“जनताकोको घर घर गएर एक पटक फेरी नयाँ पार्टी निर्माण गरौँ” — बरिष्ट केन्द्रीय सदस्य पूर्ण घर्तीमगर


भाद्र ६ लिबाङ रोल्पा


नेकपा (माओवादी केन्द्र) का बरिष्ठ केन्द्रीय सदस्य तथा माओवादी जनतासँग बिशेष रुपान्तरण अभियानका संयोजक पूर्ण घर्ती ‘आयाम’ ले माओवादीले जनयुद्धको माध्यमबाट जनताको मुक्ति प्रदान गरेकोले जनताको मुक्तिको पार्टी माओवादी स्थापित भई सकेको बताउनुभयो । उहाँले जनयुद्धकालको झै माओवादीलाई जनताको पार्टी बनाउनको लागि एक पटक फेरी जनताको घर घरमा गएर फेरी पार्टी निर्माण गर्नका लागि रोल्पाली कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
यस्तो कुरा बरिष्ट केन्द्रीय सदस्य पूर्ण घर्तीमगर ‘आयाम’ ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा नेपाल कम्युनिष्ट पार्टि जिल्ला समन्वय समिति रोल्पाको छैठौँ पूर्ण बैठकलाई सम्वोधन गर्दै बुधबार बताउनुभएको हो ।
अभियानको संयोजक बरिष्ठ केन्द्रीय सदस्य पूर्ण घर्तीमगरले हाल माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकार ‘जनताको सरकार, माओवादी सरकार ’ भन्ने कुरा स्थापित भएको बताउनुभयो । उहाँले अध्यक्ष तथा प्रधानमन्त्रीले लिएको जनविरोधीहरुलाई अनुसन्धान तथा कारवाही गर्ने दिशामा अगाडि बढेकोले सरारकारको सकरात्मक सहयोग गर्ने बताउँदै माओवादीमय जनमत सृजना गर्नका लागि पार्टी कार्यकर्ताहरु निरन्तर खट्नु पर्ने बताउनुभयो ।


उहाँले रोल्पा रुकुम जनयुद्धको आधार इलाका भएको बताउँदै अझै पनि राजनीतिक क्रान्तिको उर्वर भूमि बनाउनको लागि जनताको घर–घरमा गएर सुझाव लिनुपर्ने जनतासँग श्रममा जोडिनु पर्ने बताउनुभयो ।
रोल्पा जिल्ला बलिदानको भूमी भएकोले अभियानभरी शहीद परिवार, घाइते, अपाङ्ग, बन्दी परिवार, जनमुक्ति सेना, कार्यकर्ता लगायत आम जनताको घरमा समेत जानु पर्ने बताउनुभयो । अभियानमा विचार निर्माण, संगठन निर्माण, विकास निर्माण लगायतको जनश्रमदानको नमूना योग्य काम समेत गरिने बताउनुभयो ।
अभियानलाई टिमबद्ध रुपमा परिचालन गरी रोल्पा जिल्लाका प्रत्येक घर घरमा पुगेर जनतासँग सहकार्य गरी २०८४ सालको निर्वाचनमा माओवादीको पक्षमा जनमत निर्माण गर्नका लागि निर्देशन दिनुभयो ।
यस्तै कार्यक्रममा केन्द्रीय सदस्य आइपी खरेलले जनताको मुक्ति दिने पार्टी माओवादी केन्द्र भएकोले गर्दा सबैलाई माओवादी केन्द्रको पहलमा भएको जनतापक्षिय जनताको बीचमा लगेर जानु पर्ने बताउनुभयो । उहाँले हाल मोओवादीबाट एमालेमा गएका बादलहरुको कुनै चर्चा नभएको बताउँदै आफ्नै पार्टीलाई राम्रो बनाउनको लागि लाग्नु पर्ने बताउनुभयो ।
यस्तै केन्द्रीय सदस्य कृष्णा केसीले माओवादी आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै गणतन्त्रमा महिला, दलित, जनजाती, मधेसी लगायतलाई सबैलाई अधिकार दिएको बताउँदै व्यवस्थाको रक्षा गर्नुपर्ने बताउनुभयो ।
यस्तै बैकल्पीक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तीमगरले रोल्पा जिल्ला अब विगतबाट योगदानको चर्चाले मात्रै नपुग्ने बताउँदै अब प्रत्येक घरमा गएर जनताको बीचमा माओवादीलाई प्रचारात्मक अभियानलाई तिव्र बनाउने बताउनुभयो । उहाँले बास्तविक जनताको घरमा जनताको पुगेर सरकारले गरेको राम्रा कामको प्रचार र सुझाव समेत संकलन गरी जनताको पार्टी बनाउन अभियानमा लाग्ने बताउनुभयो ।
यस्तै बैकल्पिक केन्द्रीय सदस्य आसबहादुर पुनमगरले रोल्पा जिल्लामा सबैलाई एकीकृत रुपमा परिचालन गरिने गरी योजना निर्माण गरिएको बताउनुभयो । उहाँले आम कार्यकताहरु परिचालित हुनुपर्ने बताउनुभयो ।
बैठकमा रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्य, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष पवन कुवर, सुनछहरी गाउँपालिका का.वा. अध्यक्ष महावीर राना, लुंग्री गाउँपालिका अध्यक्ष नेमबहादुर खड्का, परिवर्तन गाउँपालिकाका सचिव कर्ण पुनमगर, थबाङ गाउँपालिका अध्यक्ष रामधन पुनमगर ‘सौभाग्य’ रुन्टीगढी गाउँपालिकाका का.वा. अध्यक्ष मिनबहादुरा थापा लगायतले रिपोटिङ गर्नुभएको थियो ।
बैठकले जनतासँंग माओवादी विशेष रुपान्तरण अभियानमा पालिका केन्द्रीय सदस्य, पालिका इन्चार्जहरुको जिम्मेवारी प्रदान गर्नुभएको छ । बैठकमा केन्दीय सल्लाहकार बालुलाल पुनमगर, चन्द्रबहादुर बुढामगर, जयबहादुर घर्तीमग, प्रदेश समिति सदस्य, जिल्ला समन्वय समितिका सदस्य, पालिका पदाधीकारीहरुको लगायतको आतिथ्यता रहेको थियो । बैठकलाई जिल्ला संयोजक पूर्ण केसीले सञ्चालन गर्नुभएको थियो ।

You may also like