गंगादेव गाउँपालिकामा नेकपा प्रचण्ड–माधव समूहको प्रशिक्षण

गंगादेव गाउँपालिकामा नेकपा प्रचण्ड–माधव समूहको प्रशिक्षण
पुस १८ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is a3.jpg

नेपाल कम्युनिष्ट पार्टी केन्द्र स्तरमा प्रचण्ड–माधव र केपि शर्मा ओलीको समूहमा विभाजितपछि तल्लो तहसम्म पनि यसको प्रभाव परेको छ । सोही क्रममा शनिबार गंगादेव गाउँपालिकामा प्रचण्ड–माधव समूहको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटी सदस्य वीर बहादुर खत्रीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपि शर्मा ओलीको संविधान विपरित संसद विघटन गरेकोले देशमा राजनैतिक सङकट देखा परेको बताउनुभयो । उहाले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमका विरुद्व सबै पार्टी पङ्ती एक जुट भएर लाग्नु पर्ने बताउदै प्रचण्ड र माधवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा नै आधिकारिक पार्टी भएको दाबी गर्नुभयो ।

This image has an empty alt attribute; its file name is a2.jpg

कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु निम बहादुर डाँगी, रीता घर्ती, टंक बहादुर वली, गाउँपापिलका कमिटी सदस्यहरु, वडा कमिटीका अध्यक्ष÷सचिव सहित नेता तथा कार्यकर्ताहरुको उस्थिति थियो । कार्यक्रममा वडा कमिटीका अध्यक्ष र सचिवले केन्द्र पार्टको विवाद र स्थानीय राजनीतिमा परेको प्रभावको रिपोर्टिङ गरेका थिए । भेलाले पार्टीका गतिविधि तीव्रताका साथ अगाडि बढाउने सहित विकसित राजनीति घटनाको भ्रम चिर्दै अगाडि बढ्ने निर्णय पारित गरेको छ । जिल्ला सदस्य नेव बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन गाउँ कमिटी सदस्य भरत के.सी.ले गर्नुभएको थियो ।

You may also like