रोल्पाका ७२ वटै वडाहरु उज्यालो बन्दै

मानसिंह विश्वकर्मा
जेष्ठ १९ रोल्पा

 

नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाले रोल्पा उज्यालो कार्यक्रम अन्तरगत नै रोल्पा जिल्लाका ७२ वटै वडामा यसै वर्ष विद्युत लाईन विस्तारको पोलिङ गर्ने काम सक्ने गरी कार्यलाई तीव्रता दिइएको छ ।
हाल रोल्पामा करिव रोल्पा जिल्लाका ४० प्रतिशत घर धुरीले बत्ति बालेका छन् । हाल रोल्पा जिल्लामा करिव ४३ हजार ७ सय घर परिवारहरु बसोबास गर्ने गरेका छन् । हाल रोल्पाका जिल्लाको मध्य तथा दक्षिण भागमा समेत विद्युतलाईनको काम सकिएर पनि बत्ति बालि रहेका छन् । हाल रोल्पा जिल्लामा ३८ करोडको बोलपत्र आह्वान भई कार्य भइरहेको रोल्पा जिल्लाका उत्तरी भागमा पनि विद्युत लाईन विस्तार कार्य तिव्रतामा अगाडि बढेको नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाका प्रमुख श्याम कुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा जिल्लालाई उज्यालो बनाउनको लागि संयोगले रोल्पाकै मन्त्री हुनले रोल्पा जिल्लालाई छिटै अध्यारो मुक्त बनाउनको लागि सहज भएकोले हाम्रो कार्यालयले पनि निरन्तर लागि रहेको छ । यो छिट्टै पुरा हुन्छ ।” रोल्पाको थबाङ, गाम जिनाबाङमा समेत पोलिङ भइरहेकोले छिट्टै रोल्पा उज्यालो रोल्पाको काम हुने शर्माले बताउनुभयो ।
रोल्पाको दक्षिणी भेगका जनतालाई मध्यनगर गर्दै रोल्पाको होलेलीमा ३३ हजारको प्रशारण क्षमता भएको १२ वर्ष पहिले हुने स्टेशन पनि सुचारु भएको छ । रोल्पाको बुढागाउँको कोइलामा ८ हजार क्षमता सब स्टेशन जडान गर्ने भएको छ ।
यसैगरी यसै आर्थिक वर्षमा रोल्पा जिल्लाका विपन्न घर धुरीलाई निशुल्क मिटर बक्स र एम.सी.पी. प्रदान गर्ने कार्यक्रममा अन्तर्गत ३० लाख बजेट प्रदान भएको नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाका वितरण केन्द्र प्रमुख श्यामकुमार शर्माले बताउनुभयो । वडाकार्यालयबाट विपन्नको रिफारिस, लालपुर्जाको फोटोकी, नागरिकताको फोटा कपी लगायतको लगायतको कागजात लिएर जेठ मसान्तभित्र कार्यालयमा निवेदन दर्ता गर्नका लागि आह्वान गरेको छ ।


रोल्पा उज्यालो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर पनि आफ्नो गृह जिल्लालाई उज्यालो गराउनको लागि निकै लागि पर्नु भएको छ । उहाँले रोल्पा जिल्लामा हुने विभिन्न कार्यक्रमहरुमा यसै आर्थिक वर्ष सबै वडामा विद्युतकोले गाडिने अनि लाईन विस्तारको कार्य पनि हुने बताउनुभएको छ । सोही आफ्नो प्रतिवद्धतालाई कार्यन्वयन गरि दिनका लागि सबै वडातह, गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारका सरोकारवाला निकायलाई ध्यान दिनका लागिअनुरोध गरि सकेको बताउनुभयो ।
यसका कार्यमा प्रदेश नं. ५ का आन्तिक तथा कानुन मन्त्री कुलप्रसाद केसी र प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर पनि यस कार्यमा निकै लागि पर्नुभएको कुरा बताउनुभएको छ । रोल्पा उज्यालो बनाउने सबै जनप्रतिनिधीको दायित्व भएको समेत बताउनुभएको छ ।
रोल्पा जिल्ला अब छिट्टै उज्यालो हुने भएको छ । रोल्पा उज्यालो कार्यक्रम अन्तर्गत सबै गाउँ बस्तीहरु झलमल्ल हुने भएपछि रोल्पा जिल्लाको विद्युतीकरणको योजना पुरा हुने छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा अगाडि बढेका छन् । यसलाई स्थानीय जनताहरुले पनि हातेमालो गरेर जिल्ला उज्यालो अभियानलाई पूर्णता दिन सकिने सबैको भनाई छ ।

You may also like