रोल्पा प्रतिक र पहिचान हो बचाउनु पर्दछ” – अध्यक्ष, नेकपा माओवादी केन्द्र–प्रचण्ड

रोल्पा प्रतिक र पहिचान हो बचाउनु पर्दछ”
– अध्यक्ष, नेकपा माओवादी केन्द्र–प्रचण्ड
मानसिंह विश्वकर्मा

 


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा जिल्लाको नाम मात्रै नभएर नयाँ विचार, युद्ध, परिवर्तन र शान्तिको प्रतिक र पहिचान भएको बताउँदै यसको निरन्तरतासँगै बचाई राख्नको लागि आफु, आफ्नो पार्टी र सिंगो रोल्पालीको काँधमा नयाँ जिम्मेवारी आएको बताउनुभयो ।
यस्तो कुरा रोल्पा काठमाण्डौँ सम्पर्क मञ्चले रोल्पा जिल्ल्लाबाट र अन्य जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएर हाल विभिन्न पदमा निर्वाचितलाई काठमाण्डौँमा आयोजना गरेको बधाई सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै बताउनु भएको हो ।
प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा प्रतिकको जिल्ला र बलिदानको जिल्ला भएको उल्लेख गर्दै यसलाई सबैले जीवन्त राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“जनयुद्धको केन्द्र भएको सत्य र साचो हो यो कसैले भुल्न सक्दैन र भूल्नु पनि हुँदैन, भुलेका पनि छैनौँ, जनयुद्धको बेलामा केही संकट र समस्या परेको बेला रोल्पा गएर नयाँ विचार र नेतृत्वको विकास गरेको थिए, हाल शान्तिको मोर्चामा पनि रोल्पा आफ्नो प्रेरणाको श्रोत बनिरहेको छ ।”
जनयुद्धकालमा आफू धेरै समय रोल्पामै बसेर विचार निर्माण गरेको बताउँदै भन्नुभयो ः–“रोल्पाका भूमिका राष्ट्रिय रुपमा मात्रै पनि छैन यसको अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका छ त्यसैले यो अन्तर्राष्ट्रिय करण बनेको छ । ”
जनयुद्धको क्रममा रोल्पा, रुकुम, गोर्खा, सिन्धुली लगायत महत्वपूर्ण योगदान गरेका जिल्लाहरुले अब शान्तिको समयमा पनि नयाँ ढंगले पार्टी हेडक्वाटरलाई सहयोग निरन्तर गर्नका लागि समेत अपिल गर्नुभयो । क्रान्तिको नयाँ अभिभारा पूरा गर्नका लागि तयार बन्न समेत सबैलाई आह्वान गर्नुभयो ।
‘रोल्पाको पहिचान र प्रतिकका विरुद्धमा हुने षडयन्त्रका विरुद्धमा लड्नु पर्दछ’
–सभामुख कृष्णबहादुर महरा


कार्यक्रममा विशिष्ट अतिथि सभामुख कृष्णबहादुर महाराले रोल्पा परिवर्तनको प्रतिक र पहिचान बनेको बताउँदै रोल्पाले हालसम्मको गरिमालाई उचाईमा उठाउनका लागि निरन्तरता दिनु पर्ने बताउनुभयो । उहाँले रोल्पा परिवर्तनको प्रतिक र पहिचाहन बनेको बताउँदै भन्नुभयोः–“रोल्पाको प्रतिक र पहिचानलाई मेटाउन केही शक्ति निरन्तर लागेको बताउँदै रोल्पाको प्रतिक र पहिचान मेटाउन खोज्नेका विरुद्धमा एकधिक्का भएर संघर्ष गर्न सबै रोल्पालीलाई अपिल गर्दछु ।”
रोल्पाका राजनीतिक एवं शैक्षिक गुरु कृष्णबहादुर महराले २०३६ सालतिरको स्मरण गर्दै भन्नुभयोः–“हामी रोल्पा जिल्लाका राजनीतिक एवं अन्य क्षेत्रमा जसरी विकास भएको छ, यो जनयुद्धकको योगदान हो, यो हाम्रो सम्पत्ति हो त्यसलाई बचाई रहनुपर्दछ ।”
सभामुख कृष्णबहादुर महराले रोल्पा जिल्ला कसैले व्यक्तिगत इच्छा चाहनाबाट नभएर वर्गसंघर्ष, जनयुद्धमा त्याग, तपस्या, बलिदानको उपज भएको बताउँदै प्रचण्डकै नेतृत्वमा भएको जनयुद्धको बेलामा प्रतिक र पहिचान बनेको उल्लेख गर्दै अब फेरी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा अगाडि बढ्न सबै रोल्पालीलाई अनुरोध गर्नुभएको छ ।
‘हामी सधै पार्टी हेडक्वाटरलाई सहयोग गर्दछाँै’
–उर्जा मन्त्री वर्षमान पुनमगर


