प्रदेश नं. ५ सुधारको दिशामा अगाडि बढेको संकेत -मुख्य मन्त्री शंकर पोख्रेल

रोल्पा समाचारदाता
बैशाख १६ गते लिबाङ रोल्पा


प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ५ नं. प्रदेशलाई समृद्धि गर्नका लागि निरन्तर लागि रहेको दावी गर्दै प्रदेशको विकासको सूचाङ्मा सुधारको संकेत देखिएको बताउनुभएको छ ।
यस्तो कुरा रोल्पा जिल्लामा पहिलो पटक पुग्नुभएको रोल्पा जिल्लाका जनप्रतिनिधीहरुलाई सम्वोधन गर्दै रोल्पाको लिबाङमा बताउनुभएको छ । उहाँले सबैले संघीयतालाई कमजोरी बनाउन प्रदेश सरकारको आलोचना मात्रै गरिरहेको प्रति टिप्पनी गर्दै प्रदेश सरकार निर्माण भएपछि जनतालाई सहज रुपमा सेवा प्रवाह र अधिकार प्रत्यायोजना भएको दावी गर्दै यसलाई कमजोर बनाउने जस्तो शक्तिका विरुद्धमा व्यवहारबाट यसलाई जनताको माझमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
प्रदेशमा कार्य सम्पादन तिव्ररुपले भइरहेको बताउँदै रोल्पा जिल्लालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा जिल्लालाई पहिलो प्राथमकिता राखेर पाल्पा देखि रोल्पासम्मको प्रदेश मार्ग गौरवको आयोजना तय गरिएको छ, बहुउदेश्य हल निर्माण, खेलकुद मैदान, सडक सुधार, गेष्ट हाउस सञ्चालनका लागि सहयोग गर्दछौ, त्यसको लागि विस्तृत योजना तयार गर्नुहोस् लिनुहोस् ।”
उहाँले प्रदेशमा शिक्षा स्वास्थ्य रोजगारमुखी बनाउनको लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिहहेको बताउँदै भन्नुभयोः–“फेल भएहरुलाई शिक्षक राखेर हामीले कसरी गुणस्तरीय शिक्षाको लागि कल्पना गर्न सक्छौ ? हामी शिक्षा र स्वास्थ्यको विषयमा निर्मम हुनै पर्दछ ।” शिक्षाको सुधार गरेर मात्रै देश निर्माण गर्न सकिने उहाँको धारणा थियो ।
उहाँले नेपालको सबैभन्दा राजस्व संकलन गर्ने प्रदेश भएकोले अब प्रदेशलाई समृद्धि बनाउनको लागि अगाडि बढ्ने संकेत देखापरेको बताउँदै कृषि, पशुपालन लगायतको क्षेत्रमा किसानलाई पनि आत्म निर्भर बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
यसै गरी कार्यक्रममा प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश नं. प्रदेश नं. ५ मा कानुन निर्माण गरी सबै कार्य सम्पादनका लागि सहज बनाउनु पर्ने बताउनुभयो । प्रदेशवासीलाई समृद्धि बनाउन पहिलो कुरा कानून नै आवश्यक भएकाले गर्दा कानून निर्माण गरी अगाडि बढेको बताउनुभयो । साथै रोल्पा जिल्लाको विकासका लागि लागि पहिलो प्राथमिकता मै राखेको बताउनुभो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुनिता शाक्य प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर, रोल्पा नगरपालिका नगर प्रमुख पूर्णकेसी लगायत अन्य विभिन्न नेता तथा जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले सहजीकरण गर्नुभएको थियो ।

पार्टी एकताले पूर्णता पायो ।

नेपाल कम्युनिष्ट पाटीं (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पार्टीले गति लिएको बताउँदै अब राजनीतिक क्रान्तिको बेला भन्दा समाजिक क्रान्तिको बेलामा अझै क्रान्तिकारीहरु थप उत्साहका लागि लाग्नु पर्ने बताउनभयो ।
उहाँले राजनीतिक क्रान्तिको बेलामा सामाजिक क्रान्तिको बेला अझै योगदानको आवश्यक परेको बताउँदै सरकारलाई पार्टी पूरै सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जनताले दिएको मतको सम्मान गर्दै आफ्नो पार्टीले जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

को को प्रवेश गरे नेकपामा रोल्पाबाट ?

कार्यक्रममा मुख्यमन्त्रीले विभिन्न पार्टीबाट पार्टी परित्याग गरी नेकपामा आउनेलाई स्वागत गर्नुभएको थियो । नेकपा (विप्लब) परित्याग गरी त्रिवेणी गाउँपालिका इन्चार्ज टेकराज पुनमगर पनि लगायतका व्यक्तिहरु प्रवेश गरेका थिए ।

You may also like