उर्जा मन्त्री पुनद्वारा माघे मेला तथा खेलकुद महोत्सवको उद्घाटन

चन्द्र रोका मगर
हार्जाङ–रोल्पा

 

संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनले हिजो हार्जङ रोल्पामा माघे मेला तथा खेलकुद महोत्सवको उद्घाटन गर्नुभएको छ ।
उहाँले भन्नुभयो,‘युवाहरुको बलिदान, ट्याग, तपस्या, योगदाबाट नै संघीय लोकतान्त्रिक व्यवस्था नेपालमा लागू भएको छ, यो व्यवस्थालाई सफल बनाउनका लागि पनि युवाहरुको सक्रिय भूमिकाको आवश्यक छ ।’ युवाहरुलाई रोजगारी, व्यवसायी, आत्म निर्भर बन्नका लागि प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिएको छ । त्यसैले आगमी केही वर्षभित्र युवाहरु रोजगार, व्यवसायी बन्ने छन्, जसबाट सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता पाउने उहाँले बताउनुभयो । स्वारोजगार, व्यवसायी, रोजगारी बन्नका लागि शिक्षाले विशेष सहयोग पुग्ने भएको हुँदा सम्पूर्ण विद्यालयका शिक्षाक र विद्यार्थीहरुलाई महेनत, लगनशिल्ता सहित अध्यापन र अध्ययनका लागि प्रमुख अतिथि पुनले अनुरोध गर्नुभयो ।

‘यस जिल्ला विगतको जस्तो विकट नभएको बताउँदै अहिले प्रत्येक वडाहरु सडक सञ्जालसँग, विद्युत, सञ्चारको पहुँच जिल्लाबासीलाई पुगेको छ । कुनै ठाउँमा भौगोलिक विकटटाको कारण जनताहरु विकासको पहुँचमा पु¥याउन नसकेको अवस्थामा आगामी दिनमा ति ठाउँमा जनताहरुलाई पनि विकासको पहँुचमा पु¥याउन म विशेष पहल गर्छु,’ मन्त्री पुनले भन्नुभयो । दुई वर्षमा यस जिल्लालाई अध्यारोमुक्त जिल्ला घोषणा अभियान अन्तर्गत केही वडाहरुमा विद्युत विस्तार कार्य पूरा भएका छन् । भने बाँकी ठाउँहरुमा पनि विद्युत विस्तार कार्य पूरा गरी यस जिल्लालाई अध्यारोमुक्त जिल्ला घोषणाको उद्घोष उहाँले गर्नुभयो । सोही महोत्वस घोषणा कार्यक्रमबाट नै लुङ्ग्री गाउँपालिका–०७ वडा हार्जाङ रोल्पालाई अध्यारोमुक्त वडा समेत घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यस जिल्लाको समग्र विकासको निम्ति मबाट हुने सहयोग, पहल बाँकी राख्दैनन् । सोही अनुसार यस जिल्लाको प्रदेश संसद, स्थानीय सरकारको प्रमुख÷अध्यक्ष, वडा अध्यक्ष, सम्बन्धित निकायहरुलाई सोही अनुसारको भूमिका र सहयोगको अपेक्षा गर्दछु ।’ अब युवाहरु कुलतमा होइन, सभ्य समाज निर्माणमा सक्रिय बन्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिहरु एवम् पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती, प्रतिनिधि सभा सदस्य कमला रोका, प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुन, सुनछहरी गाउँपालिका रोल्पाको अध्यक्ष आसबहादुर पुन, अतिथिहरु प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, लुङ्ग्री गाउँपालिकाको उपाध्यक्ष भिमकुमारि बुढाथोकी, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्र.ना.उ.चित्र बहादुर गुरुङ, लुङ्ग्री गाउँपापिलका–३ नं. वडा अध्यक्ष नेमलाल खडका, सोही गाउँपालिकाको ४ नं. नम्बर अध्यक्ष शिवप्रसाद के.सी, ५ नं. वडा अध्यक्ष भरतकुमार थापा, ६ का वडा अध्यक्ष यामलाल विष्ट र ७ का वडा अध्यक्ष कर्णबहादुर रोकामगर, सुनछहरी गाउँपालिका–६ फगाम रोल्पाको वडा अध्यक्ष अमरजित पुन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पाको अध्यक्ष परशुराम घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिल स्मृति गाउँपालिका कमिटी रोल्पाको अध्यक्ष मनिराम बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पाको सचिव खिमबहादुर के.सी. को आतिथ्यता थियो ।
उक्त महोत्वसको अवसरमा विभिन्न खेदकुदहरु प्रतियोगिताहरु पनि आयोजना गरिएको आयोजकले बताएको छ । उद्घाटन कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक सहितका अन्य सरोकारवाला निकायहरुको सहभागिता थियो । कल्वको अध्यक्ष विजय पुनमगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव हिराबहादुर पुनमगरले गर्नुभएको थियो । भने स्वागत कल्वको सल्लाहकार गोविन पुनमगरले गर्नुभएको थियो ।

You may also like