थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर (वियोग) अपहरणमा

थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर (वियोग) अपहरणमा परेका छन् । २९ गते राती करिव ११ बजेतिर थबाङकै कोइजाबाङबाट अपहरण परेका हुन् ।
प्रथम गाउँसभाको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रमलाई विथोल्नका लागि अपहरण गरिएको हुन सक्ने प्रहरी श्रोतले बताएको छ । सुरक्षा श्रोतका अनुसार अपहण नेकपाले नै गरेको हुन सक्ने अनुमान गरेको छ । स्थानीयतहको निर्वाचन सम्पन्न पछि पहिलो पटक थबाङमा प्रचण्ड आउन थाल्नुभएको हो ।
प्रचण्ड रोल्पाको थबाङमा आउने बेलामा कालो झण्डामात्रै देखाउन सक्ने अनुमान गरिएको बेलामा गाउँ पालिकाका अध्यक्षलाई नै अपहरण परेका छन् । राती करिव ११ बजे ५÷६ जनाको अपरचित व्यक्तिले लगेको भएपनि प्रहरी र अन्य श्रोतमार्फत विप्लब नेतृत्वको नेकपाका कार्यकार्ताले अपहरण गरेको बताइएको छ । शनिबार प्रचण्ड रोल्पाको थबाङमा गाउँसभाको उद्घाटन कार्यक्रम सकिएपछि साँझसम्म छोडी दिने अनुमान गरिएपनि अपहरण मुक्त गरेका छैनन् । घटनाको जिम्मेवारी नेकपाले लिएको छ । आफूहरुसँगै सकशुल घर्ती रहेको श्रोतले बताएको छ ।
सुरक्षाकर्मीले अपहरणकर्ताको आरोपमा थबाङबाट फर्किदै गर्दा कुरेलीको खरिवोटबाट भाग्न खोज्दा सुरक्षाकर्मीले राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । थबाङमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक विषयमा छलफल गरिने तर जसरी पनि घर्तीको रिहाईको माग गर्नुभएको थियो ।

You may also like