आई.टि.एफ. तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा पुनः विक्रम बाठा मगर सर्वसम्मत

१४ गते माघ
लिबाङ–रोल्पा


रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको दोस्रो साधारण सभा आज लिबाङमा सम्पन्न भएको छ । संघले विभिन्न गतिवधिहरुमा सक्रिय रुपमा गर्दै आएको छ ।
उक्त भेलाबाट निवर्तमान अध्यक्ष विक्रम बाठामगर पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ, जसमा उपाध्यक्ष भावना बुढामगर, सचिव सुजन वली, कोषाध्यक्ष रमेश खड्का, सदस्यहरु सुर्दशन राणा, तिलक बाठामगर र समिका घर्तीमगर सर्वसम्मत चयन हुनुभएको छ । महासंघको विधानको उप धारा २ बमोजिम निर्वाचित भई बाँकी रहेका पदाधिकारी तथा सदस्यहरु यस तेक्वान्दो खेलमा सहयोग पु¥याएको वा पु¥याउने व्यत्तित्वहरुलाई जिल्ला खेलकुद विकास समिति र जिल्ला कार्य समितिले मनोनित गर्ने व्यवस्था अनुसार अन्य सदस्यहरु मनोनित गर्ने निर्णय गरेको छ ।

अध्यक्ष विक्रम बाठामगरले २०७२ साल फागुन महिनाको ४ गतेमा जिल्ला कार्य समिति रोल्पाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकालमा २०७५ साल पुस महिनाको २७ र २९ गतेसम्म प्रथम सिनियर तथा जुनियर प्रादेशिक प्रतियोगिता परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पामा सम्पन्न भएको थियो । भने प्रदेश स्तरीय रेफ्री सेमिनार २०७६ साल जेठ महिनाको २८ र २९ गतेसम्म रोल्पा नगरपालिका–४ लिबाङ रोल्पा सम्पन्न भएको उहाँले बताउनुभयो । सोही कार्यकालमा ७७ जिल्लाको संघमध्ये यस जिल्लाको संघ ‘वर्ष उत्कृष्टि संघ २०१८ अवार्ड’बाट सम्मानित भएको थियो ।

दोस्रो कार्यकालमा पनि राष्ट्रिय र प्रादेशिक स्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता आयोजनाको पहल गर्ने बताउनुभयो । दोस्रो कार्यकालको समयविधिमा जिल्ला संघको संगठानिक र सोही खेलको विकासका लागि थप पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । जिल्ला संघ रोल्पाको अध्यक्ष विक्रम बाठामगरको अध्यक्षतामा सम्पन्न भएको भेलामा जिल्ला सदस्यहरु र खेलाडिहरुको सहभागितामा थियो ।

You may also like