मानव वेचविखन तथा ओसार पासार विरुद्धको अभिमुखिकरण सम्पन्न

मानव वेचविखन तथा ओसार पासार विरुद्धको अभिमुखिकरण सम्पन्न
भाद्र २१ गते
सुलिचौर–रोल्पा

This image has an empty alt attribute; its file name is k1-1024x768.jpg


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको वार्षिक स्वीकृति कार्यक्रम अनुसार मानव वेचविखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्रिय दिवसको अवसरमा अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष वाग्मती क्षेत्रीनी, जिल्ला समन्वय अधिकारी टंक गौतमको विशिष्ट अतिथ्यता थियो । अभिमुखिकरण कार्यक्रममा मानव बेचविखन तथा वैदेशिक रोजगारमा हुने गतिविधि सम्बन्धि जिल्ला समन्वय समितिका समन्वय अधिकारी टंक प्रसाद गौतमले प्रष्ट पार्नु भएको थियो त्यसैगरि मानव वेचविखन सम्बन्धी नीतिगत तथा संस्थागत व्यवस्था सम्बन्धी प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले अभिमुखिकरणमा प्रष्ट पार्नु भएको थियो । गाउँ कार्यपालिका सदस्यहरु, वडा महिला सदस्यहरु र कर्मचारीहरुको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा तथा प्रमुख प्रशासकीय अधिकृतको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख भगवती बुढाले गर्नुभएको थियो ।

You may also like