“सरकारलाई सफल बनाउन युवा संघको भूमिका महत्वपूर्ण हुनुपर्दछ”प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर

“सरकारलाई सफल बनाउन युवा संघको भूमिका महत्वपूर्ण हुनुपर्दछ”प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर

रोल्पा समाचारदाता
लिबाङ रोल्पा, असोज २३


लुम्बीनी प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुननमगर ‘सिजल’ले नेकपाको सरकारलाई सफल बनाउनको लागि राष्ट्रिय युवा संघको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकारको राम्रा कामको बारेमा जनताको पक्षसम्म प्रचार गर्नका लागि सुधारर्नुपर्ने विषयलाई सुझाव दिएर नेकपाको सफल बनाउनको लागि युवा संघले गम्भिर बन्नु पर्ने बताउनुभयो ।
उहाँले यस्तो विचार राष्ट्रिय युवा संघ रोल्पाको सपथ ग्रहण तथा प्रथम बैठकलाई संम्वोधन गर्दै बताउनुभएको हो । प्रमुख अतिथि दीपेन्द्र कुमार पुनमगरले युवाहरु राजनीतिक रुपमा सुझबुझ ढंगले परिचालित हुनुपर्ने बताउँदै युवाहरु भनेको उडाउँदो सुर्य झै सबैलाई प्रकाश दिने गरी काम काम गर्नुपर्ने बताउनुभयो ।
प्रदेशको राजधानीको विषयमा प्रदेश सरकारकाले विवेकपूर्ण तरिकाले प्रदेशवासीको हितमा बनाएको दावी गर्दै यसमा प्रदेशबासी नै खुशी हुन अपिल गर्नुभयो । उहाँले भन्नुभयोः–“हामीले प्रदेशबासीको हितमा गरेका छौँ, पश्चिम नबल परासी र चिसापानीबाट करिव बीच भागमा बनाएका छौँ, त्यसमा सबै खुशी हुन पर्दछ, आफ्नो घरमा भयो भने राजधानी ठिक हुने भए पनि त्यसो सम्भव भएको छैन ।, आफूलाई समितिको संयोजकको जिम्मेवारी दिएर यो गौरवपूर्ण जिम्मेवारी निर्वाह गर्न पाएकोमा धन्यवाद दिन्छ । हामीले प्रस्ताव गरेकै स्थानमा प्रदेश सदस्यहरुहरुले मत जाहेर गर्नुभयो सबैलाई धन्यवाद छ ।”


उहाँले हाल सरकारले जनताको पक्षमा धेरै राम्रा कामहरु गर्दा पनि जनताको पहुँचसम्म सकारत्मक ढंगले प्रचार गर्ने संगठन नभएको बताउँदै आगामी दिनमा रोल्पा जिल्लामा सरकारले गरेको राम्रा कामको बारेमा जनतालाई भन्न र कमी कमजोरी भएकोमा समीक्षात्मक रुपमा छलफल गरी सुझाव दिनका लागि युवाहरुलाई संगठित गर्नुपर्ने आवश्यकता रहेको थियो ।
उहाँले जनताको पक्षमा काम नगरेमा एक पटक मात्रै दुइ टिहाई भएर पनि काम नुहुने भन्दै जनतालाई सुसुज्जित गर्नका लागि युवाहरुले सचेत पहल गर्नुपर्ने बताउनुभयो ।
समाजमा रहेको विभेद, बिकृति, विसंगतिको विरुद्धमा निर्भिक भएर लड्दै समाज रुपमान्ततरणका लागि नेतृत्व गर्नका लागि समेत अनुरोध गर्नुभयो । युवाहरुले सामाजिक आन्दोलनको नेतृत्वमा अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले पार्टीको नीति तथा कार्यक्रमलाई सफल पार्नका लागि एक धिक्का हुनु पर्ने बताउनुभयो ।
युवा तथा प्रभावशाली नेता युवाहरुले जहिले पनि राजनीति गतिलाई सही दिशामा अगाडि बढ्नका लागि जिम्मेवा बन्नु पर्ने बताउँदै रोल्पालाई कम्युनिष्टको किल्ला स्थापित गर्नका लागि लागी पर्नका लागि आह्वान गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका बरिष्ठ केन्द्रीय सदस्य एवं गणेश शाहीले युवाहरुको सहभागिता हरेक आन्दोलनमा सहभागिता रहेको स्मरण गराउँदै वर्तमानमा पार्टी र सरकारको ‘समृद्धि नेपाल र सुखी नेपाली’ बनाउने पार्टीको लक्ष्यलाई पुरा गर्नका लागि पनि युवाहरु कतव्र्यनिष्ट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले वर्ग संघर्षमा होस् जनयुद्धमा होस् अथवा शान्ति पूर्ण आन्दोलनमा रोल्पाले निरन्तर रुपमा अगुवाई गरेको बताउँदै आगामी दिनमा पनि विगतका नेतृत्वले खेलेको भूमिकालाई निर्वाह गर्ने गरी आफूले विकास गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेकपाका रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य राहुल महरा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य जितेन्द्र पुनमगर ‘फेमश’, तत्कालीन युवा संघ नेपालका नेता दिल बहादुर केसी लगायतले शुभकामना मनतव्य दिनुभएको थियो ।
कार्यक्रममा नेकपाका नेता राजकुमार कक्षपति, नेकपाका जिल्ला कमिटि सदस्य रत्न महरा, विरबहादुर घर्तीमगर, प्रेस संगठन लुम्बीनी प्रदेशका सह संयोजक मानसिंह विश्वकर्मा, प्रेस संगठन नेपाल रोल्पाका संयोजक देवी कुमारी गुरुङ लगायतका आतिथ्यताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालले प्रदेशको राजधानी एवं नामाकरण गर्नका लागि स्थायी राजधानी एवं प्रदेशको नामाकरण सिफारिस समितिका संयोजकको भूमिका निर्वाह गरी प्रदेशवासीको हितमा काम गरेमा धन्यवादहित प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर ‘सिजल’लाई सम्मान गरिएको थियो ।


उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज रितमान पुनमगर ‘अग्रिम’ ले जिल्ला समितिको नामहरु प्रस्तुत गर्नुभएको थियो । नाम वाचनपछि राष्ट्रिय युवा संघका नेता एवं कार्यक्रमका विशिष्ट अतिथि गणेश शाहीले सपथ गराउनुभएको थियो । कृष्ण नेपालीको संयोजक र मनोज बुढामगर सहसहयोजकको जिम्मेवारी पाउनुभएको छ । यसै गरी जिल्ला कमिटिमा पूर्व माओवादी केन्द्र निकट वाइसिएलबाट ३६ जना र पूर्व एमाले निकट युवा संघ नेपालकाबाट २५ जना गरी ६१ जना रहेका छन् ।
राष्ट्रिय युवा संघ रोल्पाको संयोजक कृष्ण नेपालीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ रोल्पाका सह इन्चार्ज पूर्णबहादुर खड्काले सञ्चालन गर्नुभएको थियो भने स्वागत जिल्लाका संह संयोजक मनोज बुढामगरले गर्नुभएको थियो ।

You may also like