‘लुम्बिनी क्षेत्रको विकासमा प्रदेश सरकारबाट प्राथमिकताका साथ अगाडि बढ्छौँ’ –मुख्यमन्त्री कुलप्रसाद केसी


राेल्पा समाचारदाता
असोज २ बुटवल

This image has an empty alt attribute; its file name is sonam-2-1024x473.jpg


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।
उहाँले नेपाललाई चिनाउको लागि लुम्बिनी एउटा महत्वपूर्ण सम्पति भएको बताउँदै प्रदेशको नामाकरण नै लुम्बिनीबाट राखेको प्रदेशकोको पहिचान बोकेको बताउनुभयो । लुम्बिनी एउटा विश्वकोमा चिउनाउको लागि अगाडि बढेको बताउनुभयो ।
मुख्यमन्त्रीले केसीले लुम्बिनी प्रदेस सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजनधानी निर्माण गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर, विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मेदेखी मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्मा गर्नुपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी क्षेत्रलाई विकासका लागि साझा दायित्वको रुपमा अगाडि बढाउनको लागि मुख्य एवं एकीकृत गुरुयोजनामा निर्माण गरी नै अगाडि बढाउनको लागि नै सबैलाई अनुरोध गर्नुभयो ।
प्राकृतिक हिसावले यसको ऐतिहासिक बनाउनको लागि लुम्बिनी क्षेत्र भित्रकै विकासका लागि विशाल खेलकुद मैदान निर्माण, ग्लोवल पिस पार्क बनाउनको लागि नै प्रदेशकै ऐतिहासिक बनाउनको लागि अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is sona-3-1024x473.jpg

यस्तो विचार मुख्य मन्त्री कुलप्रसाद केसीले लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमै आयोजना गरेको अन्तरक्रियामा बोल्दै बताउनुभएको हो । उहाँले लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षक गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पितिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले लुम्बिनी क्षेत्रमा गौतम बुद्ध, माया देवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउनका लागि निर्देशन दिनुभयो ।
लुम्बिनी क्षेत्रको उत्तरमा मुख्य मन्त्री कुलप्रसाद केसीले अम्रपाली आपको विरुवा रोपेर बृक्षारोपन कार्यक्रमको पनि शुरु गर्नुएको थियो । साथै लुम्बिनी क्षेत्रको भ्रमण समेत गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is dil-1024x473.jpg


यस्तै अन्तरक्रिया कार्यक्रममा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमी भएको बताउँदै विकास गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारबाट सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । उहाँलसंगै विकासका लागि हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
लुम्बिनी क्षेत्र कपिलबस्तु, देवबह, रामग्रा, नवलपरासी रहेको छ । २०४२ सालमा लुम्बिनी विकास समिति गठन गठन भएको थियो । लुम्बिनी गुरु योजना १९७८ मा निर्माण गरिएकोछ । लुम्बिनी विकास कोषका लागि सरकारले धेरै सहयोग गरेको थियो । लुम्बिनी क्षेत्र ११५५ विगामा फैलिएको छ । लुम्बिनी विकास कोषबाट हालसम्म विभिन्न क्षेत्रमा करिव ५ अर्व ५० करोड रकम खर्च गरी सकेको लुम्बिनी विकास कोषले बताएको छ ।
साथै लुम्बिनी विकास कोषबाट करिव ५ हजार क्षमता भएको अन्तराष्ट्रिय सभा हल निर्माण गरीएको छ । लुम्बिनी क्षेत्रमा १५७ वटा सीसी क्यामराबाट सुरक्षा गरिएको छ । साथै लुम्बिनी विकास कोषबाट पर्यटकलाई सहज रुपमा भ्रमण गराउनको लागि यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।
साथै लुम्बिनी विकास क्षेत्र कोषबाटै करिव ३ सय सैयाको अस्पताल निर्माण गर्ने बताउनुभयो । लुम्बिनी क्षेत्र भित्रको कपिलबस्तुको तिलौराकोटमा विश्व सम्पदामा राख्नका लागि अन्तिम तयारी भएको छ । लुम्विनी क्षेत्रमा उत्खनन् कार्य गरिएको भए पनि त्यसलाई प्रचार प्रशारमा अझै जोड दिनुपर्ने बताउनुभयो ।

You may also like