गृह जिल्ला रोल्पाका ७ जना युबकको मृत्युमा ऊर्जामन्त्री पुनमगर लगायत जनप्रतिनिधीद्वारा श्रद्धाञ्जली व्यक्त

रोल्पा समाचारदाता
साउन ५ गते, लिबाङ रोल्पा


प्यूठान भिंगी–स्वर्गद्वारी खण्ड सडक निर्माणको क्रममा मृत्यु भएका रोल्पाका ७ जना युवकको मृत्युप्रति ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले शोक व्यक्त गर्नुभएको हो ।
साउन ३ गते राती करिव ११ बजेतिर सो सडक खण्डमा निर्माण कार्यमा कार्यरत युवाहरुलाई लिन जानेक्रममा प्युठानको धरमपानीमा ट्याक्टर दुर्घटना एकै गाउँका घटनास्थलमै ७ जनाको मृत्यु हो । रोल्पाबाट मजदुर लिएर प्युठानतर्फ जादै गरेको लु २ त ४२३४ न को टयाक्टर स्वर्गद्वारी नगरपालीका ३ रुमालेको भिरवाट खस्दा रोल्पा रुन्टीगढी गाउँपालिका ५ बाइजाका एकै गाउँका ६ जना र त्रिवेणी गा.पा २ वाकुलका टयाक्टर चालकसहित ७ जनाको ज्यान गएको घटनास्थलमा रहनुभएका रुन्टीगढी ५ का वडाअध्यक्ष याम बहादुर दशौदीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा रुन्टीगढी ५ बाइजाका सागर वस्नेत, रिम बहादुर वस्नेत, कविराम वस्नेत, थम्मन वाठाँ विरेन्द्र बाठा र गोवर्धन बुढा त्यस्तै टयाक्टर चालक त्रिवेणी २ बाकुलका कमल कवर रहेका छन । राती करीव ११ वजे ट्याक्टर दुर्घटना भएको र एकजना भने हामफालेर वाच्न सफल भएका थिए ।
यस घटना निकै दुखद भएको भन्दै ऊर्जा मन्त्री वर्षमन पुनमगर ‘अनन्त’ले रोल्पा समचार र रोल्पा अनलाईनसंग भन्नुभयोः–“यो निकै दुखद घटना हो, म यस घटनाबाट निकै दुखिद छु, ती युवाहरुले जसरी निर्माण कार्यक्रमका जीवन गुमाउनुभयो, उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण एवं शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु, साथै यस घटनाका मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्थान गर्नुका लाग सबै सरोकारवाला पक्षसंग अपिल गर्दछु ।”
उहाँले यस्तो प्रकारका दुखद घटनाले आफूलाई निकै मर्माहित बनाएको बताउँदै धैर्यता पूर्वक सामाना गर्नका लागि परिवारजनप्रति अपिल गर्नुभएको छ ।
यसैगरी यस घटनामा पूर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य ओनसरी घर्तीमगर, संघीय सरकार शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीमगर, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर लगायतले आफ्नो जिल्लाका युवाहरुले जीवन गुमाएकोमा आफूहरु दुखिद भएको बताउँदै मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारहरुमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

You may also like