त्रिवेणाी गाउँलिकाकाे शिक्षा क्षेत्रकाे विकासमा इट्टा थप्ने काम गरेका छाैंः परियाेजना संयाेजक धरेन्द्र डाँगी

त्रिवेणाी गाउँलिकाकाे शिक्षा क्षेत्रकाे विकासमा इट्टा थप्ने काम गरेका छाैंः परियाेजना संयाेजक धरेन्द्र डाँगी

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पा र सेभ द् चिल्ड्रेनकाे सहयोगमा सञ्चालित एकीकृत परियोजनाको बहिर्गमन भएको छ । परियोजनाले बाल संरक्षण, जीविकोर्पाजन, शिक्षा क्षेत्रमा विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको थियो । परियोजना संयोजक धरेन्द्र डाँगीसँग परियोजना समयवधिमा भएका गतिवधि, उपलब्धि, चुनौती लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 हजुरलाई पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
 धन्यवाद ।
हजुर कुन कार्यमा व्यस्त हुनुहन्छ ?
 भर्खरै परियोजना सकिएको छ । अहिलेसम्म गरेका उपलब्धिहरुको अभिलेखीकरण र प्रतिवेदनहरु तयार गर्ने, परियोजनाले गरेका अभ्यासहरुलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा गाउँपालिका लगायत सरोकारवालासँग समन्वय गर्ने र फिल्ड कार्यालय बन्द गर्ने कार्यमा व्यस्त छु ।
 एकीकृत परियोजनाको बोरमा बताइदिनुहोस्, न ?
 त्रिवेणी गाउँपालिकामा रहेका बालबालिकाको समस्या, त्यसका पनि विशेष गरी श्रममा परेका र विभिन्न कारणले जोखिममा रहेका बालबालिका र उनीहरुको परिवारलाई सहयोग पु¥याउनु यस परियोजनाको उद्वेश्य हो । सन् २०१४ जुनदेखि २०१७ मे सम्म सेभ द् चिल्ड्रेनको सहयोगमा सञ्चालित एकीकृत परियोजना पहिलो चरणबाट प्राप्त उपलब्धि, सिकाइ तथा सफलता पश्चात् एकीकृत परियोजनाको दोस्रो चरण पुनः सञ्चालनमा आएको हो । त्रिवेणी गाउँपालिकामा बालश्रम न्यूनिकरण, स्थानीय बाल संरक्षण प्रणालीको सबलीकरण, लक्षित घरधुरीको जीविकोपार्जनमा सुधार तथा गुणात्मक शिक्षाको पहुँचमा वृृद्धिका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गरेको हो । अघिल्लो चरण जस्तै यस चरणमा पनि तीन क्षेत्रहरु शिक्षा, बाल संरक्षण र बाल गरीवी सँगैसँगै विभिन्न कार्यक्रमहरु भएका छन् । त्रिवेणी गाउँपालिकाको सातै वटै वडामा सञ्चालित यस परियोजनाले गाउँपालिकामा शिक्षा, बाल संरक्षणका संरचनागत सुधार र सवलीकरण गर्ने र बाल अधिकारको सुनिश्चित गर्र्न परिवारको आर्थिक स्तरमा सुदृढिकरण गरेको छ ।
परियोजना बहिर्गमन हुँदै गर्दा कस्तो महशुस गर्नुभएको छ ?
 यस परियोजनाको कार्यान्वयनको क्रममा धेरै बालबालिकालाई प्रत्यक्ष सहयोग गर्नुका साथै आगामी दिनमा समेत बालमैत्री स्थानीयतह निर्माणका लागि आधार तयार गर्नमा त्रिवेणी गाउँपालिकाको योजनामा सहयोग गर्न पाउँदा गर्व अनुभूति भएको छ ।
यस गाउँपालिकामा एकीकृत परियोजना कहिलेदेखि कार्यन्वयन भएको थियो ?
 यो परियोजना अगस्त २०१७ देखि सेप्टेम्बर २०२० सम्म यस त्रिवेणी गाउँपालिकामा कार्यान्वयन भएको हो ।
 गाउँपालिकामा यो परियोजना कुन–कुन उद्देश्य सहित लागू भएको थियो ?
