कृष्ण माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको प्रथम भेला सम्पन्न

कृष्ण माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको प्रथम भेला सम्पन्न
कार्तिक २२ गते
लिबाङ रोल्पा


This image has an empty alt attribute; its file name is k2.jpg

रोल्पाको माडि गाउँपालिका–२ घर्तिगाउँ स्थित कृष्ण माद्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको प्रथम भेला आज घर्तिगाउँमा सम्पन्न भएको छ । अब यस विद्यालयको विभिन्न गतिविधिहरुमा थप सहज बन्ने भएको छ ।

This image has an empty alt attribute; its file name is k4.jpg

यस भेलाको प्रमुख अतिथि माडि गाउँपापिलका अध्यक्ष नन्द बहादुर पुन, ५ नं. वडा अध्यक्ष भरत बहादुर बुढा मगर, जनप्रतिनिधि, नेपाल कम्युनिष्ट पार्टी नेकपाका रोल्पा जिल्ला सदस्य शेर बहादुर बुढा मगर, नेपाली कंग्रेसका जिल्ला कमिटी सदस्य टेक बहादुर बि.क, कंग्रेसकै माडी गाउँपालिका संयोजक गणेश घर्ती मगर, नेपाली काँग्रेस क्षेत्रिय सभापति गोपाल घर्तिमगर, रेडियो माडी आवाज घर्तिगाउँ रोल्पाका स्टेशन म्यानेजर वुद्धिमान वली, घर्तिगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष कमल घर्ती मगर लगायको आतिथ्यता थियो । कार्यक्रममा पूर्व विद्यार्थी मञ्चले गर्ने काम कर्तव्यको बारेमा कार्य विधि तयार पारेर परित गरेको छ । साथै आगाामी अगामी सम्मेलनबाट नयाँ कार्य समिति सहित विधिवत रुपमा काम गर्ने निर्ण समेत गरको छ । पूर्व विद्यार्थी मञ्चको अध्यक्ष प्रेम बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पशुपति घर्तीमगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष अमृत घर्तीमगरले गर्नुभएको थियो ।

You may also like