कार्यक्रममा विशिष्ट अतिथि उर्जामन्त्री वर्षमान पुनमगरले रोल्पा जिल्ला विगतको वर्गसंघर्ष जनयुद्धमा आफ्नो भूमिका अग्र स्थानमा राख्न सफल भएकाले रोल्पा बनेको दावी गर्दै अबको राजनीतिक लडाईका मोर्चामा पनि रोल्पा जिल्लाका नेतृत्व र रोल्पाबासीले अध्यक्ष प्रचण्डलाई सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः–“म रोल्पाली जनताको मतबाट पहिलो पटक निर्वाचित भएको छु, रोल्पाली जनता र पार्टीको शिर निहुराउने गरी काम गर्ने छैन, सधै उच्च बनाउने काम गरी पार्टी र रोल्पाली जनताको हितमा काम गर्दछु”
उहाँले देशको विकास सँगै रोल्पाको विकासमा ध्यान दिने पहिलो कार्य योजना निर्माण गरेको बताउँदै गरिवी अन्यका लागि नेपालको जल नै पहिलो श्रोत भएको बताउँदै अब त्यसतर्फ लाग्ने बताउनुभयो । उहाँले गरिवीका साथै समाजमा रहेको छुवाछुत, बोक्सी प्रथा जस्ता अमानवीय कामलाई रोक्न समेत आफूले पहल गर्ने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा आफूहरुलाई राजनीतिक एवं शिक्षा प्रदान गरी यो अवस्थासम्म पु¥याउनका लागि योगदान गर्ने कृष्णबहादुर महराको नेतृत्वमा अगाडि बढीरहेको समेत जानकारी गराउनुभयो । साथै रोल्पाको पचिान र प्रतिक बनाउनको लागि अध्यक्ष प्रचण्डकै नेतृत्वमा अगाडि बढेकोले गर्दा अगामी दिनमा समेत अध्यक्षलाई हरदम सहयोग गर्ने सिंगो रोल्पाली नेतृत्व तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नभयो ।
पार्टी एकता संयोजक समिति कार्यदलका सदस्य समेत रहनुभएका वर्षमान पुनमगरले पार्टी एकताको विरुद्धमा केही शक्ति निकै लागेको बताउँदै जनयुद्धको बेला भन्दा ठूलो घेरा बन्दी भइरहेको खुलासा समेत गर्नुभयो । साथै त्यसका विरुद्ध निरन्त लड्न सिंगो पार्टी नेतृत्वलाई साथ दिने समेत बताउनुभयो ।
‘गुरु महराकै नेतृत्वमा अगाडि बढ्छौँ’
–महिला नेतृ जयपुरी घर्तीमगर


महिला नेतृ एवं प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीमगरले रोल्पा र रोल्पालीले जनयुद्धको बेलामा धेरै गुमाएको बताउँदै अब राज्यले त्यसको सम्बोधन गर्नुपर्ने बताउनुभो । उहाँले कृष्णबहादुर महराको नेतृत्वमा काम अगाडि बढाइ रहको बताउँदै अझै त्यसलाई सबैको छलफलबाट नयाँ ढंगले रोल्पाको विकासमा लाग्ने बताउनुभयो ।
रोल्पा काठमाण्डाँै सम्पर्क मञ्चले पूर्व प्रधानमन्त्री एवं चितवनबाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान गरेको छ । प्रमुख अतिथि प्रचण्डबाट रोल्पाका राजनीतिक अभिभावक एवं सभामुख कृष्णबहादुर महरा, उर्जा मन्त्री वर्षमान पुनमगर, प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर, भावना सुवेदी, राष्ट्रिय सभा सदस्य राजकुमार कवर, रोल्पा क्षेत्र नं. २ का प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’, पाल्पाबाट प्रदेश सभा सदस्य तुलाराम घर्तीमगर ‘बसन्त’, ललितपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित लालकुमारी पुनमगर लगायतलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका स्वकीय स्वचिव जोखबहादुर महरा, उपराष्ट्रपतिका स्वकीय सचिव शुकबहादुर रोकामगर, नेकपा (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य नविन रोकामगर, रोल्पा काठमाण्डौँ मञ्चका इन्चार्ज चित्रबहादुर घर्तीमगर, अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष दिपेश पुनमगर, प्रेस सेन्टरका सचिव मनोज घर्तीमगर, प्रेस सेन्टरका ५ नं. प्रदेश संयोजक मौसम रोकामगर, दलित मुक्ति मोर्चा ५ नं. प्रदेश संयोजक कर्मलाल परियार लगायतको उपस्थिति रहेको थियो ।
मञ्चका अध्यक्ष जीवन रोकामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन झन्कार बुढामगरले गर्नुभएको थियो । सो कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष चेतलाल कुवरले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शहीदका छोरा छोरी एवं अन्य कलाकारहरुले शहीदहरु हासी रहेको, बोली रहेको बोलको गीतमा नृत्य समेत प्रद्र्धशन गरेका थिए ।

You may also like