 त्रिवेणी गाउँपालिकाका बालबालिका बालश्रममा संलग्न हुनबाट संरक्षित गर्ने यस परियोजनाको रणनैतिक उद्वेश्य हो । त्रिवेणी गाउँपालिकामा घरधुरीहरुको खाद्य सुरक्षा तथा आम्दानीमा वृद्धि गर्ने, बाल संरक्षण प्रणालीको सबलीकरणमा सहयोग गर्ने, जोखिममा परेका बालबालिकाको गुणस्तरीय शिक्षामा पहँुच वृद्धि गर्ने र स्थानीय स्तरमा बाल अधिकार सम्बन्धि नीति नियम (Policy)मा वकालत गर्ने यस परियोजनाका उद्वेश्यहरु हुन् ।
परियोजनाको उपलब्धिहरु बताइदिनुहोस्, न ?
 परियोजनाको सुरुवातीमा भएका बालश्रमिकाको तथ्याङ्कका आधारमा कार्यन्वयनपछि त्रिवेणी गाउँपालिकामा बालश्रम २०७४÷२०७७ सम्ममा ९० % ले घटेको छ । परियोजना अवधि वि.स. २०७६ सम्म बाल बाविवाह १२ % ले घटेको छ । ७७९ जना अति जोखिममा रहेका बालबालिकाहरु सिफरिस संयन्त्रको माध्यमबाट लाभान्वित भएका छन् । ७९२ जना जोखिममा रहेका बाल बालिकाहरुको घटना व्यवस्थापन गरी प्रत्यक्ष सहयोग प्रदान गरिएको छ । ४ जना पारासामाजिक कार्यकर्तालाई वडाले आफ्नै स्रोतबाट निरन्तरता प्रदान गरेको छ । १०४ जना बालश्रमिक बालबालिकालाई श्रमबाट उद्वार गरी पारिवारिक पुनर्मिलन गराईएको छ । त्रिवेणी गाउँपालिकाको शिक्षा र बाल संरक्षणसँग सम्बन्धि विभिन्न नीति, निर्देशिका, रणनीति र कार्य विधि निर्माणमा सहजिकरण भएको छ । सेभ द् चिल्ड्रेन, मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पा र त्रिवेणी गाउँपालिकाको संयुक्त प्रयासमा हाल बाल कोषमा रु ३६ लाख रकम जम्मा भएको । वडा स्तरमा ७ वटा र पालिकास्तरीय १ वटा बाल क्लब सञ्जाल क्रियाशिल, ४४ बाल क्लबहरु वडामा सूचिकृत भएका छन् ।
२०५ जना विद्यालय बाहिर रहेका बालबालिकामध्ये १७३ जना बालबालिकालाई विद्यालय भर्ना गरेको । त्रिबेणी गाउँपालिकामा वि.स.२०७४ मा बालालिकाको कक्षा उत्र्तीण दर ८६.९% रहेको थियो भने हाल २०७७ को सर्वेक्षणमा कक्षा उत्र्तीण दर ९१.६ % रहेको छ । ४० वटा विद्यालयमा बालमैत्री बसाई व्यवस्थापन (कार्पेट, कुसन, पि फम, जुत्ता ¥याक र बुक कर्नर) का लागि सहयोग प्रदान भएको छ । ५३० जना बालबालिकालाई शैक्षिक सहयोग (पोसाक, झोला, जुत्ता÷मोजा, कापी, कलम आदि) प्रदान गरेको छ । २६ वटा विद्यालयमा विभिन्न मर्मत सम्भार (बाल मैत्री धारा, छात्रा मैत्री शौचालय, छाना मर्मत, भुई तथा भित्ता पलस्टर, बरण्डा मर्मत र घेराबार) सहयोग प्रदान भएको छ । ३८ जना विद्यालय बाहिर रहेका बालबालिकाहरु संगै पढौं संगै सिकांै र वैकल्पिक कक्षाबाट विद्यालयमा भर्ना भएका छन् । २ वटा वडामा (वडा न.५,६) शतप्रतिशत बालबालिका विद्यालय भर्ना गरी पूर्ण विद्यालय भर्ना घोषणा । ४३६ जना बालबालिकाहरुलाई स्वःअध्ययन सामग्री वितरण उपलब्ध गरिएको छ भने ४० विद्यालयका कक्षामा अध्ययन कुना स्थापना भएको छ ।
