कोरोनाबाट मृतक प्रहरी कर्मचारीको परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट मृतक प्रहरी कर्मचारीको परिवारलाई आर्थिक सहयोग
मङ्सिर २४ गते

लिबाङ राेल्पा


This image has an empty alt attribute; its file name is p6-724x1024.jpg

कोरोना सङ्क्रमबाट मृत्यु भएका एक सहकर्मी प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले मंगलबार आर्थिक सहयोग गरेको छ । मृतक परिवारलाई आर्थिक सहयोगले दैनिक जीवनमा यापनमा थप सहयोग पुग्ने भएको छ ।

This image has an empty alt attribute; its file name is p1-1-1024x768.jpg

दाङको राप्ती गाउँपालिका– ५ मौरिघाट निबासी मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर जिल्ला तथा मातहतका सबै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको स्वच्छिक आर्थिक सहयोगबाट सङ्कलित रकम रु एक लाख ३० हजार ८५० रुपैया मृतकको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले मृतकको श्रीमती कमला वैदिकलाई हस्तान्तरण गर्नु भएको थियो । के.सी.को एक टोलि मृतकको १३ औ दिनको पुन्यतिथीमा घरमै पुगेको थियो । यस कार्यलयमा कार्यरत वैदिकको कोरोना संक्रमण सङक्रमण भई उपचारको क्रममा यस महिनाको ११ गते भेरी अञ्चल अस्पताल वाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रहरी नायव निरीक्षक वैदिकको श्रिमती र १ छोरा रहेका छन् ।
मृतक वैदिकको परिवारलाई स्वान्तना एवम् सन्ततीको वृति विकासमा टेवा पु¥याउने सम्पूर्ण प्रहरी कर्मचारीको स्वच्छिक आर्थिक सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदीले बताउनुभयो । संगै काम गरिहेका ईमान्दार र कर्तव्यनिष्ट एक प्रहरी कर्मचारीको मृत्युले मर्माहत तथा भावनात्मक पीडाले सक्दो आर्थिक सहयोग गर्न सबै प्रहरी कर्मचारीहरू तयार भएको जानकारी उहाँले दिनुभयो ।

You may also like