रोल्पा आई.टि.एफ.तेक्वान्दो संघको करार प्रशिक्षकमा विरेन्द्र कुवर

रोल्पा आई.टि.एफ.तेक्वान्दो संघको करार प्रशिक्षकमा विरेन्द्र कुवर
मङ्सिर २९ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k7.jpg


रोल्पा आई.टि.एफ. तेक्वान्दो संघले करार प्रशिक्षकमा बल्याक बेल्ट तेस्रो डान तेक्वान्दोका विरेन्द्र कवरलाई नियुक्ति गरेको छ । तेक्वान्दो संघलाई नियमित खेलकुद गतिविधिमा सहज बन्ने भएको छ ।
यस जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरेको रोल्पा आई.टी.एफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरले बताउनुभयो । प्रशिक्षक कुवरले यस अधि गुल्मी जिल्लामा पाँच वर्ष प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेको उहाँले जानकारी दिनुभयो । प्रशिक्षक कुवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता गरेको अध्यक्ष बाठामगरले बताउनुभयो । कवरले भारतको बेङ्लोरमा सम्पन्न पाँच औँ साउत एसियन आमन्त्रित आई.टि.एफ. तेक्वान्दो च्याम्पियनसिपमा ४६–५१ तौल समूहमा एकल स्पाईरिङमा गोल्ड मेदल एकल प्याट्रनमा ब्राउन मेदल टिम प्याट्रनमा सिल्भर मेदल र सेल्फ डिफेन्समा ब्राउन मेदल प्राप्त गर्नुभएको थियो । साथै छैटौं दक्षिण एसियालि आई.टि.एफ.तेक्वान्दो च्याम्पियनसिपमा टिम स्पाईरिङ गोल्ड मेदल प्राप्त गरेको अध्यक्ष बाठा मगरले बताउनुभयो । २०६८ सालमा रोल्पामा स्थापना भएको आई.टि.एफ. तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक कुवरले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठामगरले जानकारी दिनुभयो ।

You may also like