यस एकीकृत परियोजना कार्यान्वयन भएपछि बालबालिका भएका जम्मा घरधुरीले बालबालिकाका लागि लगानी गरेका छन् र आम्दानीमा वृद्धि भएको छ । त्रिवेणी गाउँपालिकाको ७ वटै वडाहरुमा लाभग्राहीको एकता र साझा हितका लागि १३ वटा व्यवसायिक समूह गठन भएको छ । परियोजनाले २६३ व्यवसायीहरुको व्यवसायिक योजना निर्माणका लागि प्राविधिक सहयोग प्रदान भएको छ । गाउँपालिकाको ५३ स्थानमा सञ्चालन भएको जीवनोपयोगी सीप तालिमबाट ७७८ बालबालिकाहरु लाभान्वित हुनुका साथ विभिन्न व्यवसायिक सीप तालिम प्राप्त गरेपछि २४० व्यक्तिहरुले बङ्गुर पालन, कुखुरा पालन, बाख्रा पालन, खाजा नास्ता पसल, कपाल काट्ने, बाईक मर्मत, विद्युत मर्मत, सिलाई कटाई, व्युटि पार्लर, सिकर्मी तथा डकर्मी व्यवसाय निरन्तर सञ्चालन गरेका छन् । परियोजनाले ६६६ वटा विपन्न घरधुरीलाई उन्नत जातको तरकारी, आलु र मकैको बीउ वितरण गरेको छ भने परियोजनाको सहयोगबाट श्रममा रहेका १४ जना बालबालिकालाई व्यवसायिक तालिम प्रदा सहकारीको घुम्तीकोषबाट ७३ जना र बाल अनुदान कोषबाट १७९ बालबालिकाहरु लाभान्वित भएका छन् । त्यस्तै परियोजनाबाट १२६ घरधुरीलाई बोयर बाख्रा, ७४ घरधुरीलाई कुखुरा, २९ घरधुरीलाई बङ्गुर बितरण गरियो जसमा ५÷५ घरधुरीलाई नमुना व्यवसायी उत्पादनका लागी बाख्रा र कुखुरा वितरण गरिएको छ ।
परियोजना समयवधिमा कति रकम खर्च भएको छ ?
 यस अवधिमा तीनै वटै विषयगत क्षेत्रमा तीन वर्ष अवधिभरमा जम्मा रु. ९ करोड ६९ लाख ९२ हजार ३४० खर्च भएको छ ।
परियोजना बहिर्गमन भएको अवस्थामा गाउँपालिकाको प्रतिक्रिया के छ ?
 स्थानीय सरकारको योजनामा हामीले परियोजना मार्फत् सहकार्य गरेका थियौं । अहिले आएर परियोजना सकिँदा यस गाउँपालिकामा अझै केही वर्ष यसलाई निरन्तरता दिएको भए बालमैत्री गाउँपालिका घोषणा गरी कार्यन्वयन गर्न सहज हुन्थ्यो भन्ने गाउँपालिकाको तर्फबाट प्रतिक्रिया छ । गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरुको तर्फबाट परियोजनाले त्रिवेणीमा राम्रो कार्य गरेको छ भन्ने धारणा रहेको पाएको छु ।
परियोजना कार्यन्वयनको चरणमा कुन–कुन निकायसँग समन्वय सहकार्य गर्नुभयो ?
परियोजना कार्यान्वयनको बेलामा धेरै सरोकारवालासँग सहकार्य गरेका छौं । खासगरी त्रिवेणी गाउँपालिका, विभिन्न विषयगत शाखाहरु, वडा कार्यालय, बाल अधिकार समितिहरु, प्रहरी, बाल क्लव, विद्यालय, आमा समूह, युवा क्लवहरु, सहकारी, नीजि तथा प्राइभेट निकाय लगायत थुप्रै सरोकारवालाहरु यस परियोजना कार्यान्वयनमा महत्वपूर्ण सहयोग गरेका छन् । म सबैलाइै विशेष धन्यवाद दिन चाहन्छु ।
परियोजनामा सबैभन्दा उत्कृष्ट उपलब्धि कुन हो ?
