रोल्पा समाचार साप्ताहिक पत्रिकाको १५ औं वार्षिक उत्सवको सम्पन्न

रोल्पा समाचार साप्ताहिक पत्रिकाको १५ औं वार्षिक उत्वसको सम्पन्न

कार्तिक २६ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is r1-1024x768.jpg


रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको १५ औं वार्षिक उत्सव आज आफ्नै भवनको प्राङ्गणमा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन, विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुुढा, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाल काँग्रेस पार्टी रोल्पा जिल्ला सचिव मोहन परियार, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको निवर्तमान सभापति कृष्ण बहादुर घर्ती, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको संस्थापक प्रकाशक विपीन कँवर, सम्मानितको तफैबाट लेखक विनोद डाँगी लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।
वार्षिक उत्सवको अवसरको अवसरमा पत्रिकामा कार्यरत उत्कृष्टि कर्मचारी शर्मिला बि.क, लेखकहरु विनोद डाँगी, भुप बहादुर के.सी, लेखमणी भण्डारी, पूर्ण बहादुर भण्डारीलाई सम्मान पत्र प्रमुख अतिथि दिपेन्द्र कुमार पुन र विशिष्ट अतिथि राज बहादुर बुढाले प्रदान गर्नुभएको थियो । कार्यक्रममा पत्रिकाको शुभ चिन्तकहरु सहित सरोकारवाला निकायहरुको आतिथ्यता थियो । पत्रिकाको प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेशम बि.क.ले गर्नुभएको थियो भने स्वागत रोल्पा अपसेट प्रेसको अपरेटर युगान्त बुढामगरले गर्नुभएको थियो ।

You may also like