डाउन लागू गरेको अवस्थामा सेवा ग्राहीहरुको आर्थिक कारोबारको समस्यालाई मध्येनजर गर्दै यस जिल्लामा सञ्चालित लिबाङ शाखाले बिहान १०ः०० बजेदेखि दिउसो १ः०० बजेसम्मको सेवा प्रवाह भैरहेको छ । सरकारले लकडाउन घोषणा गरेपनि बैकं अत्यावश्यक सेवा क्षेत्रभित्र पर्ने र सहजताको लागि केही समय भएपनि खोल्दा सबैलाई राहत हुने भएकोले शाखाले केही निर्धारित समयसम्म सेवा प्रवाह गर्दै आएको छ ।’ ‘यो समयमा चेक साट्न, रेमिट्यान्सबाटको पैसा निकाल्न, पैसा जम्मा गर्न सेवाहरु प्रवाह गर्दै आएको हुँदा निर्धारित समयवधिभरि शाखामा सम्पर्क म अनुरोध गर्छु । बैकंमा आएर कारोबार गर्नुभन्दा डिजिटल कारोबार यो संकटको समयमा उपयुक्त हुन्छ । यो समयवधिमा लिबाङमा रहेको एटिएम बुथ भने खुल्ला छ ।

डिजिटल कारोबार अन्तर्गत मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग एटिएम प्रयोगमा शाखाले ल्याएको छ,’उहाँले भन्नुभयो । लिबाङ शाखा अन्तरगत हाल घर्तिगाउँ सञ्चालित एक्सटेन्सन काउन्टर यो अवधिमा खुल्ला नै रहने लिबाङ शाखा प्रमुख प्रविण आचार्यल बताउनुभयो । लिबाङ शाखाले कोरोना संक्रमण रोक्नको निम्ति बैकं प्रवेश गर्दा स्यानिटाइजर अनिवार्य प्रयोगमा ल्याएको छ । शाखामा रहेको एटिएम पनि पटकपटक सफा गरिरहेको उहाँले जानकारी दिनुभयो । सेवा ग्राहीले जतन गरि बैकंमा राखेको पैसा अत्यावश्यक सामान खरिद गर्न घरखर्च चलाउन यो बेला आवश्यक पर्न सक्छ । त्यसैले यो बेलामा बैंकले सेवा प्रवाह गरेको छ ।

हाल राष्ट्र बैकंले डिजिटल कारोबारको सीमा पनि बढाएकोले यसको फाइदा लिन पनि सेवा ग्राहीहरुलाई शाखा प्रवन्धक आचार्यले सुझाव दिनुभयो । बैंकले हाल मोबाइल बैकिङ्गबाट दैनिक रु १ लाख र मासिक रु १० लाख , इन्टरनेट बैकिङ्गबाट दैनिक रु १० लाख र मासिक रु ५० लाखसम्म रकमान्तरको सेवा व्यवस्था गरेको छ । बैंकको निर्धारित समयमा बाहेक ५ः०० बजेसम्म अतिआवश्यक परेको खण्डमा शाखाको प्रवन्धक प्रविण आचार्यको सम्र्र्पक मोबाइल नंबर ९८४१५०५०१० मा सम्पर्क गर्न अनुरोध गर्नुभएको बैंकको कर्मचारी विनोद डाँगीले बताउनुभयो ।

You may also like