 बालबालिकाको हितका लागि कार्य गर्ने निकायहरु बाल संरक्षण प्रणालीको सवलीकरण र सशक्तिकरण भएको छ । गाउँपालिका र वडाहरु बालबालिकाका सवालमा सम्वेदनशिल भएका छन् र बाल अधिकार समितिहरु सशक्त रुपमा सक्रिय छन् । हरेक सहयोगहरु बाल अधिकार समितिबाट सिफारिस गर्ने परिपाटीको विकास भएको छ ।
 परियोजना कार्यन्वयनको चरणमा कुन–कुन कुराको अभावको महशुस गर्नुभएको थियो ?
 यस अवधिमा बालबालिकाका सवाल वा समस्याहरु धेरै मात्रामा आउने । तर, पूर्ण रुपमा सबैको माग पूरा गर्न नसक्ने अवस्था पनि भएको हो । खासगरी पूर्ण अपाङ्ग भएका बालबालिकाका लागि परियोजनाले पूर्ण रुपमा सम्बोधन गर्न सकेन् किनकि परियोजना खासगरी बालश्रमिकका लागि केन्द्रीत थियो ।
 परियोजना बहिर्गमन भएको अवस्थामा मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाल रोल्पा र सेभ द चिल्ड्रेन प्रतिक्रिया के छ, नि ?
यस अवधिमा स्थानीयतहको संरचना स्थापना भएपछि स्थानीय सरकारसँग प्रत्यक्ष सहकार्य गरेको पहिलो अनुभव भएको छ । स्थानीय सरकारको योजनामा सहकार्य गरी सहयोग गर्दा थुप्रै उपलब्धिहरु भएका छन् । यस अवधिमा परियोजनाले गर्दै आएका र गर्न बाँकी कार्यहरु गाउँपालिकाले गर्न सक्ने गरी आपनत्व लिई प्रतिवद्ध भएकोमा गौरवान्वित भएका छौं ।
 परियोजन कार्यन्वयनको चरणमा सक्रिय कृषक समूह, बाल अधिकार समिति, शिक्षा समिति सक्रिय बन्छन् भन्ने कुरामा हजुर कति विश्वस्त हुनुहुन्छ ?
म विश्वस्त छु । परियोजना अवधिमा पनि गाउँपालिका र वडा कार्यालय अग्र पंतिमा र हामी पछाडि भएर कार्य गरेका हौं । हरेक क्रियाकलापहरुमा स्थानीय सरकारको प्रतिनिधित्व छ । गाउँपालिका, विषयगत शाखा, वडा कार्यालय, बाल अधिकार समिति र अन्य निकायको महत्वपूर्ण भूमिका रह्यो । म त्यस निकायहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । आगामी दिनमा विषयगत शाखा र स्थानीयतहले परियोजनाका राम्रा अभ्यासहरुलाई निरन्तरता दिने गरी लिखित प्रतिवद्धता जनाउनु भएको छ ।
परियोजना बहिर्गमनको समयमा विभिन्न सरोकारवाला निकायहरुबाट कस्तो सुझाव आएका छन् ?
 छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु भएका छन् । यसलाई अझै पनि परियोजनाको थप गरी निरन्तरता दिएको भए सबैमा झन सहयोग पुग्ने थियो भन्ने उहाँहरुको सुझाव थियो । तर, परियोजना भनेको तोकिएको समय अवधिमा नमुनाका रुपमा कार्य गर्ने हो ।
 परियोजनाबाट लाभान्वित समुदायको कस्तो प्रतिक्रिया व्यक्त गरेका छन् ?
परियोजना आएपछि बालबालिकाको अधिकार संरक्षणमा सहयोग भएको छ भने विपन्न अभिभावकहरुमा सहयोग पुगेको छ । यस्तैगरी आगामी दिनमा पनि यस्ता परियोजनाहरु लागू गर्ने र बालबालिकाहरुका सवालमा लगानी बढाउनुपर्ने सुझाव आएको छ ।
 परियोजनाबाट गाउँपालिका र गाउँपालिकाबासीहरुलाई के सिकाई भएको छ ?
