नगर प्रमुख पुर्ण के.सी.द्वारा रामाओडार नव निर्मित झुलेङ्गे पुलको उद्घाटन
असोज २३ गते
लिबाङ–रोल्पा

रोल्पा, रोल्पा नगरपालिका–५ जेदबाङको बाजबाङमा रामाओडार झोलुङ्गे पुलको नगर प्रमुख पुर्ण के.सी.ले आज रिबन काटेर उद्घाटन गर्नुभएको छ । पुल निर्माण पश्चात् स्थानीयबासी र विद्यार्थीलाई आवतजावतमा सहज बन्ने भएको छ ।

कार्यक्रम नगर प्रमुख पूर्ण के.सी, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, ५ नं. वडा अध्यक्ष तोप बहादुर नेपाली, योजना अधिकृत सुदिप डाँगी, सव ईन्जिनियर गोविन्द खत्री, डिकोसका कुम बहादुर पुन, सेवक नेपाल नेपालगन्जका ईन्द्र बहादुर डाँगी, डिकोसका तिलक के.सी, वडा सचिव भिमबहादुर वली, वडाका सदस्य तथा अन्य सरोकारवाला र स्थानीयबासीको सहभागिता थियो । यस ठाउँमा झुलेङ्गे पुलन नहुँदा स्थानीयबासी आवतजावतमा कठीन भियो भने विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा पनि समस्या थियो । अब पुन निर्माण पश्चात् स्थानीयबासी र विद्यार्थीलाई आवतजावतमा सहज सिर्जना भएको छ ।

रोल्पा नगरपालिकाको आर्थिक सहयोगबाट १०३.५० मिटर लम्बाईको पुल रु ४४ लाख १३ हजार ७ सय ३०.६९ पैसा लागतमा निर्माण भएको छ । विकास सरोकार समाज डिकोस रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा उक्त झोलुंगे पुल निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष यज्ञ बहादुर महराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रमको सञ्चालन डिकोसका कमानसिंह बाँठामगरले गर्नुभएको थियो ।
