तीन पत्रकारलाई पुनः बहालिको माग गर्दै जिल्ला कार्य समिति रोल्पाद्वारा सञ्चार तथा सूचान प्रविधि मन्त्रालयमा ज्ञपान पत्र

लिबाङ–रोल्पा
भाद्र १८ गते

रेडियो नेपाल सुदुरपश्चिम प्रादेशिक केन्द्र, दिपायलमा कार्यरत पत्रकारहरुलाई पुनः बहालिको माग गर्दै नेपाल प्रेस युनिय जिल्ला कार्य समिति रोल्पाद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंह दरबार काठमाण्डौं नेपाललाई जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत ज्ञापन पत्र बुझाएको छ ।
नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रोल्पाको संस्थापक अध्यक्ष राजेश बुढाथोकीद्वारा बुझाएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बुझ्दै भन्नुभयो–“रेडियो नेपाल सुदुरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल, चक्रबहादर कँवरको पुनः बहालिका लागि नेपाल प्रेस युनियन जिल्ला शाखा कार्य समिति रोल्पाले माननीय मन्त्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंह दरबार कार्यलयलाई बुझाएको ज्ञापन पत्र पठाएर सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।” जिल्ला प्रशासन कार्यालयबाट हुनेसम्पूर्ण सहयोग म गर्न तयार छु तर कार्यालयबाट हुने सहयोग प्रति कुनै सङ्का नगर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
रेडियो नेपाल सुदुरपश्चिम प्रादेशिक केन्द्र, दिपायलमा कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावलल र चक्रबहादुर कँवरलाई २०७६ साल साउन महिनाको ३१ गते कामबाट हटाएको नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रोल्पाको अध्यक्ष लोकेन्द्र चन्दले बताउनुभयो । देशभरिका प्रेस युनियन जिल्ला कार्य समितिहरुको आन्दोलनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंह दरबार काठमाण्डौं नेपालले वेवास्ता गरेको अवस्थामा कार्य समितिले थप ओन्दोलनको कार्यक्रम तय गरी अगाडि बढ्ने समेत चन्दले उद्घोष गर्नुभयो । रेडियो नेपाल सुदुरपश्चि प्रादेशिक केन्द्र दिपायलमा कार्यरत तीन जना पत्रकारहरुलाई पुनः बहालिको माग गर्दै विगतदेखि दबाब दिँदै आएपनि रेडियो व्यवस्थापन पक्षले वेवास्ता गर्दै आएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकारी सञ्चारमाध्यमा काम गर्दै आएका पत्रकारहरुलाई कामबाट हटाई आफ्ना पार्टी कार्यकर्ता भर्ना गर्ने, सम्वादाताहरुको म्याद थप नगरेको प्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको भन्दै यस्ता क्रियाकलापको विरोध एवं भ्रत्र्सना गर्दै तत्कालन सच्याउन माग ज्ञपान पत्र मार्फत युनियन रोल्पाले गरेको छ ।


त्यसैगरी प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थागन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघ संस्थाहरुसँग कुनै सल्लाह र परामर्श नगरी राष्ट्रिय सभाबाट प्रक्रिया अघि बढाएको प्रति समेत नेपाल प्रेस युनियनले ध्यानकर्षण गर्दै सरोकारलावा निकायहरुको माग सम्बोधनका लागि प्रतिनिधि सभामा रहेका दलहरुको सहमतिबाट नै मिडिया प्रेस काउन्सिल विधेयक पारित गर्न समेत माग गरेको छ । साथै सरोकारवाला निकायहरुसँग सहमतिको हवाला दिँदै विवादस्पद प्रावधानलाई राखेर प्रेस काउन्सिलले यही आसोज ६ गतेदेखि आचार संहिता लागू गर्ने तयारी प्रति ज्ञपान पत्र मार्फत विरोध जनाएको छ । नेपाल प्रेस युनियन सदैब पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा पहल गर्ने प्राण गर्दै जो कसैले पनि प्रेस स्वतन्त्रता विरोधी कुनै गतिवधि गरेको खण्डमा त्यस्ता कार्य सह्य नहुने भन्दै समितिको मागलाई वेवास्ता गरेमा थप संघर्षका कार्यक्रम घोषणा गरी अगाडि बढ्ने ज्ञापन पत्र मार्फत जिल्ला कार्य समिति रोल्पाले उद्घोष गरेको छ । देशभरिका नेपाल प्रेस युनियन जिल्ला कार्य समितिहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंह दरबार काठमाण्डौंलाई जिल्ला प्रशासन कार्यालयमार्फत रेडियो नेपाल सुदुरपश्चिम प्रादेशिक केन्द्र, दिपायलमा कार्यरत तीन जना पत्रकारहरुलाई पुनः बहालिको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र सन्दर्भमा नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रोल्पाको संस्थापक अध्यक्ष राजेश बुढाथोकी र निवर्तमान अध्यक्ष कविता उपाध्यायले धारणा राख्नुभएको थियो ।


ज्ञापन पत्र हस्तारण कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाचौं अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, सोही अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मनसिंह विश्वकर्मा, संस्थापन अध्यक्ष महेश न्यौपाने, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, विभिन्न पार्टी निकटका पत्रकार संघ संगठनहरुको प्रमुख तथा प्रतिनिधि लगायतका सञ्चारकर्मीहरुको सहभागिता भएको कार्यक्रमको सहजिकरण नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रोल्पाको अध्यक्ष लोकेन्द्र चन्दले गर्नुभएको थियो ।

You may also like