आजसम्म रोल्पामा ३७ हजार ८१० जना मानिसको सामान्य स्वास्थ्य परीक्षण, आज राेल्पामा दुइ जनामा काेराेना पुष्टि

आजसम्म रोल्पामा ३७ हजार ८१० जना मानिसको सामान्य स्वास्थ्य परीक्षण, आज राेल्पामा दुइ जनामा काेराेना पुष्टि
असार २० गते
लिबाङ–रोल्पा


जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा शानिबार (आज) नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ ।
जिल्लाको विभिन्न स्थानमा निर्माण भएको क्वारेन्टाइन संख्या ७५ रहेको छ भने क्वारेन्टाइको वेड संख्या रहेको छ । क्वारेन्टाइनमा रहेका सामान्य मानिस ३१६ जना मानिसहरु क्वारेन्टाइनमा रहेकामध्ये २९ जना महिला २८७ जना पुरुष रहेका छन् । अहिलेसम्म ११ हजार ७१७ जना मानिसहरु फिर्ता भएका छन् । यस जिल्लाको ७८ वेडमा ६ जना मानिस बसेकामध्ये २ महिला र ४ पुरुष रहेका छन् । आइसुलेसनबाट हालसम्म ६३ जना मानिसहरु फिर्ता भएका छन् । एक हजार ३१० जना मानिसहरको स्वाब निकालिएकोमध्ये अहिलेसम्म एक हजार २२९ जना मानिसहरुको स्वाब परीक्षण भएको छ । स्बाव परीक्षण भएकोमध्ये ५० जना संक्रमिट पुष्टि भई ४१ जना संक्रमितहरु सञ्चो भएका छन् भने बाँकी ६ जना संक्रमितहरु उपचारार्थ रहेका छन् । यस जिल्लामा हालसम्म पिपिइ सेट जम्मा ३२६ ओटा रहेको छ । हालसम्म यस जिल्लामा आरडिटी परीक्षण २ हजार ४४ जना मनिसहरुमध्ये नेगेटिभ एक हजार ९८७ जना र पोजेटिभ ५७ जना मानिसहरुको रिर्पाेट आएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरङ्गाले बताउनुभभयो ।

यस जिल्लाको सुनिल स्मृति गाउँपालिकाबाट स्वाब संकलन गरी पठाएको मध्ये २ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको शनिबार सार्वजनिक रिर्पाेट अनुसार यस गाउँपालिकाको १ नं. वडा निबासी ४७ वर्षिय पुरुष र सोही गाउँपालिकाको ३ नं. वडा निबसी ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको रिर्पाेट सार्वजनिक भएको हो । संक्रमित दुईइ जनालाई लिबाङ स्थित जलजला बहुमुखी क्याम्पसमा सञ्चालित आइसुलेसन केन्द्रमा ल्याउने तयारी भएको छ ।

You may also like