“प्रदेश ५ को राजधानीको निर्णय प्रदेश सभालाई दिनुपर्दछ” उर्जामन्त्री पुन

रोल्पा समाचारदाता
माघ ३ लिबाङ, रोल्पा


ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रदेश नं. ५ को राजधानीको विषयले बहस सृजना भइरहेको बेलामो प्रदेश ५ को राजधानी र नाम नेकपाको सचिवालयबाट टुङ्गाउन नहुने धारणा राख्दै प्रदेशसभामा पनि जनताको मतबाट निर्वाचित प्रदेशसभालाई नै सहमतिका आधारमा टुङ्गो लगायउन जिम्मो दिनुपर्ने धारणा राख्नुभयो ।
प्रेस संगठन नेपाल, रोल्पा शाखाले शुक्रबार लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनमगरले भन्नुभयोः–“पहिलो कुरा प्रदेशको राजधानीको विषयमा प्रदेशसभालाई अधिकार दिनुपर्ने, त्यसमा सहमति जुत्न नसकेमा पार्टीले सल्लाह सुझाव दिनुपर्ने अन्तिममा धेरै पेचिलो बनेमा पार्टीका नेतृत्वले सल्लाह सुझाव दिनुपर्ने हुन्छ । तर पार्टीले नै निर्णय गर्दा जनप्रतिनिधिहरुको अधिकारले खोसिएको झै हुन्छ ।”
उहाँले प्रदेशको राजधानीको नाम र राजधानीको विषयमा प्रदेश नं. ३ को पार्टीले टुङ्गाउँदा सकरात्मक नभएको बताउँदै भन्नुभयोः–“प्रदेश ३ को नाम र राजधानीको हाम्रो पार्टीको सचिवालयले टुङ्ग्याएर राम्रो गरेको छैन, यस विषयमा अध्यक्षलाई प्रदेश ५ को बारेमा यसो नगर्नुस् प्रदेशसभामा बहस तथा छलफल हुन दिनुहोस् भनेको छ, बरु पछि सल्लाह सुझाव दिउला । ”
उर्जा मन्त्री वर्षमान पुनमगरले एमसिसी भनेको केही अम्रेरीकाको चाहना अनुसार नै नेपाललाई उपयोग गर्न खोजेको संकेत गर्दै भन्नुभयोः–“एमसीसी भनेको अम्रेरीकाको गुरु योजना हो, सैन्य, तथा आर्थिक रणनीति हो, त्यसमा नेपालमा विकास गरि दिनका लागि केही न केही उसको स्वार्थ छ, त्यसलाई नेपालको हितमा लिन सकेमात्रै राम्रो हुन्छ ।” उहाँले एमसीसीको प्रस्तावको विषयमा पहिले पार्टीभित्र सहमति हुन्छ तवमात्रै सदनबाट पास गर्नुपर्ने धारणा उहाँको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बारेमा न्यायलयमा बहस भइरहेको बेलामा आफूले धेरै कुरा बोल्न उचित नहुने भन्दै तर पीडितले नै होइन भनिरको बेलामा तेस्रो पक्ष लागेर जबरजस्ती अपराध गरेको हो भनि सावित गर्न लागिरहेकोले राम्रो संकेत नभएको बताउनुभयो । साथै उहाँले सभामुखको विषय राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै टुङ्गो लाग्ने बताउनुभाये ।
उहाँले रोल्पा जिल्लामा भइरहेको माडी डाइर्भनको काम एक वर्षभित्र अध्ययन सकिने र तुरुन्त काम थालनीसमेत गरिने बताउनुभयो । साथै त्यस योजनाले रोल्पालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना रहेकोसमेत बताउँदै आम रोल्पालीको आर्थिक विकासमा टेवा पुग्ने गरी नीति तथा कार्यक्रम बनाईने बताउनुभयो ।
साथै उहाँले घोराही थबाङ शहीदमार्ग कालोपत्रे, जलजलाको विकास, मदन आश्रितमार्ग, जिबराज एवं कृष्ण सेन मार्गले ५ नं. प्रदेशलाई नयाँ ढंगले सुविधा हुने समेत बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नगर प्रमुख पूर्ण केसी, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरी प्रसाद घर्तीमगर, जिसस सदस्य कर्मलाल परियार, प्रेस संगठन नेपालका प्रदेश नं. ५ का इन्चार्ज मनोज घर्तीमगर, प्रेस संगठन नेपाल प्रदेश सहसंयोजक मानसिंह विश्वकर्मा, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य नविन लोचन, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, उर्जामन्त्रीको प्रमुख स्वकीय सचिव दुर्गा चापागाइ, पूर्व सभामुख ओनसरी घर्तीमगरका स्वकीय सचिव जीवन रोकामगर, उर्जामन्त्रीको रोल्पा प्रतिनिधी ऋषिकेशव बुढामगर, शहीद प्रष्ठिान नेपालका केन्द्रीय कोषाध्यक्ष चित्रम घर्तीमगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम प्रेस संगठन नेपालका रोल्पाका संयोजक देवी गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन सह संयोजक विमलराज डाँगीले गर्नुभएको थियो ।

You may also like