रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको प्रशिक्षकमा बाग्लुङ जिल्लाका श्रीप्रसाद बुढामगर

रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको प्रशिक्षकमा बाग्लुङ जिल्लाका श्रीप्रसाद बुढामगर


This image has an empty alt attribute; its file name is b1.jpg

१५ असोज, लिबाङ ।
रोल्पा आई.टि.एफ तेक्वान्दो संघले करारमा प्रशिक्षकमा बाग्लुङ जिल्लाका बल्याक बेल्ट दोस्रो डान तेक्वान्दोका प्रशिक्षक बल्याक बेल्ट दोस्रो डान तेक्वान्दोका प्रशिक्षक श्रीप्रसाद बुढामगरलाई नियुक्ति गरेको छ ।
रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आई.टि.एफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरिएको रोल्पा आई.टी.एफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरले बताउनु भयो । बुढामगरले यसअधि गुल्मी जिल्लामा १ वर्ष र बाग्लुङ जिल्ला मा ३ वर्ष गरि ४ वर्ष प्रशिक्षकको जिम्मेवारी बहन गर्नुभएको थियो । प्रशिक्षक बुढामगरले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता हात पार्न सफल हुनुभएको छ । २०६८ सालमा रोल्पामा स्थापना भएको आई.टि.एफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक बुढा्ले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठा मगरले जानकारी दिनुभयो ।

You may also like