 बालबालिकाको एउटै पाटो मात्र नभएर एकीकृत रुपमा बालबालिकाको सहयोग प्याकेज ल्याउँदा सर्वाेत्तम हित हुने देखिन्छ । संगै पढौं संगै सिकांै कार्यक्रमले विद्यालय बाहिर छरिएर रहेका बालबालिका पहुँचमा पुग्न सहज हुने भएकोले घर घरमै गएर पढाइ भएको, विभिन्न खालका जनचेतनामूलक कार्यक्रमहरुले परम्परागत गलत धारणाहरु तथा प्रचलनहरु कमी ल्याउन सहयोग पुग्दछ भन्ने सिकाइ हुनुका साथै विभिन्न नीति नियम, कार्य विधि तथा निर्देशिकाको निर्माण तथा प्रभावकारी कार्यान्वयनले बाल अधिकार संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्ने सिकाइ भएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय र गाउँपालिकाबासीहरुबाट परियोजना कार्यन्वयनमा कस्तो भूमिका रह्यो ?
 परियोजना अवधिमा पनि गाउँपालिका र वडा कार्यालय अग्र पंतिको भूमिका रह्यो । गाउँपालिका र वडाहरु बालबालिकाका सवालमा सम्वेदनशिल भएका छन् र बाल अधिकार समितिहरु सशक्त रुपमा सक्रिय छन् । हरेक सहयोगहरु बाल अधिकार समितिबाट सिफारिस गर्ने परिपाटीको विकास भएको छ । खासगरी त्रिवेणी गाउँपालिका, विभिन्न विषयगत शाखाहरु, वडा कार्यालय, बाल अधिकार समितिहरु, प्रहरी, बाल क्लव, विद्यालय, आमा समूह, युवा क्लवहरु, सहकारी, नीजि तथा प्राइभेट निकाय लगायत थुप्रै सरोकारवालाहरु यस परियोजना कार्यान्वयनमा महत्वपूर्ण सहयोग गरेका छन् ।
 परियोजनाको कार्यन्वयनको चरणमा कस्ता–कस्ता चुनौतीहरु भोग्नु परेको थियो ?
त्रिवेणी गाउँपालिकासँग जोडिएका अन्य जिल्ला र गाउँपालिकाको नाकाबाट बालबालिका बालश्रम जाने गरेकाले बालश्रममा जाने बालबालिकाको संख्यामा लक्ष्य अनुरुप कमी आउन सकेन् । पारा सामाजिक कार्यकर्ताले व्यवस्थापन गरेका घटनाहरुलाई सीमित स्रोतको अभावमा सबै समस्याहरु समाधान गर्न सकिएन । कोभिडको कारण परियोजनाले खुला रुपमा काम गर्न पाएन ।
प्रतिनिधि, सरोकारवाला निकाय र गाउँपालिकाबासीहरुलाई के भन्न चाहन्नु हुन्छ ?
 परियोजनाको तय गरेको लक्ष्य प्राप्त गर्न जनप्रतिनिधि, गाउँपालिका र सरोकारवालाको अग्रणी भूमिका रह्यो । परियोजना सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा सबै पक्षलाई विशेष धन्यवाद दिँदै आभार व्यक्त गर्दछु । आगामी दिनमा यस्तो सहकार्य कायम राख्ने प्रतिवद्धता जनाउन चाहन्छु ।
 अन्तिममा केही कुरा छुटेका छन्, कि ?
 सबैको यस लोकप्रिय पत्रिकामा मेरा विचार राख्ने अवसर दिएकोमा विशेष धन्यवाद दिँदै आभार व्यक्त गर्छु । आगामी दिनमा आवाज विहिन र सबै प्रकारले जोखिममा परेका बालबालिका र विपन्न परिवारका लागि यस पत्रिका आवाज बन्न सकोस भन्ने शुभकामना दिन चाहन्छु ।

You may also like